×

NMB BANK
NIC ASIA

अर्थमन्त्रीलाई राष्ट्र बैंकका १५ सुझाव, असार मसान्तसम्म विलासी वस्तु आयातमा रोक लगाऔं

चैत २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई कम्तीमा आगामी असार मसान्तसम्म सवारीसाधनमा रोक लगाउनुपर्नेसहितका १५ बुँदे सुझाव दिएको छ । 

Muktinath Bank

सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेर इन्धनको खपत घटाउने, सातामा २ दिन बिदा दिने, विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्ने, बैंकबाट प्रवाह हुने कर्जाको सीमा घटाउनेसहितको सुझाव दिइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले ग्यासमा दिएको अनुदान हटाउन पनि सुझाव दिएको छ । सरकारले ग्यासमा अनुदान दिएकै कारण उपभोक्ताले आयल निगमको लागत मूल्य भन्दा कममा ग्यास प्रयोग गर्न पाएका छन् । हाल ग्यासको मूल्य प्रतिसिलिण्डर १६ सय रूपैयाँ छ ।


Advertisment
Nabil box
Kumari

अनुदान हटाउने हो भने ग्यासमा भएको प्रतिसिलिण्डर ९३२ रूपैयाँ थप भएर ग्यासको भाउ प्रतिसिलिण्डर २५ सय ३२ रूपैयाँ पुग्ने छ । ग्यासको अनुदान हटाएपछि विद्युत सस्तो पर्ने र उपभोक्ताले ग्यास कम खपत गर्ने अनुमानसहित यस्तो सुझाव दिइएको हो । 

Vianet communication
Laxmi Bank

राष्ट्र बैंकले यस्तो सुझाव अर्थलाई १६ चैतमै बुझाएको हो ।

आयल निगमले पनि तेलको खपत कम गर्न २ दिन बिदा दिने, जोरबिजोर प्रणाली लागू गर्ने, विद्युतीय सवारी र चुल्होको प्रयोग बढाउने, सार्वजनिक सवारीको प्रयोग बढी गर्नेसहितको १० बुँदे सुझाव निगमको तालुक निकाय उद्योग मन्त्रालयलाई १५ चैतमै दिएको थियो ।

यस्तो छ अर्थ मन्त्रालयलाई राष्ट्र बैंकले दिएको १५ सुझाव

१. काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरहरूमा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने । बैंकबाट प्रवाह हुने कर्जाको सीमा घटाउनेसहितको सुझाव दिएको छ । 

२. काठमाडौं उपत्यकाभित्रका सबै सरकारी एवम सार्वजनिक निकायहरूमा हप्ताको ५ दिन कार्यालय समय १ घण्टा थप गरी शनिवार र आइतवार विदा दिने । 

३. निजी सवारी साधन (चार पाङ्ग्रे तथा मोटरसाइकल)को आयातमा भन्सार लगायतका कर थप गर्ने । नगद मार्जिनका माध्यमबाट आयात निरुत्साहन गर्ने । साथै बैंक कर्जाको हालको सीमा घटाउने । विद्यमान अवस्थामा सुधार नभएसम्मका लागि कम्तिमा पनि २०७९ असारमसान्तसम्म निजी सवारी साधान आयातमा पूर्ण रूपमा रोक लगाउने ।

४. नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको कुल बिल भुक्तानी मासिक १२-१३ अर्बको सीमाभित्र रहने गरी आपूर्ति व्यवस्थापन घटाउने । 

५. विद्युत्को घरेलु उपभोग बढाउन महसुल घटाउने तथा घरेलु विद्युतीय उपकरण (इन्डक्सन) चुल्हो, हिटर, कुकर, आदि)का खरिदमा अनुदान प्रदान गर्ने, एलपी ग्यासमा रहेको अनुदान तत्काल खारेज गर्ने । 

६. पेट्रोलिय पदार्थको आयातलाई आगामी ५ वर्षमा कम्तिमा २० प्रतिशतले कम गर्ने नीति अबलम्बन गरी सर्वाजनिक तथा निजी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने ।

७. अत्यावश्यक बाहेक व्यापारिक वस्तुको आयातमा कुनै पनि प्रकारको कर्जा प्रवाह नगरिने व्यवस्था लागू गर्ने । 

८. उच्च मूल्यका टेलिभिजन, मोबाइल सेट, मदिरालगायतका विलासिताका सामानको आयातलाई भन्सार तथा करका माध्यमबाट नियन्त्रण गर्ने ।

९. सुपारी, छोकडा, मरिच, केराउ, पोस्तादाना जस्ता स्थानीय रूपमा उल्लेखनीय उपभोग नहुने किसिमका उपभोग्य बस्तु आयातमा नियन्त्रण गर्ने । 

१०. नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई भिसा तथा नवीकरण शुल्क, प्रवेश, शुल्क, रोयल्टी जस्ता भुक्तानी तथा सेवाहरू तत्कालै अनलाइन माध्यमबाट सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाउने । 

११. विगतमा स्थगित गरिएका नेपाल भ्रमण वर्षका कार्यक्रमहरूलाई आगामी वर्षको लागि घोषणा गरी सञ्चालन गर्ने ।

१२. हुण्डीलगायत विदेशी विनियम अपचलनसम्बन्धी कारोबारको प्रभावकारी रूपमा अनुगमन गरी त्यसमा संलग्न व्यक्ति तथा संस्थाहरूलाई कडाभन्दा कडा दण्ड/सजाय दिने व्यवस्था गर्ने । साथै व्यापारमा न्यून बिजकीकरण गर्ने व्यापारीलाई अनुसन्धानको दायरामा ल्याउने । 

१३. विप्रेषण पठाउने र प्राप्त गर्नेको सहजताको लागि हप्तामा सातै दिन/चौबीसै घण्टा सहयोगी कक्षको अनिवार्य व्यवस्था गर्ने । 

१४. विप्रेषण पठाउँदा लाग्ने सेवा शुल्कमध्ये कम्तिमा पनि ५० प्रतिशत शुल्कमा अनुदानको व्यवस्था गरी विप्रेषकको खातामा तत्काल जम्मा हुने व्यवस्था गर्ने । 

१५ इन्डो नेपाल रेमिट्यान्सलाई विस्तार गर्न भारत सरकार र रिजर्भ बैंक अफ इन्डियासँग थप सहकार्य गरी भारतबाट आउने अनौपचारिक विप्रेषणलाई औपचारिक माध्यमबाट ल्याउन उच्च तहमा वार्ता गर्ने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x