×

NMB BANK
NIC ASIA

कमजोर बन्दै अर्थतन्त्र

अर्थतन्त्रको स्वास्थ्य आईसीयूतर्फ, दिनदिनै बिग्रिरहेका छन् सूचक

फागुन २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बैंकिङ क्षेत्रको कारोबारले अर्थतन्त्रको स्वास्थ्य अवस्थाको संकेत गर्छ । तर, पछिल्लो केही महिनायता बैंकिङ क्षेत्र आफैँ बिरामी भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई मन फुकाएर ऋण दिन सकेका छैनन् । निक्षेप पनि बैंकमा आउन सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंक तथा वित्तीय संस्थामा पैसा नहुनुका मुख्य कारणहरूमध्ये सरकारी खर्च बढ्न नसक्नु, रेमिट्यान्स आउने दर घट्नु र अनौपचारिक क्षेत्रको कारोवार धेरै हुनु हो । 


Advertisment
Nabil box
Kumari

बुधबारसम्म सरकारले कुल बजेटको ३९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । त्यसमध्ये विकास खर्च १८ प्रतिशत मात्रै हो । चालू आर्थिक वर्षको आठ महिना बित्न लाग्दा सरकारी खर्च निराशाजनक छ ।   

Vianet communication
Laxmi Bank

केन्द्रीय बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म रेमिट्यान्स आप्रवाहमा ५.५ प्रतिशतले कमी आएको छ । यस अवधिमा ४ खर्ब ६८ अर्ब ४५ करोड रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्षमा रेमिट्यान्स  आउनेक्रम निरन्तर घटिरहेको छ ।

नेपालको अर्थतन्त्रमा कुल बजेटको आधारमा हेर्दा २८ प्रतिशत रेमिट्यान्सको हिस्सा छ । नेपाली अर्थतन्त्रको बलियो खम्बा रेमिट्यान्स हो । तर, जब रेमिट्यान्स आप्रवाह बरालिन थाल्छ तब अर्थतन्त्र धरमराउन थाल्छ । 

केन्द्रीय बैंकको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । मुद्रास्फीति ५.६५ प्रतिशत छ ।

सरकारको चालू खाता ३ खर्ब ५४ अर्ब ७ करोडले घाटामा गएको छ । शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ ।

सरकारको चालू खाता ३ खर्ब ५४ अर्ब ७ करोडले घाटामा गएको छ । शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ । शोधानान्तरलाई अर्को भाषामा भुक्तानी सन्तुलन पनि भनिन्छ । भुक्तानी सन्तुलनले देशको आर्थिक अवस्थाको चित्रण गर्छ र मुद्राको मूल्य बलियो वा कमजोर हुँदै गएको छ भन्ने कुराको संकेत गर्छ । 

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आएर पुस मसान्तमा ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको छ । 

आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले बताएको छ ।

यी लक्षणहरूले बताएको संकेत भनेको अर्थतन्त्रको स्वास्थ्य आईसीयूमा पुग्न लागेको बिरामीको जस्तो छ । तर, अर्थतन्त्रको स्वास्थ्य सुधार गर्न सम्बन्धित निकायको ध्यान गएको देखिँदैन ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल सामान्य नागरिकले गरिखाने स्थितिबाट वञ्चित हुने अवस्थामा अर्थतन्त्र पुग्न लागेको बताउँछन् । 

‘राज्यले जनतालाई गरिखाने माहोल बनाइदिनुपर्छ । व्यक्ति स्वरोजगार बन्नका लागि लगानी चाहिन्छ । बैंकबाट ऋण लिएर लगानी जुटाउने हो । तर, अहिले बैंकहरू ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन्’, डा.  पोखरेलले भने । उद्योगी, व्यवसायी समेत निराशाजनक स्थितिमा पुग्न लागेको उनले बताए ।

सरकारले गर्नुपर्ने खर्च नभएको, बजेटमा छुट्टयाइएको पैसा गाउँमा नपुगेको, विकास आयोजनाको काम अघि नबढ्दा बेरोजगारी बढेको आदि कारण अर्थतन्त्रमा समस्या देखिएको उनले बताए ।

‘अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुगेको छ । फजुल खर्च राकेर नीतिगत सुधारमा ध्यान नदिने हो भने गम्भीर संकट सन्निकट छ’, डा. पोखरेलले भने । 

भर्खरै अर्थसचिवबाट निवृत्त भएका शिशिर ढुङ्गाना पनि अहिले  अर्थतन्त्र चापमा रहेको बताउँछन् । ‘अर्थतन्त्रको वैदेशिक व्यापारको क्षेत्र (बाह्य क्षेत्र) चाहिँ बिग्रेकै छ । विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । यो घट्दै जानु भनेको राम्रो संकेत होइन’, ढुंगाना भन्छन् ।

नेपालको वैदेशिक व्यापारको तथ्यांक हेर्दा नेपालले ९९ रूपैयाँको वस्तु आयात गर्दा जम्मा १० रुपैयाँ बराबरको वस्तु निर्यात गरिरहेको छ । औद्योगिक उपकरण र कच्चा पदार्थको आयात हुँदा त्यसले अर्थतन्त्रलाई फाइदा नै पुग्छ । तर, दैनिक उपभोग्यवस्तुको आयात बढ्दा भने अर्थतन्त्रमा चाप बढ्छ । 

राष्ट्र बैंकको तथ्यांकअनुसार, पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपूर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा पेट्रोलियम पदार्थ मात्रै एक खर्ब ८५ अर्ब रूपैयाँको आयात भएको छ ।

वैदेशिक व्यापार अहिलेकै अवस्थामा रहने, उत्पानशील क्षेत्र कमजोर भइरहने र रेमिट्यान्स आउने दरमा कमी आइरहने भयो भने अर्थतन्त्र समस्यामा पर्नसक्ने ढुंगानाको आंकलन छ । 

अर्कातर्फ, विदेशी मुद्राको सञ्चिति कम हुँदा आयातको भुक्तानीमा समस्या आउँछ । सरकारले लिएको ऋणको साँवा व्याज तिर्न नसक्ने अवस्था आउँछ । कतिपय अत्यावश्यक वस्तुको खरिद, विकास निर्माणसँग सम्बन्धित सामग्रीको खरिदसम्मलाई त्यसले प्रभावित गर्ने ढुंगाना बताउँछन् । 

केन्द्रीय बैंकको तथ्यांक अनुसार, मुद्रास्फीति ५.६५ प्रतिशत छ । आगामी दिनमा यसको पारो निकै माथि जान सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । पेट्रोलियम पदार्थमा भइरहेको निरन्तरको मूल्यवृद्धिले मुद्रास्फीतिलाई उकालो चढाउन बल दिन्छ । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चेक इफेक्ट हुन्छ । इन्धन महंगो हुँदा सवारी साधनको भाडा बढ्छ र त्यसले उपभोग्यवस्तुको ओसारपसारको लागत बढाउँछ । चिया पसलदेखि जनताको चुल्होसम्म यसको असर देखापर्छ । 

अहिलेकै अवस्था कायम रहेमा बस्तु तथा सेवाको मूल्य एक अंकमा राख्न कठिन हुने विश्लेषण राष्ट्र बैंकका अधिकारीहरूको छ ।

लगानी बढ्यो, अर्थतन्त्र बढेन

बैंक तथा वित्तीय संस्थाबाट भएको लगानीको तथ्यांक हेर्दा ऋणको विस्तार ३० प्रतिशतले बढेको देखिन्छ । तर, अर्थतन्त्र फस्टाउन यसले योगदान गरेको छैन ।

‘करीब ३० प्रतिशतको हाराहारीमा कर्जा विस्तार भएको छ । कर्जाको विस्तार हुँदैमा अर्थतन्त्र बढ्ने होइन । अनुत्पादक क्षेत्रमा धेरै लगानी जाँदा पनि पैसा फ्रिज हुन्छ’, ढुङ्गानाले भने ।  

घरजग्गाको कारोवार र दैनिक उपभोग्यवस्तुसँग सम्बन्धित क्षेत्रमा बढी ऋण लगानी भएको छ । घर जग्गामा भएको लगानीले मूल्य बढाउँछ, तर, अर्थतन्त्र भने बढाउँदैन ।

बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको ६ महिनामा मात्रै ४ अर्ब ४८ करोड ३६ लाख रूपैयाँ लगानी गरेका छन् । 

उपभोग्य ऋण मात्रै ६ खर्ब ७१ अर्ब ५९ करोड ७२ लाख लगानी भएको छ । यो चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांक हो । 

किन बिरामी भयो अर्थतन्त्र ?

चालू आर्थिक वर्षमा अर्थतन्त्र बिग्रनुको मुख्य कारण यसको रखबारी राम्रो भएन । अर्थतन्त्रको ड्राइभिङ सिटमा बसेका व्यक्तिहरूबीचको टकरावले अर्थतन्त्र टकटकिँदै गएको छ ।

सरकारले पर्याप्त मात्रामा खर्च गर्न नसक्दा बजारमा पैसा जान सकेको छैन । त्यसले गर्दा बैंक वित्तीय क्षेत्रमा लगानीयोग्य पूँजीको अभाव भइरहेको छ । 

अर्थमन्त्रालयका अधिकारीहरू पनि यसमा सहमत छन् । अहिलेसम्म कुल बजेटको ४० प्रतिशत पनि खर्च हुन सकेको छैन । विकास खर्चको अवस्था त अत्यन्त न्यून छ । जब सरकारले पूँजीगत खर्च बढाउँदैन त्यसबेलासम्म वित्तीय क्षेत्रमा पैसा जाँदैन ।

‘सरकारको खर्च नहुँदा बजारमा पैसा गएन । बजारमा पैसा पठाउँदा त्यसले आर्थिक गतिविधि सिर्जना गथ्र्यो । अहिले त्यसो हुन पाएको छैन’, पूर्व अर्थ सचिव ढुङ्गानाले भने ।

अर्थमन्त्रालयकै केही अधिकारीहरू भने अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको टकरावले पनि समस्या आएको बताउँछन् ।  ‘अर्थतन्त्रमा समस्या आएपछि मौद्रिक नीतिबाट मात्रै समाधान खोजेर हुँदैन । वित्तीय नीतिभित्रबाट समाधान खोज्नुपर्छ । तर, अहिले मौद्रिक नीतिमा मात्रै भर परिएको छ’, अर्थमन्त्रालयका एक अधिकारीले बताए । 

अर्थमन्त्रालयकै केही अधिकारीहरू भने अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको टकरावले पनि समस्या आएको बताउँछन् । 

‘अर्थतन्त्रमा समस्या आएपछि मौद्रिक नीतिबाट मात्रै समाधान खोजेर हुँदैन । वित्तीय नीतिभित्रबाट समाधान खोज्नुपर्छ । तर, अहिले मौद्रिक नीतिमा मात्रै भर परिएको छ’, अर्थमन्त्रालयका एक अधिकारीले बताए । 

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच सौहार्द सम्बन्ध नभएको मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।

‘राष्ट्र बैंक र अर्थमन्त्रालयको सम्बन्ध राम्रो भएन । अहिलेको अर्थतन्त्रको समस्यामा समाधानका लागि अर्थमन्त्रालयले नेतृत्व लिनुपर्ने हो । वित्तीय नीतिको सञ्चालक अर्थमन्त्री हो । समस्या परेपछि राष्ट्र बैंकलाई देखाइदिने कुराले समस्या सिर्जना गरेको छ’, अर्थ मन्त्रालयका एक अधिकारीले भने ।

अर्कातर्फ, राष्ट्र बैंकले पनि आफ्नो विषय स्पष्ट रूपमा राख्न नसकेको चर्चा अर्थमन्त्रालयभित्र छ । ‘राष्ट्र बैंकले पनि आफ्नो धारणा स्पष्ट गर्न सकेको छैन । वित्तीय नीतिबाट सम्बोधन हुने कुरामा अर्थमन्त्रालयले नेतृत्व लिनुपर्नेमा त्यसो भइरहेको छैन’, अर्थमन्त्रालयका उच्च तहका एक अधिकारीले बताए । 

अर्थमन्त्रीको ध्यान अर्थतन्त्र सुधारमा भन्दा बढी राजनीतिक व्यवस्थापनमा रहेकाले अर्थतन्त्र सुधारमा खासै काम हुन नसकेको अर्थमन्त्रालयकै कर्मचारीहरू बताउँछन् ।

अर्थतन्त्रको चित्र 

चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांक :

– १६ खर्ब ३२ अर्बको बजेट मध्ये १८ फागुनसम्मको खर्च : ३९.१३ प्रतिशत (५ खर्ब १३ अर्ब रुपैयाँ)

– ३ खर्ब ७८ अर्ब विकास बजेटमध्ये खर्च : १८.६१ प्रतिशत (७० अर्ब रुपैयाँ)

– आयात : ११ खर्ब ४७ अर्ब रुपैयाँ

– निर्यात : १ खर्ब ३१ अर्ब 

– रेमिट्यान्स आप्रवाह : ४ खर्ब ६८ अर्ब 

– विदेशी मुद्रा विनियम सञ्चिति ११ खर्ब ६५ अर्ब 

– स्वदेश भित्रने र बाहिरिने रकमबीचको अन्तर (सोधानान्तर स्थिति) : २ खर्ब ४१ अर्ब घाटामा

– विदेशी विनियम सञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने

– पुससम्मको उपभोक्ता मुद्रास्फीति (महंगीदर)– ५.६ प्रतिशत

– बैंकिङ प्रणालीमा हरेको निक्षेप – १ खर्ब ६२ अर्ब

– बैंकहरूले प्रवाह गरेको कर्जा – ४ खर्ब ९४ अर्ब 

स्रोत : अर्थमन्त्रालय, राष्ट्र बैंक र भन्सार विभाग

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x