बैशाख २४, २०७९
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सबैभन्दा पहिला देश तथा विदेशमा रहनुहुने तपाईं आम पाठकप्रति शीर झुकाउन चाहन्छौं । लोकान्तरप्...
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आफ्नो तीन दिने भारत भ्रमण पूरा गर्दैछन् ।
नेपाल र भारतबीच लामो समयसम्म हुन नसकेको उच्चस्तरीय संवाद देउवाको भ्रमणबाट पुनः सुचारु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिमण्डल स्तर र एक्लाएक्लै भेटवार्ता गरेका छन् ।
मोदीसँगको एक्लाएक्लै भेटमा देउवाले के कुरा उठाएर बाहिर आएको छैन् । तर भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा देउवाले नेपाल–भारतबीच रहेको सीमा विवाद संवादबाट समाधान गर्नुपर्ने कुरा राखे ।
सन् २०१९ मा नेपाली भूमि अतिक्रमण गर्ने गरी भारतले नयाँ नक्सा प्रकाशित गरेपछि भारतसँगको सम्बन्धमा चिसोपना आएको थियो ।
नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा प्रकाशित गरेपछि उच्च तहको संवाद टुटेको थियो ।
नेपाली भूमि अतिक्रमण गरेर नक्सा प्रकाशित गरेकोमा पूर्ववर्ती सरकारले भारतलाई कूटनीतिक नोट पठाएर विरोध जनाएको थियो ।
देउवा–मोदी गोप्य बैठकमा कुरा उठेको भए थाहा भएन, तर प्रतिनिधिमण्डल स्तरमा नेपाली भूमि फिर्ता गर्ने विषयमा कुनै छलफल भएन ।
नेपालले विरोध जनाउँदा जनाउँदै भारतले लिपुलेक क्षेत्रबाट कैलाश मानसरोबर जाने बाटो निर्माण गरिरहेको छ । नेपाली भूमि अतिक्रमणको यो विषय उच्चस्तरीय तहबाटै टुंगो लगाउनु पर्ने विषय हो ।
देउवाको भ्रमण चलिरहेको समयमा दार्चुलामा भारतीय पक्षले महाकालीको बहाव परिवर्तन गर्न लागेकोमा स्थानीयले विरोध गरिरहेको सन्दर्भ पनि स्मरणीय छ ।
अतिक्रमित भूमि फिर्ताबारे देउवाले मोदीसँग कुरा गरेको भए यो प्रशंसनीय काम हो, इतिहासमा मूल्यांकन हुनेछ । कुरा उठाउन नसकेको भए कमजोरी र भूल हुनेछ ।
देउवाको भ्रमणमा अन्य केही उपलब्धि भएका छन् । देउवाले भारतसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायत अन्य तीनवटा हवाई रुटका लागि प्रस्ताव गरेको छ ।
यी रुट प्राप्त भयो भने मात्र भैरहवाको विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहज हुनेछ ।
भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल–भारत सम्बन्ध विश्वमै उदाहरणीय भनेर भारतका लागि नेपालको महत्त्व रहेको स्वीकार गरेका छन् ।
२५ वर्षअघि देउवा प्रधानमन्त्री रहेको समयमा भएको महाकाली सन्धि अनुसार पञ्चेश्वर परियोजना अगाडि बढाउन मोदीले आग्रह गरेका छन् ।
६ महिनामा सक्ने भनिएको डीपीआर अहिलेसम्म बन्न नसकिरहेको अवस्थामा यो परियोजना तत्कालै अगाडि बढ्ने अवस्था भने देखिँदैन ।
निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको जयनगर कुर्था रेल्वे सञ्चालनमा आउने लगायत केही उपलब्धि भएपनि समग्रमा नेपालका प्रधानमन्त्रीको यो भ्रमणले संवादहीनता तोड्ने काम गरेको छ ।
संवादलाई निरन्तरता दिँदै सीमाविवाद लगायतका समय समाधानका लागि नेपालले नै पहलकदमी लिनु आवश्यक छ । यस्तै भ्रमण र संवादबाट नै दुई देशबीचका समस्या समाधान हुने छन् ।
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सबैभन्दा पहिला देश तथा विदेशमा रहनुहुने तपाईं आम पाठकप्रति शीर झुकाउन चाहन्छौं । लोकान्तरप्...
वैशाख ३० का लागि निर्धारित स्थानीय तह चुनाव आउन करीब एक महिना मात्र बाँकी रहेको समयमा फेरि चुनावप्रति संशय उत्पन्न हुने खालका अभिव्यक्ति नेताहरूबाट आउन थालेका छन् । निर्वाचन आयोगले आचारसंहिता समेत लागू गर...
कामको नाममा चार वर्षसम्म आफ्नो प्रदेशको नाम समेत जुराउन नसकेको 'निकम्मा' प्रदेश १ मा आइतवार मन्त्रिपरिषद् विस्तार भयो । नेकपा एमाले विभाजनको बाइप्रडक्टस्वरूप अन्य प्रदेशमा जस्तै नाम जुराउन नसकेको ...
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन आउन ८४ दिन मात्र बाँकी रहँदा सर्वोच्च अदालतको एउटा आदेशले तोकिएको समयमा चुनाव हुनेमा संशय थपिएको छ । वैशाख ३० गते चुनाव हुँदा आफ्नो कार्यकाल पूरा...
नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ । फागुन १५ गते राति बसेको प्रतिनिधि सभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...