कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
चैत २१, २०७८
सरकारले बुधवार थप ३ प्रहरी अधिकृतलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी)को रिङमा २ जना थपिएका छन् ।
सरकारले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो । यससँगै २९ औं आईजीपीको रिङमा सिंह र धानुक थपिएका हुन् ।
पन्त भने आगामी वैशाख १९ गते वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीसँगै अनिवार्य अवकाश पाएर घर फर्किँदैछन् ।
भावी आईजीपीका लागि एआईजीहरू विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक प्रतिस्पर्धा देखिएका छन् ।
आईजीपीको दौडमा रहेका चारैजना २०४९ चैत ११ गते प्रहरी निरीक्षकको वैकल्पिकमा भर्ना भएका थिए । २०६२ जेठ २२ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुँदा पनि उनीहरू सँगै बढुवा भएका थिए ।
२०६९ माघ ११ गते प्रहरी उपरीक्षक (एसपी)मा पनि सँगै बढुवा भएका थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा भने पोखरेल, सिंह र धानुक एकसाथ भए पनि थापा छुटेका थिए ।
त्यसको केही महिनापछि मात्र थापाको बढुवा भयो ।
एसएसपीबाट डीआईजी हुने बेला भने विश्वराज पोखरेलले सबैलाई उछिने । २०७६ वैशाख १९ गते पोखरेललाई गृह मन्त्रालयले डीआईजीमा बढुवाका लागि सिफारिश गरेको थियो ।
समकालीन एसएसपीहरू धीरजप्रताप सिंह, वसन्त पन्त, घनश्याम अर्याल लगायतलाई पछि पार्दै पोखरेल १०० पूर्णाङ्कमा ७१.६१२८ अंकसहित बढुवा भएका थिए ।
तत्कालीन डीआईजी सुशील भण्डारीको काभ्रेमा सवारी दुर्घटनामा परी निधन भएपछि रिक्त एक मात्र पदमा पोखरेलको बढुवा गरिएको थियो ।
उनकै ब्याचका थापा, सिंह, लामा र धानुक ११ महिनापछि बढुवा भए ।
२०७६ चैत २८ गतेको डीआईजी बढुवा हुँदा १०१ ब्याचमा सहकुल थापा पहिलो, धीरजप्रताप सिंह दोस्रो, वसन्त लामा तेस्रो र रविन्द्रबहादुर धानुक चौथो नम्बरमा थिए ।
एआईजी बन्ने बेलामा पनि पोखरेलले ब्याचीहरू सबैलाई उछिने ।
केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ मंसिर २५ गते पोखरेललाई एआईजीमा बढुवा गरेको थियो । त्यसपछि सहकुल थापा २०७८ साउन १४ गते एआईजी बने ।
अहिले (२०७८ चैत १६ मा) आएर पन्त, सिंह र धानुक एआईजी बनेका छन् ।
आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हरि पाल, निरज र वसन्त पन्तले वैशाख १९ मा एकसाथ अवकाश पाउन लागेकाले पोखरेल, थापा, सिंह र धानुक मात्र प्रतिस्पर्धामा रहेका हुन् ।
प्रहरी नियमावली–२०७१ मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मध्येबाट कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीका आधारमा एक जनालाई आईजीपीमा बढुवा गर्न सक्ने व्यवस्था छ । एआईजी नभएको खण्डमा भने डीआईजीबाट पनि बढुवा गर्न सकिन्छ ।
यसपालि एआईजीहरू भएकाले सरकारले उनीहरूबाटै आईजीपी छान्नुपर्नेछ । ज्येष्ठता, कार्यानुभव आदि कारणले विश्वराज पोखरेल सबैभन्दा अगाडि छन् ।
सहकुल थापाभन्दा ८ महिना तथा सिंह र धानुकभन्दा १४ महिना पहिला एआईजी बनेकाले पनि वरीयतामा उनी स्वतः अगाडि देखिएका छन् ।
पोखरेलले २०७६ वैशाखमै डीआईजीमा एकल बढुवा भएर आईजीपीको यात्रा तय गरेका थिए ।
२०७७ मंसिरमा फेरि एआईजीमा एकल बढुवा भएपछि उनलाई आईजीपीको एक्लो दाबेदार ठानिएको थियो । पछि सहकुल थापा एआईजी बनेपछि उनको नाम पनि सम्भावित आईजीपीका रूपमा चर्चामा आयो ।
११ महिनापछि धीरजप्रताप सिंह र रविन्द्र धानुक रिङमा थपिएका छन् ।
यसअघि आईजीपी नियुक्ति पटक–पटक विवादमा परेको इतिहास छ । वरीयता मिच्दा सरकार आलोचित हुनुपरेको घटना पनि नेपालका लागि नौलो हैन ।
तर यसपालि वरिष्ठताकै आधारमा आईजीपी नियुक्त हुने सम्भावना रहेको उच्च स्रोतको दाबी छ । चुनावको मुखमा निर्णय लिनुपर्ने भएकाले पनि सरकार विवादमा आउन चाहेको देखिन्न ।
ओली सरकारले बढुवा गरेर आईजीपीको रोलक्रममा ताने पनि पोखरेलले कांग्रेससँग समेत निकट सम्बन्ध राखेका छन् ।
सरकारमा नभएका बेला पनि पोखरेल शेरबहादुर देउवासँग नियमित सम्पर्कमा रहने गरेको बालुवाटार स्रोतले दाबी गर्यो ।
विशेषगरी महेश बस्नेतलगायत नेताले सहकुल थापालाई अगाडि बढाउन जोड दिए पनि एमाले समेत पोखरेल आईजीपी बन्दा बेखुशी हुने देखिन्न । सरकार फेरबदलपछि थापाको दाबी भने कमजोर बनेको चर्चा छ ।
त्यसो त कतिपयले भने केही दिनअघि एआईजीमा बढुवा भएका धीरजप्रताप सिंह (पोखरेल र थापापछि तेस्रो वरीयता)लाई आईजीपीको दाबेदारका रूपमा हेर्न थालेका छन् ।
सुदूरपश्चिमकै भएकाले पनि सिंहलाई प्रधानमन्त्री देउवाले आईजीपी बनाउन सक्ने आकलन उनीहरूको छ ।
‘वैशाखपछि पनि धीरजप्रताप सिंह एआईजी हुने पक्कापक्की नै थियो, किन गर्नुपर्थ्यो एक महिना अगाडि नै बढुवा ? यसबाट नै स्पष्ट हुन्छ, कसलाई आईजीपी बनाइँदैछ भनेर,’ अर्को एक स्रोतले भन्यो, ‘यसमा खुमलटार (माओवादी अध्यक्ष प्रचण्ड) पनि सकारात्मक छ ।’
चुनावमा आफूअनुकूल आईजीपी होस् भन्ने सरकारको चाहना स्वाभाविक भएपनि विवादित हुने निर्णय लिन निकै गाह्रो पर्ने देखिन्छ । त्यसो हुँदा पहिलो नम्बरका पोखरेलले बाजी मार्न सक्छन् ।
विगतको नजिर हेर्दा पनि अपवादबाहेक प्रायः पहिलो नम्बरकै व्यक्ति आईजीपी बनेका छन् ।
वर्तमान आईजीपी शैलेश थापा क्षेत्री पनि एआईजी हरिबहादुर पालभन्दा अगाडि भएकै कारणले आईजीपी भएका हुन् ।
त्यसभन्दा अगाडि ठाकुरप्रसाद ज्ञवाली पनि पहिलो नम्बर भएकै कारणले आईजीपी भएका थिए । सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमा भएकै कारणले आईजीपी बनेका थिए ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...