×

NMB BANK
NIC ASIA

गठबन्धनको कसरत

प्रचण्डलाई शेखरको जवाफ : ‘चुनावी गठबन्धनले फाइदा हुँदैन, हामी मान्दैनौं’

चुनावअघि एमसीसी अगाडि बढाउन नसकिने प्रचण्डको प्रस्टोक्ति

माघ २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय चुनावमा गठबन्धन भए त्यसलाई अस्वीकार गर्ने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बताएका छन् । 

Muktinath Bank

बिहीवार बिहान प्रचण्डनिवास खुमलटारमा भएको भेटमा कोइरालाले यस्तो बताएका हुन् । प्रचण्डको निमन्त्रणामा कोइराला खुमलटार पुगेका थिए ।
 
भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा गठबन्धन गरेर जानुपर्ने भन्दै विरोध नगर्न अनुरोध गरेको भेटमा सहभागी कांग्रेस नेता अमरेशकुमार सिंहले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । उनीहरूबीच समसामयिक राजनीतिक विषयहरूमा करीब डेढ घण्टा कुराकानी भएको सिंहले बताए । 


Advertisment
Nabil box
Kumari

‘चुनावमा गठबन्धन गर्दा सबैलाई फाइदा हुन्छ । गठबन्धन गरेरै जानुपर्छ । त्यसबारे छलफल पनि भइरहेको छ,’ प्रचण्डको शेखरलाई गरेको आग्रह उदृत गर्दै सिंहले भने, ‘तपाईं निर्णय गर्ने ठाउँमा हुनुहुन्न तर निर्णयलाई प्रभावित गर्ने ठाउँमा हुनुहुन्छ । चुनावी गठबन्धनको विरोध नगरिदिनुस् ।’

Vianet communication
Laxmi Bank

कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन गर्न नहुने र जनताले कसलाई रोज्ने भन्ने स्वतन्त्र अधिकार दिनुपर्ने बताएका सिंहले जानकारी दिए । ‘गठबन्धन नगरी चुनावमा जानुपर्छ । त्यसो हुँदा कुन पार्टीको शक्ति कति रहेछ भन्ने पनि थाहा हुन्छ । गठबन्धन भयो भने पनि त्यसलाई हामी मान्दैनौं भन्ने जवाफ शेखर कोइरालाले दिनुभएको छ,’ सिंहले भने ।

माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्दा कांग्रेसलाई फाइदा नहुने अघिल्लो चुनावकै सिकाइ भएको कोइरालाले बताएका थिए । 

माओवादी कार्यकर्ताले कांग्रेसलाई भोट नहाल्ने बरु एमालेलाई भोट दिने भएकाले स्थानीय तहमा चुनावी गठबन्धन प्रभावकारी नहुने कोइरालाको भनाई थियो । 

नेता कोइरालाले एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति नै प्रभावित र विभाजित भएको भन्दै त्यसलाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरेका सिंहले बताए । 

जवाफमा प्रचण्डले चुनाव अगाडि एमसीसी पास गर्न नसकिने तर्क राखेको सिंहले जानकारी दिए । 

‘चुनावअघि एमसीसी पास गर्न सकिँदैन । मैले प्रधानमन्त्रीजीसँग अनुरोध गरिरहेको छु, यसलाई अझै समय लिएर छलफल गरेर मात्रै टुंगोमा पुर्‍याउन सकिन्छ भन्नुभएको छ,’ प्रचण्डको भनाई उदृत गर्दै सिंहले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x