×

NMB BANK
NIC ASIA

उखुबारीमा गाडिएको अर्को शवको पनि पहिचान खुल्यो, दुवै साथी-साथी

माघ १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको अर्को शवको पनि पहिचान खुलेको छ । गत बुधवार उखुबारीबाट उत्खनन गरिएको ३५ वर्षीय पुरुषको शवको पहिचान खुलेको हो ।

Muktinath Bank

मृतक व्यक्ति सप्तरीको शम्भुनाथ गाउँपालिका–४  घर भई काठमाडौं बस्ने शम्भु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जर्नादन जिसीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधवार राति एउटा र बिहीवार दिउँसो अर्को शव फेला पारेको थियो । 


Advertisment
Nabil box
Kumari

बिहीवार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा राजेन्द्र श्रेष्ठ रहेको पहिचान खुलेको हो । 

Vianet communication
Laxmi Bank

प्रहरी उपरीक्षक जिसीका अनुसार  मृतक दुवैजना साथी–साथी हुन् । श्रेष्ठसँगै शम्भु पनि सम्पर्कविहीन थिए । 

श्रेष्ठको सम्पर्कका आधारमा प्रहरी शम्भुको परिवारसम्म पुगेको थियो । उनका आफन्तले आइतवार बिहान शवको पहिचान गरेका छन् । ‘उनीहरू सँगसँगै रहेको देखिन्छ,’ प्रहरी उपरीक्षक जिसीले भने, ‘हामी सूक्ष्म रूपमा अनुसन्धान गर्दैछौं ।’ 

धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय श्रेष्ठ र शम्भुनाथ गाउँपालिका–४ का चौधरी जग्गा कारोबारी हुन् ।

शव नुन हालेर गाडीएको प्रहरीको भनाइ छ । शवमा बढी नुन हालेका कारण धेरै गलेको प्रहरीले जनाएको छ ।

उनीहरू मंसिर पहिलो साता काठमाडौंबाट सँगै विराटनगर आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बुधवार उखु काट्ने क्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेको प्रहरीले बुधवार एउटा खाल्डोबाट चौधरीको शव फेला पारेको थियो । 

शव भेटिएको स्थानबाट करीब १५ मिटरको दूरीमा रहेको अर्को खाल्डोमा श्रेष्ठको शव गाडिएको अवस्थामा फेला परेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x