माघ १९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
पाेखरा | चैत २५, २०७८
कास्की जिल्लामा सत्तारुढ दलबीच गठबन्धन गरेर स्थानीय तह चुनावमा जाने निर्णय भएसँगै वडा र पालिका तहका चुनावी प्रचारप्रसार अभियान ठप्प भएका छन् ।
कास्कीका पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संगठन वडासम्मै भए पनि गठबन्धनका अन्य दल नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) को संगठन सबैतिर बनिसकेको छैन । गठबन्धन बनेको अवस्थामा वडामा टिकट पाइने सम्भावना देखिएकाले एस, जसपा र राजमो सम्भावित उम्मेदवारको खोजीमा लागेका छन् ।
सत्तारुढ गठबन्धनले स्थानीय चुनावमा देशैभर गठबन्धन गर्ने निर्णय गरेपछि कास्कीमा दलहरूले छलफल चलाएका छन् । भागबण्डाको छलफल चल्दा प्रचारप्रसार रोकिएको छ ।
‘गठबन्धनका सबै दललाई भाग पुग्ने गरी पालिका तथा वडा विभाजन गर्नुपर्नेछ, त्यसैले केही समय चुनावी कार्यक्रम रोक्न निर्देशन दिएका छौं,’ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने ।
कांग्रेस कास्कीका अनुसार जिल्लामा नेपाली कांग्रेसको अध्यक्षतामा १० सदस्यीय सर्वदलीय संयन्त्र बनेको छ । संयन्त्रले गठबन्धनको उपयुक्तताका लागि साझेदार सबै दलका मतदाता, आकांक्षीका लागि सामाजिक पृष्ठभूमि सबै कुराको अध्ययन गर्नेछ । यद्यपि हालसम्म कुनै गाउँपालिका तथा वडामा गठबन्धन सम्बन्धी छलफल शुरू भएको छैन । वडास्तरका स्थानीय कार्यकर्तासँग छलफल गरी वडास्तरको गठबन्धन सुनिश्चित गरिने जनाइएको छ ।
गठबन्धनका लागि संयन्त्रको बैठक विगत ४ दिनदेखि लगातार बसिरहेको छ तर कुन दलले कति भाग पाउने भन्ने विवादमै बैठक केन्द्रित भएकाले संयन्त्र वडा तहसम्म पुग्न सकेको छैन ।
कास्कीमा पोखरा महानगरपालिकासहित ५ पालिका र ७२ वडा छन् । गठबन्धनको दोस्रो पार्टी माओवादी केन्द्र ४० प्रतिशत भाग पाउनुपर्ने अडान राखेको छ भने नेकपा एसले अघिल्लो स्थानीय चुनावमा एमालेले करीब दोब्बर सिट जितेकाले त्यसै हाराहारीमा पालिका तथा वडा पाउनुपर्ने अड्डी कसिरहेको छ ।
अघिल्लो स्थानीय चुनावमा पोखरा महानगरपालिकाका ३३ वडामध्ये २२ वडामा एमालेले जितेको थियो । गाउँपालिकाका ३९ वडामध्ये करीब ७० प्रतिशत वडा एमालेले जितेको छ । ‘उतिबेला एमालेलाई जिताउन हाम्रै उपस्थिति थियो, त्यसैले अहिले पनि ती वडा पायौं भने हामी जित्छौं,’ नेकपा एस कास्कीका इन्चार्ज धनराज आचार्यले भने । आचार्यका अनुसार कास्कीका ५ पालिकामध्ये कम्तीमा १ पालिका पनि नेकपा एसले पाउनुपर्छ ।
नेकपा माओवादी केन्द्र कास्कीका अध्यक्ष बखानसिंह गुरुङको पनि महत्त्वपूर्ण सिट पाउनुपर्ने अडान छ । उनी भन्छन्, ‘पहिले पनि एमालेका लागि महानगरपालिका र अन्य पालिका छाडियो, अहिले छाडिन्न । करीब ४० प्रतिशतकै हाराहारीको सिट हामीले पाउनुपर्छ,’ गुरुङले भने । माओवादी र एसले क्रमशः ४० र ५० प्रतिशत सिटमा भाग खोजेपछि ठूलो दल कांग्रेस ट्वा परेको जिल्लास्तरीय नेता बताउँछन् ।
गठबन्धनको संयन्त्रले स्थानीय स्तरमा पनि संयन्त्र गठन गरी सबै साझेदार पार्टीका उपयुक्त उम्मेदवार खोजी गरिने बताइरहे पनि वडा तह तथा पालिका तहका स्थानीय कार्यकर्ता नेकपा एस लगायतका पार्टीको हकमा जिल्लाले निर्देशन गरेका व्यक्तिलाई नै उम्मेदवार सिफारिस गर्ने तयारी गरेका छन् ।
‘गठबन्धन सम्बन्धी अहिलेसम्म यहाँ कुनै बैठक त भएको छैन तर कुल दलले कुन वडाको अध्यक्ष पाउने भन्नेबारे निर्णय चाहिँ जिल्लाको निर्देशन अनुरूपकै हुन्छ,’ नेपाली कांग्रेस रुपा गाउँपालिका सभापति बिमलबाबु न्यौपानेले भने ।
गठबन्धनका पाँचै पार्टीका सम्भावित उम्मेदवार वडा तहमा पनि जुटाउनुपर्ने भएकाले उम्मेदवारी सिफारिस गरेपछि मात्र चुनाव प्रचार गर्ने निर्देशन जिल्लाले जारी गरेको भन्दै पालिका तथा वडा तहमा चुनावी कार्यक्रम रोकिएका छन् । यसका लागि नेपाली कांग्रेसको अध्यक्षतामा माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा र जसपा पार्टीका अध्यक्षसहित सम्बन्धित पार्टीका अन्य केही सदस्य समेत गरी बनेको १० जनाको कार्यदलअनुसारै वडा स्तरमा पनि कार्यदल बनाई गठबन्धन बलियो बनाउने निर्णय जिल्ला तहमा भइसकेको छ ।
कार्यदलले वडास्तरसम्म गठबन्धन कायम गर्नका लागि मतदाता आकलन, पार्टी लोकप्रियता, अघिल्लो स्थानीय तहको मत विश्लेषण गरी छिटोभन्दा छिटो उम्मेदवार निर्क्यौल गर्ने तयारी गरिरहेको कार्यदलका सदस्य तथा नेपाली कांग्रेस कास्कीका सदस्य गंगाधर पराजुलीले जनाए । पराजुली पोखरा महानगरको मेयर पदका दाबेदार हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमनलगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक डेढ घण्टादेखि जारी छ । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बार...
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा...
कांग्रेस नेता गुरु घिमिरेले छानबिन चलिरहेको भन्दै पदप्रतिको आशक्ति नदेखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्। सामाजिक सञ्जालमा घिमिरेले नागरिकताको विवादपछि सांस...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...