×

NMB BANK
NIC ASIA

एमाले प्रवेश गर्ने भएपछि रंगेलीका मेयर बगडियालाई माओवादीले गर्‍यो पार्टीबाटै निष्कासन

फागुन २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएपछि नेकपा (माओवादी केन्द्र)ले उनलाई कारबाही गरेको छ । 

Muktinath Bank

मेयर बगडियालाई बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले रंगेलीमा एक कार्यक्रम गर्दै पार्र्टी प्रवेश गराउँदै छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७८ फागुन १५ देखि लागू हुने गरी पार्टीको साधारण सदस्यबाट उनलाई निष्कासन गरेको माओवादी केन्द्र प्रदेश १ ले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

सर्वाेच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि बगडिया माओवादी केन्द्रका बैठक तथा भेलामा गएका थिएनन् । 

Vianet communication
Laxmi Bank

२०७४ सालको निर्वाचनमा रंगेली नगरपालिकामा बगडियाले ८ हजार ८६ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गरेका थिए । रंगेलीमा नेकपा एमाले तेस्रो स्थानमा थियो । 

एमालेका उम्मेदवार सन्तोषकुमार साहले ३ हजार १२१ मत प्राप्त गरेका थिए । 

नेकपा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवारभन्दा करीब २८ सय मत बढी मत बगडियाले पाएका थिए । 

पार्टी नगर कमिटी इन्चार्ज समेत रहेका अग्रवालले पार्टी कमिटीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टीको शक्ति र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यावसायिक स्वार्थमा प्रयोग गर्न खोजेको आरोप लगाँउदै उनलाई कारवाही गरिएको माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ति जारी गरेर जनाएका छन् । 

गत वैशाखमा उनलाई रंगेली नगर कमिटी इन्चार्जको जिम्मेवारीबाट निलम्बन गर्दै स्पष्टीकरण समेत सोधिएको थियो । उनले स्पष्टीकरणमा भने पालिकाको कामले पार्टीमा समय दिन नसकेको र पार्टी हित विपरीत जाने आफ्नो मनसाय नरहेको भनेर जवाफ पठाएका थिए । 

बगडियालाई रंगेली नगरपालिकाको प्रमुखबाट हटाउन निर्वाचन आयोगलाई सिफारिससमेत गरेको माओवादी केन्द्रले जनाएको छ । 

यस्तै रंगेलीकै उपमेयरसमेत एमालेमा प्रवेश गर्ने हल्ला चले पनि उपमेयरलाई भने हालसम्म माओवादीले कारवाही गरेको छैन । 

रंगेलीका मेयर–उपमेयर, दक्षिणी क्षेत्रका जनप्रतिनिधिसहित ५ हजार कार्यकर्ता प्रवेश गर्ने एमाले मोरङका अध्यक्ष ऋषिकेस पोख्रेलले दाबी गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x