×

NMB BANK
NIC ASIA

पार्टी पदाधिकारी छान्न माओवादी असफल, केन्द्रीय सदस्य थपिएका थपियै !

फागुन २४, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सत्तारूढ नेकपा माओवादी केन्द्र पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्न असफल भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रवारदेखि जारी बैठकले यी प्रमुख विषयमा निर्णय नै गर्न सकेन । सहमति जुटाएर निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार र आइतवार बैठक स्थागित गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर नेताहरूका बीचमा भएको आन्तरिक छलफलमा समेत सहमति जुट्न नसकेपछि प्रमुख विषयमा निर्णय नै नगरी बैठक स्थगित भएको छ । अब आगामी जेठ २० गते बस्ने केन्द्रीय समिति बैठकबाट यी एजेन्डामा छलफल हुनेछ ।


Advertisment
Nabil box
Kumari

पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै एमसीसी लगायतका विषयमा जेठ २० गतेपछि छलफल हुनेछ । आगामी जेठ २० गते यी प्रमुख विषयमा छलफल गरेर निर्णय गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

एमसीसी लगायतका विषयमा आएको फरक मतलाई दर्ज गरेर राख्ने र आगामी बैठकमा पार्टीभित्र छलफल गरिने उनले बताए ।

पुस ११ देखि १८ गतेसम्म माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशन भएको २ महिना बितिसक्दा समेत स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने केन्द्रीय समितिको बैठकले गर्न नसकी पर धकेल्ने काम भएको छ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्षसहित २९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीले विधानमा उल्लेख गरेको छ तर यसअघिको बैठकबाट अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत निर्वाचित गरिएको थियो ।

माओवादी स्रोतका अनुसार अध्यक्ष प्रचण्डका लागि सबैभन्दा बढी जटिल विषय महासचिव कसलाई बनाउने भएको छ । नेता वर्षमान पुन र जनार्दन शर्माले भए सर्वसम्मति नभए निर्वाचनबाटै आफंै महासचिव हुने अडान लिएपछि सहमति जुट्न नसकेको स्रोतको दाबी छ ।

महासचिवका लागि देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेत लगायतका नेताहरू समेत दौडधुपमा थिए । महत्त्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि नेताहरूका बीचमा तीव्र प्रतिस्पर्धा रहेको छ । अन्य पदका लागि समेत नेताहरू दौडधुपमै रहेका छन् ।

पदाधिकारीका साथै स्थायी समिति, पोलिटब्युरो समितिमा कसलाई राख्ने विषयमा समेत अध्यक्ष दाहालले सहमति जुटाउन सकेनन् । यी समितिमा पर्न नेताहरूको संख्या बढी भएकाले सहमति जुटाउन प्रचण्ड असफल भएको माओवादी स्रोतको दाबी छ ।

‘विभिन्न पदका लागि आकांक्षी नेताहरूको संख्या बढी नै छ । सबैलाई महत्त्वपूर्ण जिम्मेवारी नै चाहिएको छ । मिलाउँदा–मिलाउँदै नमिल्ने अवस्था आएपछि पर धकेल्ने काम भएको छ,’ बैठकमा सहभागी एक नेताले भने ।

बैठकले केन्द्रीय समितिमा ९७ जना सदस्य थप्ने निर्णय गरेको छ । ‘महाधिवेशनले टुंग्याएको विधानअनुसार ९७ जना केन्द्रीय सदस्यको मनोयनन र बाँकी ठाउँहरू पूरा गर्नु थियो । त्यो पूरा गरिएको छ,’ बैठकपछि नेता पुनले भने ।

पुसमा सम्पन्न आठौं महाधिवेशनको बेलामा २४७ जनाको केन्द्रीय समिति घोषणा गरिएको थियो । ९७ जना केन्द्रीय सदस्य थपिएपछि अब माओवादीको केन्द्रीय समितिको संख्या ३३७ पुगेको छ । अझै केन्द्रीय सदस्यको २५ प्रतिशत नबढ्ने गरी वैकल्पिक केन्द्रीय सदस्य थप्नेबारे गृहकार्य भएको छ । सो विषयमा आगामी बैठकमा छलफल गरेर थप्ने काम हुनेछ । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x