मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैंडा लगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुने भएको छ ।
पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे बाघ, एकसिङे गैंडा, गौरी गाई लगायतका वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो ।
सीमित बासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमा क्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औंल्याएको समाचार यसअघि गोरखापत्र दैनिकले फागुन १५ गते प्रकाशित गरेको थियो ।
समाचारका आधारमा सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बासस्थानको गुणस्तरमा देखिएको समस्याले भारतको राम्रो बासस्थानतर्फ वन्यजन्तु बसाइँ सर्न थालेपछि सरकार यो कुरामा गम्भीर भएको हो ।
महानिर्देशक डा. कँडेलले भने, ‘राम्रो बासस्थान भएकोतर्फ वन्यजन्तु जानु स्वाभाविक हो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्भमा बासस्थान सुधारका लागि उल्लेखनीय कार्य भएकाले वन्यजन्तु उता जान थालेको आभास भइरहेकाले नेपालका वन्यजन्तुलाई यतै रोक्न बासस्थान विशेष सुधार कार्यक्रम सञ्चालनका लागि तयारी भइरहेको छ ।’
हुन त हरेक वर्षको एक पटक निकुञ्जभित्रका घाँसे मैदान व्यवस्थापनका लागि ठेक्कापट्टामार्फत काम गरिने गरिएको छ । त्यसले मात्र बासस्थान सुधार नहुने भएपछि बाह्रैमास कर्मचारी राखेर आवश्यकताअनुसार घाँसे मैदानको व्यवस्थापन गर्ने योजना सरकारले बनाएको हो ।
भारतको बिहारको एक मात्र वाल्मीकि टाइगर रिजर्भमा पछिल्ला वर्षमा गौरी गाई, पाटे बाघ तथा एकसिङे गैंडाको संख्या वृद्धि हुँदै गएको छ । १० वर्ष पहिलेसम्म सो रिजर्भमा एकसिङे गैंडा शून्य थियो भने हाल रिजर्भले गैंडाको बासस्थान निर्माण गर्न थालेपछि नेपालबाट चर्न उता गएका गैंडा उतै बस्न थालेका छन् । गौरी गाई र पाटे बाघको हरेक गणनामा यहाँ संख्या अनपेक्षित रूपमा वृद्धि हुँदै गएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा बासस्थान सुधार गर्न वन तथा वातावरण मन्त्रालयका सहसचिव वेदकुमार ढकालको संयोजकत्वमा एक अध्ययन समिति पनि निर्माण गरिएको छ । सो समितिले चितवनमा घाँसे मैदान व्यवस्थापनको विशेष कार्ययोजना निर्माण गरी मन्त्रालयमा बुझाउने भएको छ । त्यसपछि बाह्रै महिना घाँसे मैदान व्यवस्थापन गर्ने योजना कार्यान्वयनमा आउने छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार निकुञ्जभित्र करीब १० हजार हेक्टर घाँसे मैदान रहेको छ । उनले भने, ‘हामीले निकुञ्जभित्रका कम्तीमा ५ वटा ठाउँमा २०/२० हेक्टरका घाँसे मैदान व्यवस्थापन गर्ने विशेष योजना बनाएका छौं । ती क्षेत्रमा बाह्रैमास बाघको आहार प्रजाति चित्तल, हरिण, बँदेल, गौरी गाईलगायतका वन्यजन्तुका लागि पानीको स्रोत र घाँसे मैदान व्यवस्थापन गरिने भएको छ ।’
सन् २०१८ मा बाघको गणना हुँदा चितवन निकुञ्जमा ९३ वटा बाघ रेकर्ड गरिएका थिए । त्यसअघि सन् २०१३ मा १२० र सन् २००९ को गणनामा ९१ वटा बाघ चितवनमा रहेको तथ्यांक छ । उता सन् २००८ सम्म एउटा मात्रै बाघ भएको वाल्मीकिमा सन् २०१३ को गणनामा १६ वटा र २०१८ को गणनामा ४० पुगेको छ । गोरखापत्रमा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...