×

NMB BANK
NIC ASIA

चुनावका बेला एमाले र माओवादी एक हुन सक्छन् : शेखर कोइराला

चैत ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्र र नेकपा एमाले चुनावका बेला एक हुनसक्ने बताएका छन् ।

Muktinath Bank

कोइराला निवास विराटनगरमा मंगलवार चुनावी गीत सार्वजनिक गर्दै नेता कोइरालाले २०७४ सालको निर्वाचनमा पनि सरकारमा भएकै बेला कांग्रेसलाई थाहा नै नदिई एमालेसँग मिलेकाले माओवादीको भर नभएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तह चुनावमा गठबन्धन गर्न नहुने उनले बताए । अरु पार्टीका नेताहरूलाई जिताउन गठबन्धन गर्नु आवश्यक नरहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘प्रचण्डलाई हराउन भनेर हतारहतारमा अरु नेतालाई साथ दिँदा धेरै कार्यकर्तामा विचलन आएको छ । अघिल्लो चुनावमा प्रचण्डजीलाई हराउन भनेर राप्रपाका विक्रम पाण्डेलाई हामीले सहयोग गर्‍यौं,’ उनले भने, ‘तर हामीले भनेको कार्यकर्ताले मानेनन्, आधाभन्दा धेरै भोट त उहाँलाई नै गयो, हामीले उठाएका उम्मेदवारलाई गएन ।’

Vianet communication
Laxmi Bank

कांग्रेस कार्यकर्ता सक्षम भएकाले आफ्नो निर्णय आफैं गर्ने अधिकार दिनुपर्ने उनले बताए ।

धेरै जिल्लाका नेता कार्यकर्ताले ‘गठबन्धन नगरौं’ भनेकाले स्थानीय तह चुनावमा गठबन्धन गर्न नहुने उनको तर्क छ । संघ र प्रदेशको चुनाव पछि हुने भएकाले त्यतिबेला गठबन्धनका विषयमा थप छलफल गर्नुपर्ने उनले बताए ।

गठबन्धनमै रहेका ठूला दलका नेतालाई जिताउने जिम्मा कांग्रेसको भएको समेत उनले बताए ।

२०७४ सालको चुनावको स्मरण गर्दै नेता कोइरालाले अशोक राई, कमल थापा, विक्रम पाण्डेलाई आफ्नो निर्वाचन क्षेत्र छाड्दा घाटा भएको बताए । चितवनमा विक्रम पाण्डेलाई सहयोग गर्दा झापामा कृष्णप्रसाद सिटौलालाई राजेन्द्र लिङ्देनले असहयोग गरको भन्दै उनले अहिले पनि गठबन्धन गरे त्यही अवस्था आउनसक्ने बताए ।

गठबन्धन गर्ने विषयमा एकपटक नेतृत्वले सोच्नुपर्ने उनको भनाइ छ । भरतपुरमा रेणु दाहाललाई चुनावमा सघाएकै कारण कांग्रेसका नेता–कार्यकर्ता विभाजित भएका उनले बताए ।

देशमा आर्थिक अवस्था कमजोर भएको भन्दै नेता कोइरालाले यसको असर भान्सादेखि विभिन्न क्षेत्रमा परेकाले पार्टीले सोच्ने बेला आएको बताए । एमसीसीले एक खुड्किलो पार गरेकाले यसको कार्यान्यन गरेर देशको विकासमा लाग्नुपर्ने उनले बताए । एमसीसीमा सडक मर्मत तथा ट्रान्समिसन लाइन निर्माण गर्ने भन्ने सम्झौता रहेकाले ती काम शुरू भएपछि देशको विकास हुने उनले बताए । देश ऋणमा फस्न नहुने उनले बताए ।

महाधिवेशनपछि कांग्रेसमा कुनै मतभेद नरहेको समेत उनले बताए । आन्तरिक चुनाव भएकाले त्यसलाई ठूलो नबनाई एकजुट भएर चुनावी मैदानमा जान समेत उनले नेता कार्यकर्तालाई आग्रह गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x