×

NMB BANK
NIC ASIA

एक दिन पर सर्‍यो हाइड्रो एक्स्पोको मिति, चैत १९ देखि २१ सम्म आयोजना हुने

चैत १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तेस्रो संस्करणको हिमालयन हाइड्ररो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यस अघि चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्राका कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत १८ गते घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै एक दिन ढिला गरी एक्स्पो सुरु गर्न लागिएको हो । 


Advertisment
Nabil box
Kumari

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना गर्न लागिएको हो । 

Vianet communication
Laxmi Bank

एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले पूर्वनिर्धारित कार्यक्रमलाई घोडेजात्राका कारण असर पर्न सक्ने भएकाले चैत १९ गते शनिबारदेखि शुरू गर्न लागिएको बताए । 

एक्स्पोमा सहभागि हुने सबै पक्षहरुलाई चैत १९ का लागि तयारी तथा व्यवस्थापन गर्न पनि प्रधानले आग्रह गरेका छन् । 

साथै प्रधानले एक्स्पोमा सहभागि हुने प्रदर्शकहरु आउने क्रम जारी रहेको भन्दै सहभागि हुन चाहनेलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने एक्स्पोमा एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् ।

जलविद्युत प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् ।

जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाइ छ ।

भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने आयोजकको अपेक्षा छ । 

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन विशेष आकर्षण बन्नेछन् । 

विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा समावेश गरिनेछ ।

विद्युतीय सवारी साधनको र्‍याली पनि एक्स्पोको विशेष आकर्षण बन्ने मात्र नभई विद्युतीय सवारी साधनको बजारीकरण तथा सो को माध्यमबाट जलविद्युतको आन्तरिक बजार बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । 

एक्स्पो अवलोकनका लागि आएका अवलोकनकर्तालाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था व्यवस्था गरिएको छ । 

एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । 

हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने, साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइने छ ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ । ३ दिनसम्म चल्ने एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x