फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
पछिल्लो डेढ दुई वर्षदेखि एमसीसी परियोजनाको विरोध गरेर धेरैले खेतीपाती चलाए । एमसीसी आए अमेरिकी सेना नेपाल आउँछ भनेर हौवा पिटाए । त्यतिबेलै मैले एक सन्दर्भमा लेखेको थिएँ– कृषिप्रधान देश नेपालमा अमेरिकी सेना आउँदैन, बरु साँढे आउँछ । सन् १९०७ मा जंगबहादुर राणाले पहिलोपटक बेलायतबाट ४ वटा साँढे ल्याएका थिए । अहिले देउवा सरकारले अमेरिकाको सिकागोबाट ७ वटा साँढे ल्याएको छ ।
भीम रावलले जस्तो अन्टसन्ट बोलेर वा लेखेर नक्कली राष्ट्रवादी हुनुभन्दा बरु गगन थापाले जस्तै ज्युँदै हार्दिक श्रद्धाञ्जलीको शुभकामना हेर्न पाउनु देशभक्ति हो । यो देशलाई गगनजस्तै दुई-चारजना युवा चाहिएको छ । त्यसमध्ये एउटा युवा मै थिएँ, तर आजभोलि रेस्टुरेन्ट व्यापारतिर लागेको छु । त्यही भएर लेख पनि कम आउन थालेको हो ।
ती अचम्मका मनुष्य रावलले त केसम्म भन्न भ्याए भने, 'नेपाल सरकार र अमेरिकाको भ्याटिकन सिटीबीच दश वर्षअगाडि सैन्य सम्झौता भैसकेको छ ।' हिन्दीमा एउटा उखान छ, 'कहाँ से आते हे ए लोग, किदर से पाते हे इत्ना ट्यालेन्ट ?' । भीम रावलको ट्यालेन्ट त अदभूत नै छ, तर राति सपनामा देखेको कुरा टेलिभिजनमा गएर नभन्दिए हुन्थ्यो । थुक उछिट्याउँदै अन्टसन्ट मनगणन्ते बोल्न ती ज्यान गए पनि थाक्दैनन् ।
मलाई एमसीसी पास हुन्छ भन्ने कुरा नाम चलेको ज्योतिषीलाई बराबर पहिल्यै थाहा थियो । टाउकोको मूल्य तोक्ने शेरबहादुर देउवा र ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डबीचको गठजोड उखानटुक्काले थेक्न सक्ने कुरै थिएन। ती 'उखाने बा' पछिल्लो समय बुमर्याङ खाँदै होस्ल्याङ हुँदै आइरहेका छन् ।
अन्तिमपटक राणालाई प्रयोग गर्ने सकुनी चाल खेलिरहेका बेला महाभियोगको छापामारी कदम नक्कली बाका लागि अनोठौ जति थियो, त्योभन्दा ठूलो अनौठो एमसीसी पास भयो ।
एमसीसी केपी ओलीले नै पास हुनुपर्छ, गर्नुपर्छ भनेको विषय थियो, तर सभामुख अग्निप्रसाद सापकोटासँगको रिसले उनी समुन्द्रमन्थन गर्दै थिए । यता के–के भयो भयो, व्याख्यात्मक टिप्पणी आयो । सबैले मुखामुख गरे । हेराहेर गरे । कसैको राष्ट्रवादी दोकान बन्द भयो । कसैको सडकमा हिरोइजम देखाएर स्यालहुँइया मच्चाउने सपना खरानी भयो ।
केही विकासविरोधी विश्लेषकको निन्द्रा गायब भयो । केही चाटुकार वकिलको नेता बन्ने योजना भैँसी तुहिएजस्तै तुहियो । सडक नाटकको मञ्चन 'रिट्रीट' भयो ।
राष्ट्रिय अखण्डताको चिन्ता
हामीलाई थाहा छ, १,८८० किलोमिटरभन्दा बढी खुला सिमाना भएकाले नेपाल र भारतको सुरक्षा चासो र चुनौती समान छन् । तर, भारत र नेपालको सार्वभौमिकता, अखण्डता र राष्ट्रियताका मानक फरक छन् । नेपालको हितप्रतिकूल भएका सन्धिमध्ये नेपालले गर्ने हतियार खरिदसम्बन्धी १९५० को सन्धिको दफा ५ र ‘लेटर अफ एक्सचेन्ज’ को दफा २ का प्रावधान नेपालको मुटुमा छुरा प्रहार गरेजस्तै हो ।
आज युक्रेनले जे जस्तो आक्रमणको सामना गरिरहेको छ, त्यो भोलि नेपालले भोग्नुपर्दैन होला भन्ने ग्यारेन्टी कतै हुँदैन । युक्रेनी अखण्डता रक्षाका लागि 'नेटो र युरोपेली युनियन'को सदस्य बन्न खोज्ने भोलोदिमिर जेलेन्स्कीको जस्तो अवस्था भोलि रामबहादुर, श्यामबहादुर वा हरिप्रसाद, खरिप्रसादको जो कोही आए पनि हुनसक्छ ।
युक्रेन मामिलामा भारत मौन बसेर आखिरीमा रुसकै पृष्ठपोषण गरेको छ । जम्मुकाश्मीरदेखि साना देशहरूलाई हेर्ने नजर मोदी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको एउटै छ ।
यसकारण नेपाल र नेपालजस्ता साना देशहरू अब आफ्नो अखण्डता रक्षाका लागि अमेरिकातिरै ढल्किनुपर्दछ ।
चीनलाई नचिढ्याइ रुसले पहिलेदेखि नै हिन्द–प्रशान्त क्षेत्रको भू–राजनीतिलाई आकार दिइरहेको छ । भारत, भियतनाम र इन्डोनेसियाजस्ता हिन्द प्रशान्त क्षेत्रका देशलाई उच्च आत्मविश्वास दिने र सेनालाई आधुनिकीकरण गर्नका लागि सहयोग पुर्याएर रुस युरेसियाको एक खेलाडी बनेको छ । त्यो नेपालजस्तो सैन्य शक्तिमा कमजोर सानो देशका लागि खतराको घण्टी हो ।
भारतले यो वर्षको जनवरी महिनामा ओडिशाको समुन्द्री तटनजिक रहेको अब्दुल कलाम टापुबाट लामो दूरीको ‘अग्नि–५’ इन्टर कन्टिनेन्टल ब्यालेष्टिक मिसाइलको सफल परीक्षण गरेको थियो । जमिनबाट जमिनसम्म मार हान्न सक्षम यो मिसाइलले ५ हजार किलोमिटर दूरीसम्म निशाना लगाउन सक्दछ ।
पछिल्लो बिहीबार भारतले राजस्थानको पोकरणमा ‘ब्रह्मोस’ मिसाइलको परीक्षण गरेको थियो । ‘ब्रह्मोस’ मिसाइललाई संसारको सबैभन्दा तीव्र गतिको सुपरसोनिक क्रुज मिसाइल मानिएको छ । यसबाट भारतको निशाना लगाउने क्षमता ४०० किलोमिटरले वृद्धि भएको छ ।
रसियाले भारतलाई एस– ४०० हतियार प्रणाली दिएको छ । यो सन् १९९० को मध्यतिर रसियाको आल्माज सेन्ट्रल डिजाइन ब्युरो फर मारिन इन्जिनियरिङले विकसित गरेको जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली हो ।
एस–४०० मा ८ देखि १० वटासम्म लन्चर र आवश्यकता अनुसार क्षेप्यास्त्र जडान गरिएका हुन्छन् । यसले शत्रुको लडाकु विमान, ब्यालिस्टिक मिसाइल र क्रुजजस्ता क्षेप्यास्त्रलाई टाढाबाट ध्वस्त पार्न सक्छ । ४०० किलोमिटर टाढाबाट मार हान्न सक्ने भएकाले यसलाई एस–४०० नाम दिइएको हो । यो प्रणालीले एसियामा भारतको विस्तारवादी नीतिलाई बल पुग्ने निश्चित छ ।
भारतले हालसालै रुससँग ५ अर्ब डलर बराबरको हतियार किनेको छ । रुसबाट भारतले ठूलो परिमाणमा हतियार खरिद गर्दै आएको छ ।
सैनिक हेलिकप्टर, फाइटर विमान, सैन्य खरखजना तथा बन्दोबस्तीका सामग्रीहरू, न्युक्लियर उपकरण र एन्टी मिसाइल उपकरण सबै रसियाबाट नै ल्याएर भारतले सञ्चित गरेको छ ।
हतियारको उन्मादका कारण पनि पहिलो तथा दोस्रो विश्वयुद्धको भयावह परिणाम मानवजातिले व्यहोरेकै हो । त्यसैले २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना गर्न प्रयत्नरत नेताहरूले यसको प्रस्तावनामा नै आगामी दिनमा मानवजातिलाई युद्धको विभीषिकाबाट जोगाउनुपर्छ भनी उल्लेख गरेका थिए ।
फलस्वरूप नेपालले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्र संघको सदस्यता लिएको थियो । त्यतिखेर रसियाले भारतको कुरा सुन्दै भिटो प्रयोग गरेर नेपाललाई संघको सदस्यबाट वञ्चित गर्ने प्रयास गरेको थियो । यसको भूराजनीतिक कारण 'भविष्यमा सैन्य हस्तक्षेप'को आशाबाहेक अरू केही हैन ।
संयुक्त राष्ट्र संघ भनेको यस्तो ठाउँ हो, जहाँ ठूलो–सानो, धनी–गरीब, विकसित वा अविकसित सबैको समान हक अधिकार हुन्छ ।
अर्थात्, सबैले समान हैसियतमा मतदान गर्न पाउँछन् । सिक्किम १९७५ मा भारतमा बिलय भयो । भुटान १९७१ मा मात्र संयुक्त राष्ट्रसंघको सदस्य भयो । भुटानको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का कुनै पनि सदस्य (अस्थायी सदस्य भारतबाहेक) मुलुकसँग कूटनीतिक सम्बन्ध छैन । तर नेपालको अहिलेसम्म १५८ मुलुकसँग दौत्य सम्बन्ध छ । संयुक्त राष्ट्रसंघको सदस्य भइसकेपछि त्यसले नेपालको स्वतन्त्र पहिचानलाई जोगाएको पक्कै हो ।
तत्कालीन सोभियत संघले त नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा स्वीकार्न नै सकिरहेको थिएन । नेपालको राष्ट्र संघमा सदस्यताको आग्रहलाई उसले बारम्बार भीटो प्रयोग गरेर अवरुद्ध गरिरह्यो र अमेरिकासँगको एउटा सहमतिपछि मात्रै सोभियत संघ एउटा स्वतन्त्र राष्ट्रको रूपमा नेपाललाई राष्ट्र संघको सदस्यता प्रदान गर्ने कुरामा अवरोध नपुर्याउन सहमत भएको थियो । यसकारण नेपालको अखण्डता जोगाउने काम नेपालको मात्रै हैन, त्यो अमेरिकाको पनि हो ।
अर्कातर्फ चीन हाम्रो छिमेकी देश हो । ऊ व्यापारमा बढी केन्द्रित छ । व्यापारमा नाफाघाटाको कुरा हुन्छ । चीनसँगको सम्बन्ध आजको मितिसम्म सुमधुर नै छ, तर यसको अर्थ अमेरिकासँग कुनै सहयोग लिनै हुन्न भन्ने पनि त होइन ।
जनवरी १९५१ मा नै नेपाल र अमेरिकाबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । त्यतिखेर अमेरिकासँग नेपालको सम्बन्धलाई लिएर भारतको सघन असहमति र विरोधले गर्दा नेपालले उक्त सम्झौताअनुसार पूर्णरूपमा सहयोग पाउन सकिरहेको थिएन ।
अहिले एमसीसी अमेरिकी सहयोगको एउटा हिस्सा बनेर आएको छ । प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी अब कार्यान्वयनको चरणमा गएको छ ।
अमेरिकासँग सिधा सम्बन्ध राखौं
संयुक्त राष्ट्र संघमा नेपालको योगदान महत्त्वपूर्ण रहँदै आएको छ। शान्ति सेनामा नेपाली सेनाले योगदान गर्दै आएको छ। अमेरिकी सेना र नेपाली सेनाको सहयोग आदान-प्रदान व्यापक रहँदै आएको छ। नेपालको सैन्य क्षमता अब कम्तिमा बंगलादेश र पाकिस्तानको जत्तिको बनाउनुपर्छ । भारतले किन पाकिस्तानसँग सजिलै निहुँ खोज्न सक्दैन ? पाकिस्तानसँग भएको परमाणु हतियार त्यसको कारण हो । पाकिस्तान भारतभन्दा त्यति धेरै कमजोर छैन । सोही कारण पनि हामी सैन्य शक्तिमा बलियो बन्नुको विकल्प छैन ।
संसदमा गगन थापाले भने जस्तै हामीले सबै देशको अनुदान सहयोग ल्याउने हो। यो कुनै भिख हैन, अधिकार हो । एमसीसी सामान्य विकास अनुदान हो। अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान नेपाल र नेपालीका निम्ति अमेरिकी जनताको उपहारस्वरूप उपलब्ध गराएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार राति अमेरिकी विदेश मन्त्रीसँग संवाद गरे । उनले गरीबी निवारण, विकास र जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको जनाएका छन्। यससँगै युक्रेनमाथि भइरहेको रुसी आक्रमणका विषयमा पनि छलफल भएको छ। एउटा सार्वभौम मुलुकले शक्ति राष्ट्रसँग यसरी नै डील गर्ने हो । कसैको माइक्रो म्यानेजमेन्टमा फसेर पिछलग्गु बन्नु हुँदैन ।
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच युक्रेनको सार्वभौमिकतालाई समर्थन जनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले जनाएका छन्। नेपालले पनि युक्रेनको पक्षमा मत जाहेर गरिसकेको छ। साना देशहरू सधैँ असुरक्षित छन् ।
बिहीवार रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशको विधान सभा चुनावका लागि एक र्यालीमा सम्बोधन गर्दै थिए। उक्त सम्बोधनका क्रममा उनले रुस-युक्रेन युद्धबारे एक शब्द पनि उच्चारण गरेनन्, तर नेपालले त गर्यो नि ! युक्रेनको नियति भोलि हामीले पनि भोग्नुपर्ने दिन आउनसक्छ । यु नेभर नो ।
(यी लेखकका निजी विचार हुन् ।)
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...