×

NMB BANK
NIC ASIA

सामाजिक सञ्जालबाट हैरानी

साइबर अपराधको जालो : नेता, कलाकारदेखि व्यापारीसम्म निशानामा, दैनिक आउँछन् उजुरी

माघ २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय नेतादेखि कलाकारसम्म साइबर अपराधको शिकार बन्ने क्रम बढेको छ । सूचना प्रविधि र सामाजिक सञ्जालको बढ्दो पहुँचका कारण साइबर अपराधको शृंखला पनि बढेको हो ।

Muktinath Bank

केही महिनाअघि व्यक्तिगत सम्बन्धका विषयहरू बाहिर ल्याइदिने भन्दै फेसबूकबाट धम्की र ब्ल्याकमेलिङको शिकार भएपछि नायिका आँचल शर्मा प्रहरीको शरणमा पुगेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँ केही महिनाअगाडि आउनुभएको थियो, विवाहपछि एकजना व्यक्तिले सामाजिक सञ्जालमार्फत दुःख दिएको विषय थियो,’ अनुसन्धानमा खटिएका ब्यूरोका एक अधिकारीले लोकान्तरसँग भने, ‘हामीले त्यसलाई सम्बोधन गरेर पठाएका थियौं ।’


Advertisment
Nabil box
Kumari

त्यस्तै केही समयअघि पब्जी खेल्न पैसा अभाव भएपछि एक किशोरले कलाकार दीपाश्री निरौलाको फेसबूक अकाउन्ट ह्याक गरी पैसा मागेको विषय पनि सार्वजनिक भएको थियो ।

Vianet communication
Laxmi Bank

कलाकारहरू ब्ल्याकमेलिङ र ह्याकिङको विषय मात्र होइन, सामाजिक सञ्जालमार्फत गाली बेइज्जतीको उजुरी लिएर पनि प्रहरीमा पुग्ने गरेका छन् ।

‘धेरै कलाकारहरू सामाजिक सञ्जालमा एकअर्काविरुद्ध गालीगलौज गर्ने र त्यही विषयलाई लिएर उजुरीसहित आउने गर्नुहुन्छ,’ ब्यूरोका एक अधिकारीले लोकान्तरसँग भने ।

यस्ता उजुरी लिएर आउनेमा नायिका सुष्मा कार्की सबैभन्दा अगाडि छिन् । उनी प्रायः सामाजिक सञ्जालको झगडालाई लिएर ब्यूरोमा पुग्ने गरेकी छिन् ।

दैनिकजसो कोही न कोही कलाकार सामाजिक सञ्जालबाट साइबर अपराधको शिकार बनेको विषयलाई लिएर उजुरीसहित ब्यूरोमा पुग्ने गरेका छन् ।

कतिपयले आफ्नो भिडियोलाई काटेर अनर्थ लाग्ने गरी ट्रोल बनाएको विषयमा उजुरी दिने गरेका छन् ।

केही समयअघि जयकिसन बस्नेत २ दर्जन कलाकार लिएर साइबर ब्यूरोमा पुगेका थिए । 

एकजना युट्युबरले ‘टिकटकमा पैसा कमाउने भिखारी कलाकार’ भन्ने शीर्षकमा भिडियो बनाएपछि बस्नेतको नेतृत्वमा २ दर्जन कलाकारले ब्यूरोमा पुगेर उजुरी दिएका थिए ।

दिनमै १०/१२ घण्टासम्म टिकटकमा बसेर पैसा मागेको विषयमा बनेको भिडियो युट्युबको ट्रेन्डिङमा समेत परेको थियो ।

नेतालाई टिकटकले तनाव

कलाकार मात्र होइन नेता पनि समाजिक सञ्जाल प्रयोगकर्ताले सताएको भन्दै साइबर ब्यूरोमा उजुरी दिन आउने गरेका छन् ।

ब्यूरोका अनुसार प्रदेशका बहालवाला मन्त्रीदेखि केन्द्रका प्रभावशाली नेताहरू समेत ब्यूरोमा पुगेका छन् ।

अधिकांशले आफूहरूले सार्वजनिक ठाउँमा बोलेको भिडियो काटेर अनर्थ लाग्ने गरी टिकटक र फेसबूकमा भिडियो पोस्ट गरेको भन्दै उजुरी दिने गरेका छन् ।

‘नेताहरूबाट अनर्थ लाग्ने भिडियो बनाएर राखेको उजुरी धेरै आउँछन्,’ ब्यूरोका अर्का एक अधिकारीले भने, ‘उहाँहरूलाई हामीले सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्ने समेत सिकाएर पठाउँछौं ।’

ब्यूरोका अनुसार पुस महिनामा मात्र सांसदसहितका ६ नेताले टिकटकले समस्यामा परेको भन्दै उजुरी दिएका छन् । यसबीचमा प्रहरीले टिकटकका ४ अकाउन्टलाई बन्द गराएको छ ।

नेता मात्र होइन, पूर्व राजपरिवारका सदस्य समेत साइबर ब्यूरोमा उजुरीसहित पुगेका छन् ।

फेक आईडी बनाएर सामाजिक सहिष्णुतामा खलल पार्ने भिडियो अपलोड गरेको भन्ने उजुरी राजपरिवारका सदस्यका तर्फबाट परेको ब्यूरोले जनाएको छ ।

कालो कोट खोलेर उजुरी दिन आउँछन् वकिल

कसैले अपराध गरे भने कानूनको कठघरामा उभ्याउने काम वकिलको हो । तर तिनै वकिल ‘साइबर अपराधको निशाना परेँ’ भन्दै साइबर अपराध ब्यूरो धाउन बाध्य छन् ।

‘नाम चलेका वकिल सा’बहरू नचिनिने गरी आउनुहुन्छ । उहाँहरू पनि समाजिक सञ्जालबाट ठगिएको उजुरी आइरहेका छन्,’ साइबर अपराध अनुसन्धान गरिरहेका एक अधिकृतले लोकान्तरसँग भने, ‘उहाँहरूसँग सामाजिक सञ्जालमा बार्गेनिङ गरेको विषय बढी आएको छ ।’

साइबर अपराधको निशानामा पत्रकारहरू पनि परेका छन् ।

सामाजिक सञ्जाल ह्वाट्सएपमा आर्थिक प्रलोभन देखाउने खालका समस्याहरू आएका छन् भने बार्गेनिङ गर्ने गरेको भन्दै उजुरी दिन आउने गरेको ब्यूरोले जनाएको छ । 

अनलाइन शपिङ गर्दा ठगको निशानामा व्यापारी

साइबर ब्यूरोमा ठूला घरानाका व्यापारीहरू पनि ठगिएको गुनासो लिएर आउने गरेका छन् ।

अधिकांश व्यापारीहरू अनलाइनमार्फत महंगो समान किनेको, तर डेलिभरी हुँदा गुणस्तरहीन सामान आएको भन्ने उजुरीसहित ब्यूरोमा आउने गरेका छन् ।

‘व्यापारीहरूलाई अनलाइन शपिङ एप्सहरूले ठगेका उजुरी आउँछन्,’ ब्यूरोका अधिकारीले भने, ‘उहाँहरू पनि समाजिक सञ्जालको माध्यमबाट नै ठगिनुभएको छ ।’

चाइल्ड एब्युजमा ठूला घरानाका व्यक्ति

बालाबालिकालाई सामाजिक सञ्जालका म्यासेजहरूमा अश्लील फोटो तथा भिडियोहरू पठाउनेमा ९० प्रतिशत नाम चलेका व्यक्ति र ठूला घरानाका व्यक्ति हुने गरेको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार प्रतिष्ठित व्यक्तिहरूले आफ्ना नातेदार, समकक्षी लगायतका १६ वर्षमुनिका बालबालिकालाई अश्लील फोटो र भिडियो पठाएर शोषण गरेको भन्दै उजुरी पर्ने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x