×

Dabur
Nic Asia
Marvel

पृथ्वीमा फेरि अर्को संकटः नासाको यस्तो चेतावनी

काठमाडाैं | माघ १६, २०७८

TVS INSIDE

लामो समयदेखि क्षुद्रग्रह अर्थात् एस्टेरोइडलाई पृथ्वीका लागि खतरा मानिन्छ । 

morang Auto yamaha

वैज्ञानिकहरुका अनुसार यदि उक्त क्षुद्रग्रह पृथ्वीसँग ठोक्कियो भने ठूलो विपत्ति आउन सक्छ । भनिन्छ, एक पटक ठूला क्षुद्रग्रह पृथ्वीसँग ठोक्किएपछि मात्रै पृथ्वीबाट डायनासोरहरू नामेट भएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

अब फेरि एक पटक विशाल क्षुद्रग्रह पृथ्वीमा ठोक्किने खतरा देखिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसबारे चेतावनी दिएको छ ।

नासाले फेब्रुअरी ११ तारिखमा पृथ्वीको नजिकबाट एउटा क्षुद्रग्रह जाने बताएको छ । यदि यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्कियो भने ठूलो विनाश हुन सक्छ । 

Vianet communication
Maruti inside

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसअघि नै नयाँ वर्ष २०२२ मा धेरै विशाल क्षुद्रग्रहहरू पृथ्वीको नजिकबाट जाने बताएको थियो । 

नासाका अनुसार फेब्रुअरी ११ मा पृथ्वीबाट गुज्रिएको क्षुद्रग्रह एम्पायर स्टेट बिल्डिङभन्दा धेरै ठूलो छ । यो दुई सातापछि पृथ्वीको नजिक पुग्नेछ ।

वैज्ञानिकहरूले यस विशाल क्षुद्रग्रहलाई १३८९७१ (२००१ सीबी२१) नाम दिएका छन् । यसबाहेक नासाले यसलाई सम्भावित खतरामा समावेश गरेको छ । यो ४ हजार २६५ फिट चौडा छ ।

नासाले यो क्षुद्रग्रहलाई पृथ्वी नजिकको क्षुद्रग्रहहरूको सूचीमा समावेश गरेको छ । यो पृथ्वीबाट तीन लाख माइल टाढाबाट जानेछ । यो पहिलो पटक २१ फेब्रुअरी १९०० मा देखिएको थियो । त्यसबेलादेखि, यो हरेक वर्ष सौर्यमण्डल हुँदै जाने गरेको थियो । 

यो क्षुद्रग्रह अन्तिम पटक १८ फेब्रुअरी २०२१ मा देखिएको थियो । यो सन् २०११ र २०१९ मा पनि देखिएको थियो । 

यो कहाँबाट जान्छ भन्ने जानकारी नासाले दिएको छैन । तर, फेब्रुअरी ११ र त्यसपछि २४ अप्रिलमा पृथ्वीको नजिकबाट जाने बताइएको छ ।

यसपछि यो क्षुद्रग्रह जनवरी २०२४ मा देखिने नासाले जनाएको छ । त्यसपछि जुन र डिसेम्बरमा देखा पर्नेछ । 

नासाको अनुमानअनुसार यो क्षुद्रग्रह ११ अक्टोबर २१९४ सम्म पृथ्वीको नजिकबाट गुज्रनेछ । 

यदि क्षुद्रग्रहको बाटोमा अलिकति मात्रै पनि परिवर्तन भयो भने त्यो पृथ्वीका लागि खतरनाक सावित हुन सक्छ ।

Mega
TATA Below
NLIC
जेठ १०, २०७९

अमेरिकाको ओरेगन विश्वविद्यालयका अनुसन्धाताहरूले मानसिक स्वास्थ्यमा स्मार्टफोनले पार्ने असरका बारेमा अध्ययन गरिरहेका छन् ।  अध्ययनमा उनीहरूले गूगलको हेल्थ स्टडीज याप उपयोग गरेका छन् ।  मानिसहरूले फ...

बैशाख २३, २०७९

शनि टाइटनको चन्द्रमामा वायुमण्डल छ, जुन सौर्यमण्डलको एक मात्र प्राकृतिक उपग्रह हो  ।  शनिको ८२ चन्द्रमाहरू मध्ये सबैभन्दा अद्वितीय टाइटन हो, जसको सतहमा परिदृश्यहरूको प्रमाण छ ।  शनिको चन्द्रमा ...

बैशाख ५, २०७९

सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख...

फागुन ५, २०७८

चीनले अन्तरिक्षमा रोबोट सर्प बनाएको र त्यसले शत्रुलाई अप्ठ्यारोमा पार्ने दाबी गरेको छ ।  चीनको एक अनुसन्धान टोलीले रोबोटिक सर्प बनाएको हो । त्यसको शक्ति, लचकता र दीर्घायुले अन्तरिक्षमा खोज गर्न मद्दत गर्छ ।&...

माघ २८, २०७८

चीनका अनुसन्धाताहरूले ६जी प्रविधिमा काम गरिरहेका छन् । यसैबीच उनीहरू नयाँ पुस्ताको ताररहित सञ्चारमा चीनलाई अमेरिका तथा अन्य मुलुकभन्दा निकै अगाडि पार्ने गरी डेटा स्ट्रीमिङमा निकै अघि बढिसकेको पाइएको छ । ...

असार ४, २०७९

संसारमा हरेक दिन एलियनका बारेमा छलफल हुन्छ । कहिलेकाहीँ पृथ्वीबाहेकको ग्रहका प्राणीबारे अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ ।  धेरै मानिसहरूले यूएफओ र एलियनहरू देखेको दाबी गरेका...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

ad
x