×

NMB BANK
NIC ASIA

नेदरल्याण्ड्समा बस्ने नेपालीलाई सहयोग गर्दै अघि बढ्ने छु : शर्मा

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २१ असार — सेप्टेम्बर ३ मा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सको निर्वाचन हुँदैछ । २००५ मा नेदरल्याण्ड्समा एनआरएनएको गठन भएको थियो । एनआरएनए नेदरल्याण्ड्सको नेतृत्व हत्याउनको लागि विभिन्न व्यक्तिहरूले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।

विभिन्न पेशा व्यवसाय गर्नेदेखि लिएर विद्यार्थीसम्म झण्डै दुई हजार नेपालीहरु अहिले नेदरल्याण्ड्समा बसिरहेका छन् । यसपाली एनआरएन नेदरल्याण्ड्सको नेतृत्वका लागि एनआरएनएका पूर्व सल्लाहकार ठाकुरप्रसाद शर्मा (मनहरि)ले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनएको सदस्य, सल्लाहकार तथा नेपाली कांग्रेसप्रति आस्था राख्ने जनसम्पर्क समिति नेदरल्याण्ड्सको पूर्व अध्यक्षसमेत रहेका शर्माले नेदरल्याण्ड्समा रहेका नेपालीहरुको सुख दुःखमा साथ दिने वाचा गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

१२ वर्षदेखि नेदरल्याण्ड्समा बसेर व्यवसाय सञ्चालन गर्दै आएका शर्मासँग एनआरएन निर्वाचनको सन्दर्भमा लोकान्तरका विशाल भट्टराईले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश—

एनआरएनए नेदरल्याण्ड्सको अध्यक्ष पदमा तपाईंको उम्मेदवारी किन ?

म १२ वर्षदेखि नेदरल्याण्ड्समा बस्दै आएको छु । यहाँ बसिरहँदा नेपाली समाजका लागि र यहाँ भएका नेपालीहरुको हितका लागि काम गरिरहेको छु । यहाँ मात्रै नभएर नेपालमा पनि निरन्तर काम गर्दै आएको छु ।
मेरै नेतृत्वमा हामीले रोल्पामा एउटा विद्यालय बनाएका छौं । नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छु ।
एनआरएनए तथा जनसम्पर्क मञ्चमा लामो समयदेखि मैले गर्दै आएको कामलाई देखेर मेरा अग्रजहरुले यसपाली मलाई एनआरएनएको नेतृत्व गर्न सुझाव दिनुभयो साथै मेरो पनि नेतृत्वका लागि रहर भएकोले यसपटक एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।

भूकम्पको क्षतिको पुर्ननिर्माण र स्वास्थ्यको क्षेत्रमा नेपालमा सहयोग गर्ने उदेश्यका साथ मैले एनआरएनको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको हुँ । एनआरएनको अध्यक्ष भएसँगै नेपाल र नेपालीका लागि केही काम गर्ने योजना बनाएको छु ।

अहिले युरोपमा बस्ने नेपाली तथा एनआरएनहरुका समस्या के हुन् ?

युरोपमा बस्ने नेपालीहरुका समस्या धेरै छन् । तुलनात्मक रुपमा अन्य देशमा बस्ने नेपालीका भन्दा नेदरल्याण्ड्समा बस्ने नेपालीका समस्या कम छन् ।

विभिन्न तरिकाले युरोप छिरेका धेरै नेपालीको ठूलो समस्या कसरी कानूनी रुपमा यहाँ बसोवास गर्ने भन्ने नै हो । यहाँ बैधानिक रुपमा बस्न नपाउँदा धेरै प्रकारका समस्याहरु आउँछन् ।

उनीहरुलाई कुनै न कुनै रुपमा लामो समयदेखि यहाँ बस्दै आएका हामीहरुले सहयोग गर्नुपर्छ । काम, बसोवास, ठेगाना दर्ता लगायका विषय पनि यहाँ बस्ने नेपालीका समस्याका विषय हुन् । यी विषयमा पनि एनआरएनले केही न केही समस्या गर्नुपर्ने छ । यहाँ गैह्र कानुनी रुपमा बस्ने नेपालीको संख्या चाहिँ कम छ ।

नेपालीका समस्या समाधानका लागि तपाईंको रणनीति के छ ?

यहाँ भएका नेपालीका समस्यामा एन आरएनले सहयोग मात्रै गर्ने हो तर यहाँ एनआरएन पनि छ भन्ने महशुश गराउने कोशिश मैले गर्ने छु ।

सबै नेपालीलाई एनआरएनमा आवद्ध गर्दै अघि बढ्ने छु । साह्रो गाह्रो पर्दा सहयोग गर्ने नगर्ने त कुरै भएन । सुपर मार्केट तथा कम्पनीहरुसँग मिलेर नेपालीहरुलाई फाइदा पुग्ने केही काम गर्ने विषयमा सोचेको छु ।

यहाँ एक्लै गएर इन्स्युरेन्स गर्नुभन्दा समुहमा गएर गर्दा छुट हुन्छ । त्यसको लागि पनि नेपालीहरुलाई एकै ठाउँमा उभ्याउने छु । यहाँको सरकारले विद्यार्थीलाई हप्तामा १० घण्टा मात्रै काम गर्ने छुट दिएको हुन्छ । त्यसैले यहाँ समस्या झेल्नेमा विद्यार्थीहरुनै धेरै हुन्छन् । उनीहरुका लागि जागिर खोज्नदेखि लिएर काम पाउनको लागि एउटा नेटवर्क बनाउने विषयमा समेत सोँचेको छु ।

विद्यार्थीका लागि काम, बस्ने ठाउँ, ठेगाना दर्ता लगायतका काम मैले गरिरहने छु ।

विगतमा तपाईंले नेपालीहरुका आवश्यकता तथा समस्या सम्वोधनमा के कस्ता पहल गर्नुभएको थियो ?

मैले विगतदेखिनै नेदरल्याण्ड्समा संस्थागत भन्दा पनि व्यक्तिगत रुपमा साथीभाईलाई सहयोग गर्दै आएको छु । सबै भन्दा ठूलो कुरा भनेको यहाँ नेपालीहरुलाई भाषाको समस्या हुन्छ ।

भाषाको समस्या हुनेहरुलाई अस्पताल, वकिलकोमा पुगेर दोभासेको रुपमा सहयोग गरेको छु । बस्नका लागि समस्या परेकाहरुलाई कतिपय अवस्थामा आफैंसँग राखें । कतिपय अवस्थामा बस्ने ठाउँ खोजिदिने काम गर्दै आएको छु ।

गैह्र कानुनी रुपमा यहाँ बस्नेहरुको अस्पतालहरुमा उपचार हुँदैन । मैले निजी अस्पतालमामा पुगेर पनि उनीहरुको उपचार गराएँ । यहाँको खास समस्या भनेकै त्यही हो । हरेकलाई लिगल हुनुपर्ने छ । लिगल नभए सम्म केही कुरामा पनि सम्भावना हुँदैन । त्यसैले यस्ता नेपालीहरुलाई सरसल्लाह दिने लगायका काम समेत गर्दै आएको छु ।

तपाईंलाई एनआरएनए अध्यक्षमा जिताउनु पर्ने कारण के हो ?

नेदरल्याण्ड्सको नेपाली समाजमा विगत १० वर्षदेखि राम्रो योगदान गरिरहेको छु जस्तो लाग्छ । नेपालका हरेक क्षेत्रमा पनि आफ्नो तरिकाले योगदान पुराउँदै आएको छु । एक पटक अध्यक्ष भएँ भने थप केही काम गर्छु भन्ने सोचिरहेको छु । जुन कुराहरु मैले माथिनै उल्लेख गरें । साथै केही एजेण्डाहरु सार्वजनिक गर्ने क्रममा छु ।

तपाईंले जितेपछि गर्ने ठोस काम के हो ?

नेपालीहरुलाई प्रत्यक्ष फाइदा हुने काम नै गर्ने हो । नेपालीहरुलाई जे गर्दा परदेशमा फाइदा पुग्छ त्यही काम नै मैले गर्नेछु ।

एनआरएनको अहिलेको मुख्य प्राथिमिकता चासो चाहिँ कुन विषयमा छ ?

एनआरएनको मुख्य चासो भूकम्पको बेलामा भएको क्षतिमा सहयोग गर्ने भन्ने हो । लाप्राकमा एक हजार घर बन्दैछन् । त्यसलाई पूरा गर्न बाँकी नै छ । अरु सामाजिक कामहरु पनि एनआरएनले गर्दै आएको छ ।
हरेक देशको एनआरएनले नेपालमा कुनै न कुनै एउटा काम गर्ने भन्ने एनआरएनको नीति छ सोही अनुसार हामीले पनि शिक्षा, स्वास्थ्य र पुर्ननिर्माणको विषयमा नेपालमा सहयोग गर्ने छौं ।

त्यसो भए नेपालको विकासमा एनआरएनको भूमिका के हुन्छ ?

एनआरएनको मुख्य भूमिका भनेको नेपालमा लगानी गर्ने नै हो । विदेशमा विभिन्न सिपमुलक काम गरेका साथीहरु नेपालमा गएर काम गर्नुभएको छ । अरुलाई सिकाइरहनुभएको छ । यहाँ आर्जन गरेको धन नेपालमै प्रयोग भएको छ । त्यसैले एनआरएनको मुख्य भूमिका आर्थिक बृद्धिका लागि नै केन्द्रीत भइरहेको छ र हुने छ ।

अन्तिममा चुनावको विषयमा नेदरल्याण्ड्समा बस्ने नेपालीहरुलाई के भन्नुहुन्छ ?

कम्तिमा पनि ६ महिनादेखि यहाँ बस्दै आएका साथीहरुलाई सदस्यता लिन र नविकरण गराउनको लािग म अनुरोध गर्दछु ।

जुलाईको अन्तिम सम्ममा सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता वितरण गर्ने कार्यतालिका रहेको छ । सदस्यजति सबैले भोट हाल्न पाउँछन् । पक्कै पनि मैले तपाईंको अमुल्य मत पाउने छु ।

मैले नेपाल र नेपालीलाई नै सहयोग गर्नको लागि एनआरएनमा उम्मेदवारी दिन लागेको हुँ । मलाई यहाँ रहेका थुप्रै संस्थाहरुले सहयोग गरेको कारणले एनआरएनको अध्यक्ष पदमा निर्वाचित हुन्छु जस्तो लागेको छ ।
मेरो योगदान र सक्रियतालाई सबैले मुल्यांकन गर्नुहुने छ भन्ने विश्वास समेत लिएको छु । अग्रजको सल्लाह लिएरै अघि बढ्ने छु । सम्पर्क मञ्च मात्रै होइन अन्य संघ संस्थामा रहने साथीहरुलाई पनि मैले समान दुरी कायम गरेर सहयोग गर्ने छु ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x