×

NMB BANK
NIC ASIA

ओलीको प्रश्न- एमसीसीमा राष्ट्रघात भएको भए सभामुख र माधव नेपालको पदसँग किन साटियो ?

फागुन १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले एमसीसीमा राष्ट्रघात भएको व्याख्या गरेको र त्यसो भएको भए सभामुख र माधव नेपालको पद एमसीसीसँग किन साटेको भनेर प्रश्न गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

संसदबाट एमसीसी अनुमोदन भएपछि त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘सत्ता जोगाउनको लागि, सभामुख र माधव नेपालको पद जाने भएपछि एमसीसी पारित भयो । राष्ट्रघात भएको भए उनीहरूको पद त्यससँग साटिन सक्छन्  ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनका नेताहरूले नेपाली जनतालाई तर्साउन धम्क्याउन खोजेको आरोप पनि ओलीले लगाए । ‘धम्क्याएर, त्रसित बनाएर आफ्नो कुरा माथि पार्न खोजिएको देखिन्छ,’ ओलीले भने । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय हित प्रतिकूल नभएका वैदेशिक सहायता र ऋण स्वीकार गर्न एमालेलाई समस्या नहुने उनले बताए  ।

Vianet communication
Laxmi Bank

केपी ओलीलाई सरकारबाट हटाउन र जस नदिनको लागि एमसीसी रोकिएको र सरकारबाट हटाएपछि अनुमोदन गरिएको ओलीले बताए । 

‘केपी ओलीलाई जस किन दिने, नयाँ सरकार बनाउन तुरुन्त पास गर्छौं भनेर गठबन्धन लागेको थियो,’ ओलीले भने, ‘सरकारले सुटुक्क लागू गर्थ्यो तर, एमालेले संसदमा पेश गरेर गल्ती गर्‍यो ।’ 

अमेरिकाले नै एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने भनेको पनि ओलीले बताएका छन् । 

‘अमेरिकाको प्रक्रियामा एमसीसी संसदबाट अनुमोदन हुनुपर्छ भन्ने भनाइ र दृष्टिकोण थियो । यो भनाई दुई पक्षीय हो,’ ओलीले भने, केपी ओली नेतृत्वको संसदमा पेश गरेर गल्ती गरियो र प्रदीप ज्ञवाली अमेरिका गएर आईपीएसको अंग बनाइयो भन्ने हल्ला निर्लज्ज ढंगले चलाइयो ।’

सभामुख अग्नि सापकोटाले एमसीसीबारे आवेग र उत्तेजनापूर्ण अभिव्यक्ति दिएको उनले बताए । ‘पेश गर्न भन्दा त मर्न तयार छु, मारिन तयार छु भन्ने आवेगपूर्ण  उत्तेजना सभामुखबाट आयो ।  असाधारण देशद्रोह राष्ट्रघात भयो भनियो’, ओलीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x