×

NMB BANK
NIC ASIA

दाङ र कैलालीका थारु समुदायमा पहिचान बन्दै गएको ‘बदिया भाले’ अन्य जिल्लाका लागि भने नौलो नै मानिन्छ । बदिया भालेको महत्त्व बढ्दै गर्दा यसको मूल्य पनि आकाशिएको छ ।

Muktinath Bank

बदिया भाले लोकल भाले नै हो तर अन्यभन्दा फरक र स्वादिष्ट हुन्छ । तपाईंले खसीको मासु खानु र बोकाको मासु खानुमा जुन भिन्नता पाउनुहुन्छ, बदिया भालेमा पनि त्यस्तै हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन्दा अचम्म लाग्न सक्छ – भाले पनि खसी पार्न मिल्छ । तर अचम्म मान्नुपर्दैन । लोकल भाले पनि खसी पारिन्छ र हुर्काएर महंगो मूल्यमा बेचिन्छ । 


Advertisment
Nabil box
Kumari

स्वाद पूर्ण रूपमा फरक र स्वादिष्ट हुन्छ । बदिया भालेका विभिन्न परिकार बनाएर महंगो मूल्यमा मेनुमा राख्न थालेका छन् । खानाका सोखिन वर्गले बदिया भालेका परिकार खोजीखोजी खाने गरेका छन् । बदिया भालेको मासु खदिलो, कसिलो र तिक्खर स्वादको हुने हुँदा धेरैको रोजाइमा पर्न थालेको छ ।

Vianet communication
Laxmi Bank

बदिया भालेलाई बन्ध्याकरण गरेपछि निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरू बताउँछन् । भालेलाई जतिसक्दो चाँडो खसी बनाउँदा किसानलाई फाइदा हुने हुँदा कलिलो उमेरमै बन्ध्याकरण गरी मासुको मात्रा बढाउने गरिन्छ । 

यद्यपि सानो उमेरमा भालेको अण्डकोश पनि सानो हुने, त्यसलाई पत्ता लगाई समाएर चुडाउन वा काट्न पनि अप्ठ्यारो हुने हुँदा सामान्यतया भाले बास्ने उमेर भएपछि मात्र त्यसलाई बन्ध्याकरण गर्ने प्रचलन चलिआएको छ ।

बदिया भाले भन्नाले बन्ध्याकरण गरेर अण्डकोश निकाल्ने प्रक्रिया हो । सामान्यतया ६००–७०० रुपैयाँ प्रतिकिलोमा किनबेच हुने लोकल भाले बदिया गरेपछि ३–५ हजार रुपैयाँसम्म किनबेच हुने गरेको पाइन्छ । बदिया गरेपछि भालेको यौन चाहना र सक्रियता कम हुन्छ, जसले गर्दा पनि वजन ग्रहण गर्न सघाउ पुर्‍याउँछ । भाले बास्न शुरू गर्ने उमेर भनेको ४–५ महिनाको समय हो । त्यसबेला बदिया गरेपछि कम्तीमा ३–६ महिना थप पालेपछि मात्र मासुका लागि काटेर खाने वा किनबेच गर्ने गरिन्छ ।

बदिया भालेको अन्य कुखुराको जस्तै करी, रोस्ट, चिल्ली, छोइला, सादेको, डामेको सेकुवा, तास, झोल जसरी बनाएर खाए तापनि स्वादिष्ट र स्वस्थकर हुन्छ । बदिया भाले खाने यसका पारखीहरू हाइवे कटेज तथा लुम्बिनी प्रदेशमा ग्राहकहरू बढेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x