×

NMB BANK
NIC ASIA

‘चिसो एष्ट्रे’को प्रिमियर, कलाकार भन्छन्- हलिउड चलचित्रजस्तै

चैत २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

‘चिसो एष्ट्रे’ लाई नेपाली कलाकारले हलिउड चलचित्रसँग दाँजेका छन् । 

Muktinath Bank

मंगलवार साँझ सिभिलमलको क्यूएफएक्स सिनेमामा भएको प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै सेलिब्रेटीले फिल्मको कथा वाचन र दृश्य भाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलाकार सन्तोष पन्तले फिल्म हेरिरहँदा आफूलाई नेपाली होइन हलिउड फिल्म हेरिरहेको भान भएको प्रतिक्रिया दिए । उनले युवा पुस्तालाई केन्द्रमा राखेर बनाएको फिल्म क्वाँटी जस्तै सबै कुराको मात्रा मिलेको र आफूलाई असाध्यै राम्रो लागेको बताए । 


Advertisment
Nabil box
Kumari

निर्देशक प्रदीप भट्टराईले पनि नेपाली सिनेमा हलिउड जस्ता किन बन्दैनन् भन्ने दर्शकका लागि ‘चिसो एष्ट्रे’ जवाफ भएको बताएका थिए ।

Vianet communication
Laxmi Bank

‘सीधा भाषामा भन्दा यो हलिउड स्टाइलको सिनेमा हो । लुटपछि यसको शैली ब्रेक गर्ने जुन फिल्मको हामी खोजी गरिरहेका थियौँ त्यो यही सिनेमा हो,’ उनले भने,  ‘सिनेमाको दृश्य भाषामा यो ठूलो फड्को हो ।’

निर्देशक निश्चल बस्नेतले भने निर्देशक दिन्स पाल्पालीको प्रशंसा गर्दै यो फिल्मको सोचाइ र सोचाइलाई पर्दामा उतार्न निर्देशकले गरेको मेहनत प्रशंसनीय रहेको धारणा राखेका थिए । 

महानायक राजेश हमालले अब्स्ट्रयाक्ट सिनेमा आफ्नो रोजाइमा रहने गरेको बताउँदै फिल्मले काठमाडौँ खोल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए ।

‘पहिलो कुरा त यो मेरो स्वादमा पर्‍यो । ग्रिपिङ छ । कलाकारको काम एकदमै राम्रो छ । मलाई मनपर्‍यो,’ उनले भने । 

साहित्यकार कुमार नगरकोटीले पनि यत्तिको सशक्त नेपाली फिल्म आफूले पछिल्लो समय नहेरेको बताउँदै यसको संवाद, विम्ब आदि प्रभावशाली रहेको बताए ।

अभिनेता खगेन्द्र लामिछानेले पनि आफूले हेर्ने र गर्नेभन्दा फिल्म पृथक रहेको बताएका थिए । उनले पनि कथा भन्ने शैली फरक रहेको प्रतिक्रिया दिएका थिए । 

फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुश गरिरहेको बताएका छन् । 

‘हामीले अलि फरक शैलीको फिल्म बनाउने प्रयास गरेका थियौँ । फिल्म फ्रटिनिटीबाट स्याबास पायौँ । अब दर्शकको प्रतीक्षा छ,’ उनले भने । 

कवि भूपी शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको सिनेमा दिन्स पाल्पालीको निर्देशनमा बनेको हो । 

फिल्मलाई उज्जवल बस्ताकोटीले खिचेका हुन् । अजर जंगमको संगीत रहेको फिल्ममा दिव्य देव, सुशील पाण्डे सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नबिन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । 

प्रिमियरअघि भूपि पत्नी कान्ति शेरचनलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । उनले भूपीको कविताको भावलाई लिएर सिनेमा बन्नु नै सुन्दर पक्ष रहेको बताएकी थिइन् । 

कंगारु क्रिएसन, लोकल सिनेमा र क्रिएटिभ नेपाल फिल्मस् संयुक्त प्रयासमा महेशबाबु निर्मित चलचित्रलाई प्रबिङ स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन् । 

फिल्म निर्माणमा उत्पल झा, रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x