×

X
Nic Asia
Dabur
Khukuri

अमेरिकी स्वार्थको भुमरीमा युक्रेन

युक्रेन संकट : अमेरिकी प्रभुत्वको चेष्टा र युरोपको उदासीनताको खास कारण

काठमाडाैं | माघ १९, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

युक्रेन संकट अमेरिकी प्रभुत्वको चेष्टाबाट सृजित तनाव हो । हरेक अमेरिकी राष्ट्रपतिले सानोतिनो युद्धको स्वाद लिनुपर्छ । आफूले मन नपराएका मुलुकलाई आर्थिक प्रतिबन्धको कठघरामा उभ्याएर मज्जा लिनुपर्छ । 

LAxmi BAnk
nabil BANK inside

अमेरिकी सेना, हतियार, द्वन्द्वविज्ञ तथा विश्लेषक र मिडियालाई युद्धमै होमेर रोजगारी सृजना गर्ने अमेरिकी प्रचलन नै हो भन्ने छाप विश्वव्यापी बन्दै गएको छ ।  वास्तवमा अमेरिकाले आफूप्रति बन्दै गएको यस्तो अलोकप्रिय एवं आक्रमणकारी छापलाई हटाउन शान्ति र स्थायित्वको नयाँ फर्मुला अघि सार्नुपर्ने हो तर आर्थिक प्रतिबन्धको मज्जा लिन नसक्ने र सानोतिनो युद्धको स्वाद लिँदै आफ्नो प्रभुत्वको निरन्तरतालाई पुष्टि गर्न नचाहने अमेरिकी राष्ट्रपति अक्षम, अनुभवहीन र विश्व व्यवस्थाको रक्षक बन्न नसकेको आरोप लाग्ने भएकाले हरेक अमेरिकी राष्ट्रपतिले दुईओटा काम अनिवार्य गर्नैपर्ने हुन्छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पहिलो, कुनै पनि मुलुकमा कुनै पनि बहानामा आर्थिक प्रतिबन्ध र दोस्रो, कुनै कमजोर मुलुकमाथि कुनै बहाना देखाएर आक्रमण । यी दुईवटा कामले सम्भावित प्रतिद्वन्द्वीहरू पहिले नै त्रासमा रहने र आफ्नो एकल प्रभुत्व निर्विकल्प हुने अमेरिकी बुझाइ हो । बाइडन प्रशासनले युक्रेनमा ल्याउन खोजेको युद्धको उत्तेजनात्मक भड्काव पनि त्यही अमेरिकी नीतिको निरन्तरता नै हो ।

ट्रम्प प्रशासनले चीनको आर्थिक प्रभुत्वको सम्भावित उदयलाई रोक्न ट्रेड वार को सहारा लियो भने सामरिक प्रभुत्वको लडाइँमा आफ्नो एकल दबदबा कायम गर्न इरानमाथिको प्रतिबन्ध कसिलो पार्‍यो, अफगान युद्धलाई निरन्तरता दियो, सिरिया र लिबियाली युद्धहरूले निरन्तरता पाए, दक्षिण चीन सागरका उत्तेजक सैन्य गतिविधिहरूको स्केल बढ्यो, आर्मेनिया–अजरबैजान युद्धका झिल्काहरू शुरू र साम्य भए, ल्याटिन अमेरिकी क्षेत्रको अस्थिरतालाई अझ बढी तरल बनाउने अभ्यासहरू सक्रिय बने । 


Advertisment
Saurya island

त्यसका अतिरिक्त घरेलु मोर्चामा आप्रवासीहरूमाथिको नियन्त्रण थोरै कसिलो बन्यो, अश्वेतहरूमाथि श्वेत सर्वोच्चताको अनुदारवादी प्रवृत्ति विगतको तुलनामा खुलेर प्रकट हुन खोज्यो । हिंसा र प्रतिहिंसाको लहरले घरेलु मोर्चा अलगथलग बन्यो । अमेरिकी सिनेटको पक्षधरता दलीय वफादारिता र कट्टरताको नजिक पुग्यो । अमेरिका फर्स्टको नाराले आम जनतादेखि नीतिनिर्माताहरू समेत उदार लोकतन्त्रबाट तर्किए र प्रभुत्वको दक्षिणपन्थी रुझानमा मत व्यक्त गर्ने स्थितिमा पुगे । अमेरिका झण्डै ह्यारी ट्रुुम्यानको कट्टर प्रवृत्तिको समयमा फर्कियो । त्यसको नतिजा अमेरिकी निर्वाचनमा देखिएका असहिष्णु र उत्तेजक गतिविधिका साथै बाइडनको विजयसँगै अप्रत्याशित रूपमा आएको भयानक हिंसात्मक प्रदर्शनमा प्रकट भयो । 

खासगरी ट्रम्पले विभक्त तुल्याएको अमेरिकी एकता, कुनै दिन हिंसात्मक डढेलोका झिल्काहरू शुरू हुनसक्ने त्रासपूर्ण वातावरणको घरेलु समस्या, रंगभेद र अमेरिकी तथा आप्रवासीहरूबीचको मनमुटाव एवं असन्तोषका लहरहरूको व्यवस्थापन गर्ने बाइडन प्रशासनको वाचा छ । त्यो वाचा पुरा गर्न काला जातिका मानिसहरूमाथि समान र सहानुभूतिपूर्ण व्यवहार गर्ने माहौल जनस्तरबाटै शुरू हुने अनुकूल समय अझै देखिएको छैन । आप्रवासीहरूमाथि सरकारको नियतले प्रोत्साहन पाउँदा वास्तविक जनमत भड्किने र सरकारले चासो व्यक्त नगर्दा अमेरिकाका श्वेत सर्वोच्चतावादीहरूले गर्ने हेयपूर्ण व्यवहारको दायरा फराकिलो हुँदै जाने खतरालाई अमेरिकी नीतिनिर्माताहरूले राम्रै महसूस गरेको हुनुपर्छ ।

Vianet communication
IME BANK INNEWS

विखण्डित घरेलु मोर्चालाई एकत्रित बनाइराख्न अरू कुनै मुलुकमाथि युद्ध थोपर्नुुपर्छ र आफ्ना प्रतिद्वन्द्वीहरूलाई भयानक क्रूर, आक्रमणकारी, विध्वंसक र अमेरिकामाथि नै संकट सृजना गर्न चाहेको रूपमा चित्रित गर्नुपर्छ । त्यसको सबैभन्दा राम्रो र लामो अनुभव अमेरिकी नीतिनिर्माताहरूलाई छ । सारतः युक्रेन संकट त्यसैको उपज हो र यसले रुसी सामरिक दौडलाई रोक्न र इन्धनमा निर्भर मस्कोको आर्थिक अभ्यासलाई ब्रेक गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने निचोड सहित युक्रेन संकटको मञ्चन गरिँदैछ ।

युद्धका पक्ष र विपक्ष बनाइएका दुवै मुलुक रुस र युक्रेन युद्ध गर्न तयार देखिँदैनन् । रुस आक्रमणबाट भौतिक लाभको तुलनामा अलोकप्रियताको घाटा बढी बेहोर्नुपर्ने सोचमा देखिन्छ भने युक्रेन रुसले आक्रमण गरे पश्चिमाहरूले थेग्न सक्ने कुरामा विश्वस्त देखिँदैन । त्यसकारण अहिलेसम्म सामान्य सम्भावित झडपको अवस्थासम्म आइसकेको छैन । तर पश्चिमी मिडियाका हेडलाइनहरूमा लन्चप्याड, भयानक बमवर्षा, युक्रेनको आकाशमा बारुदको धूँवाको मुस्लो र पूर्वी युरोप युद्धमा लपेटिन थालेको दृश्यको तयारी भइसकेको छ । 

सामरिक शक्तिको होडमा एक्लै अमेरिकालाई टक्कर दिने स्थानमा रुसको पुनरुदय भइसकेको निष्कर्ष अमेरिकी थिङ्टयाङ्कहरूको छ । त्यसकारण सिंगो युरोपलाई आफ्नो सुरक्षा छातामुनि राखेर एकपटक युक्रेनलाई रुसका विरुद्ध युद्धमा होम्न सकियो भने रुस फेरि थला पर्नेछ र त्यसपछि चीनको आर्थिक उदयलाई रोक्न अर्को सामरिक आक्रमण वा प्रभावकारी आर्थिक प्रतिबन्ध लगाएर विश्वलाई अमेरिकी नेतृत्वमा एकध्रुवीय विश्व व्यवस्था कायम राख्न सकिन्छ भन्ने प्रभुत्वको चेष्टा अमेरिकाले गरिरहेको छ । 

युक्रेनमा रुसले जितिहालेछ नै भने पनि अमेरिकाको केही गुम्ने छैन । युरोपलाई आपूर्ति गरिने ग्यास पाइपलाइनमा रुसले क्षति पुर्‍याउँदा चिसोमा कठ्याङ्ग्रिने पनि युरोपेलीहरू नै हुन् । त्यही मौका छोपेर अमेरिकाले    युरोपलाई एलएनजी ग्यास बेच्न पाउनेछ । महंगीको  मारमा युरोप पर्नेछ । 

एकातिर युरोपको आफ्नै अस्तव्यस्तता र अर्कोतिर रुससँगको युद्धका कारण युरोप अमेरिकाको बफादार र आज्ञापालक स्वायत्त क्षेत्रमा कैद हुनेछ । अमेरिकाको बलियो साझेदार हुँदा हुँदै पनि विश्वव्यापी रूपमा युरोपको प्रभावशाली उपस्थिति र अस्तित्व वाशिङटनको अविराम महत्वाकांक्षामा साझेदारीको हिस्सा खोज्नसक्ने र कहिलेकाहीँ अवरोधक पनि बन्न सक्ने भएकाले एकपटक युरोपलाई फेरि युद्धमा होम्न पाए आफ्नो दबाब र प्रभाव दीर्घायु बन्ने अमेरिकी रणनीति देखिन्छ । त्यसकारण अमेरिका युक्रेन संकटमा उत्साहजनक ढंगले सक्रिय छ ।

युरोपको उदासीनताका गम्भीर कारणहरू

मस्कोबाट सबैभन्दा बढी सुरक्षा जोखिम युरोपलाई हो भन्ने कुराको स्मरण गराउन अमेरिकाले युरोपेली संघका निर्णायक शक्ति जर्मन र फ्रान्सलाई भरमग्दुर प्रयास गरेको छ । मस्कोको सामरिक श्रेष्ठताकै कारण दोस्रो विश्वयुद्धमा जर्मनीले इतिहासकै ठूलो क्षति बेहोरेको विषयलाई अमेरिकाले जति गिजोल्न खोज्छ, जर्मनीले त्यति नै असहज महसूस गर्छ । त्यसका अतिरिक्त, युक्रेन संकटमा जर्मन उदासीनताका अन्य थुप्रै कारणहरू छन् । 

दोस्रो विश्वयुद्धमा पराजयको क्षति र पीडा जर्मन एक्लैले बेहोर्‍यो । जर्मनीमाथि विजयी मस्कोसँग मिलेर अमेरिका–बेलायतले बर्लिनको पर्खालमा भागबण्डा गरे । खण्डहर जर्मनीलाई आफ्नो अस्तित्वमा आउन समय लाग्यो र जर्मनी शक्तिहीन बनेपछि अमेरिकाले स्वेज नहरको घटनालाई लिएर बेलायतको शक्ति हातमा लियो । बेलायतबाट प्रभुत्व आफूमा रूपान्तरण गरेको अमेरिकाले लगत्तै सोभियत संघलाई घेराबन्दी गर्दै पूर्वी युरोप टुक्र्यायो र सोभियत संघको विघटनसंँगै एकध्रुवीय विश्वको नेतृत्व गर्न थाल्यो । 

सामरिक शक्तिको होडमा एक्लै अमेरिकालाई टक्कर दिने स्थानमा रुसको पुनरुदय भइसकेको निष्कर्ष अमेरिकी थिङ्टयाङ्कहरूको छ । त्यसकारण सिंगो युरोपलाई आफ्नो सुरक्षा छातामुनि राखेर एकपटक युक्रेनलाई रुसका विरुद्ध युद्धमा होम्न सकियो भने रुस फेरि थला पर्नेछ र त्यसपछि चीनको आर्थिक उदयलाई रोक्न अर्को सामरिक आक्रमण वा प्रभावकारी आर्थिक प्रतिबन्ध लगाएर विश्वलाई अमेरिकी नेतृत्वमा एकध्रुवीय विश्व व्यवस्था कायम राख्न सकिन्छ भन्ने प्रभुत्वको चेष्टा अमेरिकाले गरिरहेको छ । 

अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा युनानी चिन्तकका दर्शनहरू समाजविज्ञानका स्रोत र सन्दर्भ सामाग्रीहरू बन्न छोडे । जोन लक जसले निग्रोको स्वतन्त्रतालाई व्यावहारिक रूप दिन चाहेनन् उनी सबैभन्दा चर्चित राजनीतिशास्त्रीका रूपमा स्थापित भए । नित्सेको शून्यवादी सिद्धान्त जहाँ इतिहासको अन्त्यको परिकल्पना छ उनलाई शताब्दीकै प्रख्यात दार्शनिक बनाइयो । रोनल्ड रेगनको राजनीति, हेनरी किसिन्जरको कूटनीति र आईएमएफ एवं विश्व बैंकको अर्थनीतिले विश्व साम्राज्यको एकल हैसियत बनाएको अमेरिका आफ्नो त्यही विरासतको निरन्तरता चाहन्छ । तर शक्तिको स्थानान्तरण र परिवर्तनको पुस्तान्तरणको सामाजिक नियम अमेरिकाको अनुकूल देखिँदैन । 

वास्तवमा शक्ति सधैं ‘रिप्लेस’को सिद्धान्तमा आधारित हुन्छ । शक्तिले ‘रिप्लेस’को सिद्धान्तलाई सदैव स्वागत गर्छ । शक्तिको रापताप सबैका लागि, सधैंका लागि स्थिर हुँदैन । त्यसले साहस, विवेक, क्षमता र कहिलेकाहीँ संयोगको मातहतमा समेत आफूलाई राख्ने गर्छ । समग्रमा यो अपरिवर्तनीय र अनुल्लंघनीय भन्ने हुँदैन । तर शक्तिको रजगजमा रहेकाले अरूको हातमा यसको स्वाभाविक स्वामित्व हस्तान्तरण गर्न चाहँदैनन् र कुनै न कुनै प्रकारको विध्वंसद्वारा वैकल्पिक केन्द्रहरूले शक्ति आफूमा ल्याउनुपर्छ । यो पनि त्यत्तिकै ध्रुवसत्य हो । 

फेरि पनि जर्मनीको उदासीनताका पछाडि सोचनीय सवालहरू छन् । जर्मनी रुसको ग्यासमा निर्भर छ । यो उसको भू–बनावटको बाध्यात्मक अनिवार्यता हो । त्यसकारण जर्मनले बाँकी युरोप र अमेरिकासँग रुसमाथिको कुनै पनि कारवाहीका लागि विवेकपूर्ण निर्णय लिन आग्रह गरेको छ । जर्मनीले युक्रेनलाई हतियार आपूर्तिमा रोक लगाएको छ र बेलायतबाट युक्रेनका लागि ल्याइएका हतियारलाई समेत जर्मनीको बाटो प्रयोग गर्न दिएको छैन । जर्मनीको यस कदमबाट अमेरिका र बेलायत निराश छन् । जर्मनी आफ्नो इतिहासको मूल्यांकन, वर्तमानको आवश्यकता र भविष्यको सम्भावना केलाउँदै मस्कोसँग दूरी बढाउने पक्षमा छैन । जर्मनीको एकीकरणपछि रुस–जर्मनी सम्बन्ध निकट छ । दुवै देशले आ–आफ्नो आवश्यकता अनुसार व्यापारनीति तय गरेका छन् । 

खासगरी १२ सय २५ किमिको नर्ड स्ट्रीम २ ग्यास पाइपलाइनमा दुवै साझेदार हुन् । दोस्रो विश्वयुद्धमा रुस–जर्मनी दुवैले क्षति बेहोरेको र त्यसको फाइदा अमेरिका–बेलायतले उठाएको थियो । राजनीतिक प्रणाली, दर्शन, विचारधारा र इतिहासको कठोर प्रतिद्वन्द्विताले दुवै मुलुकलाई युरोपमा नयाँ समीकरण बनाउन दिँदैन भन्ने पनि राम्रै थाहा छ ।

रुस–जर्मनीका बीच एउटा ‘जेन्टल अन्डरस्ट्यान्डिङ’ के देखिन्छ भने जसरी उनीहरू एक अर्काका परम मित्र बन्ने अवस्था छैन, त्यसैगरी एक अर्काका परम शत्रु पनि उनीहरू बन्ने छैनन् । खासगरी उनीहरूको भड्काव र उत्तेजनाले युरोपमा युद्धको बिउ रोपिने खतरा हुन्छ र त्यसले सबैभन्दा बढी विनाश पनि उनीहरूकै आँगनमा निम्त्याउनेछ ।  एकपटक मैदानमा भिडिसकेकाहरूलाई आफ्ना प्रतिद्वन्द्वीको शक्ति, सफलता, चातुर्य र कमजोरी सबै थाहा हुन्छ । त्यसकारण रुसको ‘सिक्रेट पावर’ को अनुमान सबैभन्दा बढी जर्मनीले मात्र गर्नसक्छ । 

यसले गर्दा जर्मनी अमेरिकी लहडमा मस्कोसँग जिस्कने मनसायमा देखिँदैन । युरोपको महत्त्वपूर्ण रणनीतिक खेलाडी फ्रान्स युक्रेन तनावमा विना उत्तेजित आफ्नो स्पेस खोज्ने योजनामा छ । उसले रुससँग अमेरिकालाई बाहेक गरेर स्वतन्त्र अस्तित्वसहित डिल गर्न चाहेको देखिन्छ । नेटो साझेदार फ्रान्सको अनुभव के छ भने अमेरिकाले गर्ने सबै आक्रमणमा पेरिसको उत्साहजनक सहभागिता रहने गर्छ तर त्यसबाट प्राप्त लाभको हिस्सामा साझेदारी हुँदैन । 

सबैभन्दा पछिल्लो घटना भनेको अस्ट्रेलिया–अमेरिका पनडुब्बी सम्झौताका कारण पेरिस वाशिङटनसँग आजित छ । बृहद् आर्थिक डिलमा मित्रशक्ति अमेरिका आफ्नो भाग खोसिदिन कहीँ हिचकिचाउँदैन । यस्तो शंका र संशयको सम्बन्धमा पूर्ण समर्पित भएर बाँकी विश्वसँगको सम्बन्ध निर्धारण गर्दा कुनै पनि बेला संकटमा पर्ने खतरा फ्रान्सले देखेको छ ।

फ्रान्सले युक्रेन तनावको खास कारण नर्ड स्ट्रिम २ ग्यास पाइपलाइन हो भन्ने बुझेको छ । अमेरिकाले युरोपलाई आफ्नो महंगो ग्यासमा परनिर्भर बनाउन खोजेको छ र रुससँग युरोपको निर्भरता बढ्दा आफ्नो शक्तिको मूल्य घट्ने देखेर अमेरिका युक्रेन तनावलाई ‘हाइलाइट’ गर्न खोजिरहेको छ भन्ने कुरामा फ्रान्स विश्वस्त छ । त्यसकारण फ्रान्स युक्रेनमा अमेरिकी पक्षबाट मुखर भएर अगाडि आएको छैन । सारतः युक्रेन तनावमा जति उत्साहका साथ अमेरिका–बेलायतको जुगलबन्दी छ, युरोप त्यसमा उदासीन देखिन्छ ।  

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

कात्तिक ६, २०७९

नजिकिँदो संसदीय चुनावको सरगर्मी बढ्दो छ । चुनाव नजिकिँदै गर्दा पार्टीबाटै उम्मेदवारी दिएकाहरू आफ्नो निर्वाचन क्षेत्रमा कम्मर कसेर जुटेका छन् भने उम्मेदवार हुनबाट वञ्चितहरूमध्ये कोही रोइलो गर्दैछन्, त कोही पार्टी पर...

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x