×

NMB BANK
NIC ASIA

साउदी नेतृत्वको गठबन्धनले यमनी जेलमा भएको घातक आक्रमणको छानविन गर्दै प्रतिवद्धता

माघ १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

साउदी नेतृत्वको एक गठबन्धनले गत हप्ता यमनी जेलमा घातक आक्रमण गरेको आरोपको अस्वीकार गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Muktinath Bank

गठबन्धनले विद्रोही नियन्त्रित भूभागको मध्यक्षेत्रमा रहेको बन्दीगृहमा शुक्रबार भएको आक्रमणमा कम्तिमा ७० जनाको ज्यान गएको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनले घटनाबारे छानविन गर्न स्वतन्त्र रुपमा टोली परिचालन गरिएको यस विषयमा अनुसन्धान सुरू भइसकेको साउदी प्रेस एजेन्सीले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।


Advertisment
Nabil box
Kumari

“घटनाको समाचार आएको पहिलो घण्टादेखि सम्बन्धित टोलीले अनुगमन गरेको र त्यससँग सम्बन्धित तथ्याङ्क तथा कागजात सङ्कलन गर्न सुरु गरेको छ,” समितिले भनेको छ । “छानविन सकिएलगत्तै परिणाम घोषणा हुनेछ ।”

Vianet communication
Laxmi Bank

इरान समर्थित विद्रोहीविरुद्ध सरकारलाई समर्थन गर्न सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले यमनी गृहयुद्धमा हस्तक्षेप गरेको थियो ।

सिमाविहीन स्वास्थ्यकर्मीले शुक्रबारको आक्रमणमा गठबन्धनको हात रहेको हुनसक्ने बताएका छन् । हुथी विद्रोहीले आक्रमणम कम्तीमा ९१ जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको बताएका छन् ।

मानवीय सहायताका लागि काम गर्दै आएका निकायका एक सदस्यले नाम उल्लेख नगर्ने शर्त गत शनिबार दिएको वयानमा भनिएको छ, “यो हवाई आक्रमण हो भन्ने कुरामा कुनै दुविधा छैन । आक्रमण सादा शहरका सबै नागरिकले सुनेका थिए ।”

बुधबार मानवअधिकार समूह एम्नेस्टी इन्टरनेशनलले बताएअनुसार गठबन्धनले जेललाई प्रहार गरेको भनिएको आक्रमणमासंयुक्त राज्य अमेरिकामा निर्माण भएका हतियारको प्रयोग भएको थियो ।
 
सन् २०१४ मा सुरू भएको यस द्वन्द्वले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सयौं हजार मानिसको ज्यान लिएको छ र लाखौं लाई अनिकालको सँघारमै छोडेको छ । संयुक्त राष्ट्रसंघले यसलाई विश्वकै सबैभन्दा खराब मानवीय सङ्कट भनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x