×

NMB BANK
NIC ASIA

विदेश पठाउने बाहानामा विद्यार्थी ठग्दै कन्सलटेन्सी, प्रहरीमा उजुरीको चाङ

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
जनकपुरधाम २० असार – काठमाण्डौंबाट सञ्चालित एक कन्सल्टेन्सीले विदेश पठाउने नाममा विद्यार्थी ठगेको खुलासा भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ३१ भृकुटी मण्डपमा संचालित ‘स्टुडेन्ट केयर अफ नेपाल’ नामक कन्सलटेन्सीले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विदेश पठाउँदा ठगी गरेको पाइएको छ ।

धनुषाको साविक बेंगाडावर गाविस २ तथा हाल परिवर्तित मिथिला नगरपालिका वडा नं. ७ मा बस्ने राजेश प्रसाद साहले संचालन गरेको उक्त कन्सलटेन्सी मार्फत विद्यार्थीहरुलाई ठगी गरिएको हो ।

विद्यार्थीहरुलाई भारतको बेंगलौर तथा बंगलादेश समेतमा उच्च शिक्षा अध्ययनको लागि पठाउँदा रकम ठगी गरेको उक्त कन्सलटेन्सीको चङ्गुलमा फसेका पीडित र तिनका अभिभावकहरुले सार्वजनिक गरेका हुन् ।

राजेश कुमार साह उक्त कन्सलटेन्सीका मुख्य संचालक हुन् । सरिङ भन्ने छिरिङ पेम्बा गुरुङ, मन्दिल पाण्डे र फिरोज राईन समेत ४ जना मिलेर उक्त कन्सल्टेन्सी खोलेका थिए ।

उनीहरुले २ जना कर्मचारी प्रियंका गुप्ता र योगिता गौतमे मार्फत विद्यार्थीसँग रकम उठाउँथे ।
राजेश साहले विगत ७ बर्ष देखि उक्त कन्सलटेन्सी संचालन गर्दै आएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ५ बस्ने अरुण कुमार साह, सप्तरी शम्भुनाथकै विनोद कुमार गुप्ता, चितवनको भरतपुर महानगरपालिका १० बस्ने दयाराम आचार्य, सोलुखुम्बुको कौशिका गाउँपालिका ५ का
बलबहादुर राई, सप्तरी राजविराज २ का सचिन यादव लगायतबाट उक्त कन्सल्टेन्सीले रकम ठगेको हो ।

अरुण कुमार साहबाट रु.१ लाख ६० हजार, बलबहादुर राईबाट रु. २ लाख ४० हजार, दयाराम आचार्यबाट रु. २ लाख ५६ हजार, विरोध गुप्ताबाट रु. १ लाख ६० हजार, सचिन यादवबाट रु. १ लाख ८० हजार रुपैयाँ विद्यार्थी भर्ना गराईदिने नाममा र सेवा शुल्क बापत प्रति व्यक्ति रु. ५० हजार लिई ठगी गरेको आरोप कन्सल्टेन्सीमाथि
लागेको छ ।

विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका नाममा भारतको बेंगलौरमा पुर्याई अलपत्र पारी रकम ठगी गरेको आरोप लागेको छ । अभिभावकका अनुसार राजेश साहले कन्सलटेन्सी मार्फत ती विद्यार्थीहरुलाई भारतको कलेजमा लगि भर्ना बापत लाग्ने शुल्क लिएपनि सम्बन्धित कलेजमा उक्त शुल्क नबुझाएको र भारतको उक्त कलेजबाट शुल्कको लागि ताकेता हुँदै गर्दा आफुहरु ठगिएको पत्तो पाएको बताएका छन् ।

त्यसपछि ४ जेष्ठ २०७४ मा ती पाँचै जना अभिभावकहरुले उक्त कन्सलटेन्सीका संचालकहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी गरेको भन्दै जाहेरी दर्ता गराए ।

त्यसपछि धनुषा प्रहरीले राजेश साहलाई ५ जेष्ठ २०७४ मा पक्राउ गरी अनुसन्धान अगाडी वढाएको थियो । ३० जेष्ठ २०७४ मा धनुषा जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरियो ।

विद्यालयसँग समन्वय गरी लाग्ने शुल्क समेत तय गरी विद्यार्थीहरुका अभिभावकसँग रकम माग गरी भर्ना शुल्क र मासिक शुल्क निज साहले नै असुल गरी पठाउने गर्थे ।

अरुण कुमार साहकी छोरी निक्की साह, विनोद कुमार गुप्ताकी साली रानी गुप्ता, बलबहादुर रायकी छोरी सरिता राई, दयाराम आचार्यकी छोरी कृपा आचार्य र सचिन यादवकी बहिनी सविना यादव समेतलाई शाहले ठगेका हुन् ।
भारतको बेंगलौर स्थित बेथल मेडिकल कलेजमा भर्ना गरेको, भर्ना शुल्क र पहिलो मासिक शुल्क समेत बुझाई निजहरुलाई आफ्नो संस्थामा कार्यरत प्रियंका गुप्ता र सहयोगी फिरोज राईनको साथ लगाई अध्ययनको लागि उक्त कलेजमा पठाएको भन्दै संचालक साहले धनुषा प्रहरी समक्ष बयान गरेका छन् ।

ती विद्यार्थीहरुले उक्त कलेजमा केही दिन अध्ययन गरे पश्चात उक्त कलेजमा पढाई राम्रो नभएको र अर्कै कलेजमा पढ्ने भनेपछि दोस्रो कलेजमा तत्काल भर्ना गर्न नसक्ने, तपाईहरु आफै मिलाउनु होस, बुझाई सकिएको रकम कलेजले फिर्ता गरे पश्चात दिनेछु भनेर मौखिक सहमति गरेको राजेश साहले बताएका छन् । त्यसपछि ती विद्यार्थीहरुलाई बेंगलौरकै नसिमा कलेज इन्सिट्च्यूट टेक्नोलोजीमा भर्ना गरिएको राजेश साहको तर्क छ ।
सेवा शुल्क बापत कुनै पनि रकम नलिएको तथा ती अभिभावकहरुबाट लिइएको पहिलो बर्षको किस्ता बापतको रकम बेथल मेडिकल कलेजमा बुझाएको रसिदको फोटोकपी आफुसँग रहेको साहले बताएका छन्् ।

नुवाकोटका सुदिप पंडितलाई बंगलादेशको नर्थ इस्ट मेडिकल कलेजमा भर्ना गराई विद्यार्थीबाट ९ लाख ४० हजार रुपैयाँ लिएका उनले कलेजमा पैसा नबुझाई जाल प्रपञ्चमा पारी ठगी गरिएको पीडितले बताएका छन् । सन् २०१६ मा पण्डित एमबिबिएस अध्ययनका लागि बंगलादेशको नर्थ इस्ट मेडिकल कलेजमा उक्त कन्सलटेन्सी मार्फत पठाएका थिए ।

कन्सलटेन्सीका संचालक राजेशले पैसा आफूहरुले नै पठाइदिने भनेपछि १ भदौ २०७३ मा एभरेष्ट बैंकमा रहेको ०४४००५०१२०३५२१ खातामा राजेश भन्ने प्रसान्त साहको नाउँमा सुदीपका बुवा कृष्णबहादुरले चेक जम्मा गरिदिएका थिए ।

त्यसका साथै नगद रु. ४ लाख ४० हजार कन्सलटेन्सीका अर्का संचालक सरिङ भन्ने छिरिङ पेम्बा गुरुङलाई ९ माघ २०७३ मा दिएको पंडितले बताए । तर, त्यो रकम ती संचालकहरुले सम्बन्धित कलेजमा नपठाएपछि कलेजबाट नो अब्जेक्सन लेटर मगाई रकम बुझाएको पंडितको भनाई छ ।

दिएको रकम माग्न जाँदा आज, भोली, पर्सी भनि आनाकानी गर्दै कन्सलटेन्सी बन्द गरी भागी हिँड्ने गरेको पीडितले गुनासो गरेका छन् ।

राजेश साहले पंडितको अध्ययनका लागि सम्पुर्ण प्रक्रिया पुरा गरी पहिलो किस्ता बापतको रकम २९ कार्तिक २०७२ मा अभिभावकलाई बुझाउन लगाई उक्त कलेजमा भर्ना गरी पढ्नको लागि बंगलादेश पठाएको स्वीकार प्रहरीसँगको बयानमा गरेका छन् ।

दोस्रो किस्ताको रकम बुझाउनको लागि उनका बुवा कृष्ण बहादुरले १ भदौ २०७३ मा ४ लाख १२ हजार रुपैयाँको चेक लिई आएपछि आफुले उक्त रकम बंगलादेशमा बस्ने सन्तोष जयसवाल मार्फत सुदिप पंडितलाई पठाएको उनले बताएका छन् ।

उक्त रकम सुदिपले प्राप्त गरेको जानकारी समे आफूले पाएको उनले बयानमा भनेका छज् । उक्त रकम पठाएको ५ महिना पछि पुनः तेस्रो किस्ताको रकम पठाउन कृष्णबहादुर आफ्नो अफिसमा आउँदा आफू कामको शिलशिलामा दिल्ली गएका कारण अफिसमा रहेका सरिङ भन्ने छिरिङ पेम्बा गुरुङलाई ९ माघ २०७३ मा ४ लाख ४० हजार रुपैयाँ दिएको कुरा सुन्नमा आएको तर त्यसको बारे आफूलाई जानकारी नै नभएको उनले बताएका छन् ।

उक्त ठगी मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्ययाले ३१ जेष्ठ २०७४ मा गरेको आदेशबाट पक्राउ परेका राजेश साहलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न भएका छन् भने अन्य थप प्रतिवादीहरुलाई पक्राउ गर्न आदेश गरिएको छ ।

ठगिएका अरुण कुमार साहले अदालतले पीडितहरुलाई न्याय दिन नसकेको बताउँछन् । ठगी गर्ने संचालक राजेशलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भएपनि त्यसो नगरिएको उनी बताउँछन् ।

ठगी गरिएको रकम फिर्ता

धनुषाको सहिदनगर नगरपालिका ६ बस्ने अमर कुमार मण्डललाई काठमाण्डौमा एमविविएस पढ्नका लागि एडमिसन गराइदिने भन्दै महोत्तरी लोहारपट्टी गाउँपालिका ३ बस्ने उज्जवल यादवले ३५ लाख रुपैयाँ लिएका थिए ।
काठमाण्डौ बाटै एसएलसी र प्लस टु उत्तीर्ण गरेका अमरबाट उज्जवलले ३५ लाख रुपैयाँ लिएपनि एडमिसन भने गराईदिएनन् । पछि जिल्ला प्रहरी कार्यालय धनुषामा अमरले जाहेरी दिएपछि झिकाइएका उज्जवलले १९ बैशाख २०७४ मा ३५ लाख रुपैयाँ फिर्ता गरेका थिए ।

अहिले मेडिकल इन्ट्रान्स परीक्षाको तयारी गरिरहेका अमर अब कुनै दलालको शिकार नहुने भन्दै अरु विद्यार्थीहरुलाई पनि त्यस्ता अबैध कन्सलटेन्सीहरु र दलालहरुबाट बच्न सुझाव दिन्छन् ।

सर्लाहीको गौरीशंकर ९ बस्ने त्रिलोकी कुशवाहा प्लस टु उत्तीर्ण गरेपछि व्याचलर अफ इन्जिनियरिङ्ग कोर्ष गर्न चाहन्थे । जनकपुरको मुरली चौकमा संचालित लिंक कन्सलटेन्सी मार्फत भारतको चन्डीगढ स्थित जिविएस कलेजमा पढ्न गए ।

५ लाखको प्याकेजमा पढ्न गएका उनी कन्सलटेन्सीका संचालक जनकपुर ३ का राकेश मिश्र मार्फत सुरुमा १ लाख २५ हजार रुपैयाँ बुझाएका थिए । कलेजमा भर्ना पनि भयो । क्लास पनि गरे । तर, पहिलो सेमेस्टरको फाईनल इक्जाम दिनका लागि उनले प्रवेश पत्र पाएनन् ।

उनको शैक्षिक योग्यतालाई त्यो विश्वविद्यालयले मान्यता दिएन । उनी घर फर्किए । लिएको रकम फिर्ता गर्न भन्दै त्रिलोकीले कन्सलटेन्सीका संचालक राकेशलाई पटक पटक ताकेता गरे । तर, कुनै सुनुवाई नगरेपछि अन्ततः त्रिलोकले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएपछि झिकाइएका राकेशले २ जेष्ठ २०७४ मा १ लाख ५६ हजार ८ सय रुपैयाँ फिर्ता गर्न बाध्य भए ।

यसरी हेर्दा उच्च शिक्षा अध्ययनका लागि भारत र बंगलादेश तथा अन्य देशहरुमा पढ्न जाने विद्यार्थीहरु अबैध कन्सलटेन्सीहरु मार्फत कसरी ठगिन्छन् भन्ने कुरा माथि उल्लेख गरिएका घटनाक्रम प्रतिनिधि पात्रका रुपमा केही उदाहरणहरु मात्र हुन् । जनकपुरबाट मात्रै बर्षेनी करिब २ हजार विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेश जान्छन् । अबैध कन्सलटेन्सी मार्फत जाने ती विद्यार्थीहरु मध्ये अधिकांश ठगिएका हुन्छन् ।

जनकपुरमा अबैध कन्सलटेन्सीहरुको विगविगी


अहिले जनकपुरका प्रायः चौकहरुमा शैक्षिक परामर्श दिनका लागि कन्सलटेन्सीहरु खुलेका छन् । जनकपुरमा मात्रै करिब २ सय भन्दा वढी कन्सलटेन्सीहरु छन् । जसमध्ये करिब डेढ दर्जन बाहेक सबै अबैध छन् ।

कन्सलटेन्सी संचालनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गराएको हुनुपर्ने, आन्तरिक राजश्व विभागमा स्थायी लेखा नम्बर प्यानमा दर्ता हुनुका साथै भ्याटमा दर्ता भएको हुनुपर्ने र सबैभन्दा महत्वपुर्ण कुरा शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट कन्सलटेन्सी संचालनका लागि स्वीकृति पत्र लिएको हुनुपर्छ ।

जनकपुरमा कतिपयले कम्पनी दर्ता र प्यान दर्ता गराएको भएपनि अधिकांशले शिक्षा मन्त्रालयबाट स्वीकृति पत्र नै नलिई कन्सलटेन्सीहरु अबैध रुपमा संचालन गर्दै आएका छन् ।

मोटो रकम कमिशन बापत कमाई हुने हुनाले ती अबैध कन्सलटेन्सीहरुले आआफ्ना दलाल मार्फत विद्यार्थीहरुलाई विभिन्न किसिमले प्रलोभन दिनुका साथै भ्रमित पारेर भारतमा अबैध कलेजहरुमा पठाएर रकम ठगी गर्ने गरेको पाइएको छ । स्थानीय प्रशासनले पनि त्यस्ता अबैध कन्सलटेन्सीहरुलाई कारवाही गर्न सकेको छैन ।

विद्यार्थीको रकम ठगी हुनुका साथै भविष्य समेत धरापमा पर्ने हुनाले त्यस्ता अबैध कन्सलटेन्सीहरु बन्द नगराए विकृतिहरु थप बढ्दै जाने सम्भावना बढेको भएपनि सरोकारवाला निकायहरु जिल्ला शिक्षा कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, घरेलु तथा साना उद्योग कार्यालय धनुषा, आन्तरिक राजश्व कार्यालय जनकपुर आदिको ध्यान पुगेको छैन ।

जबकी ठगीएका अभिभावकहरुले पटक पटक ती निकायहरुमा उजुरी दर्ता गराउँदै आएका छन् । यहाँसम्म कि बैध रुपमा संचालित कन्सलटेन्सीका संचालकहरुले समेत जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई अबैध कन्सलटेन्सीहरुलाई बन्द गर्नका लागि ज्ञापन पत्र दिँदै आएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x