×

X
Dabur
Nic Asia
Marvel

धरान एमालेको सिफारिसः मेयरमा ११ र उपमेयरमा ६ जना

विराटनगर | चैत २७, २०७८

TVS INSIDE

नेकपा एमालेको धरान उपमहानगरपालिका कमिटीले मेयरमा झण्डै एक दर्जन र उपमेयरमा आधा दर्जनको नाम सिफारिस गरेको छ । मेयरमा ११ जना र उपमेयरमा ६ जनाको नाम सिफारीस गरिएको हो । 

IME BANK INNEWS
morang Auto yamaha

मेयर सिफारिसको पहिलो नम्बरमा हाल उपमेयर रहेकी मञ्जु भण्डारीको नाम छ भने पूर्वमेयर मनोजकुमार मेन्याङ्बोको नाम दोस्रोमा छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यस्तै विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम मेयरको उम्मेदवारका लागि सिफारिस गरिएको एमाले धरान अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए । 

उनका अनुसार एक केन्द्रीय सदस्य, सात जना प्रदेश समिति सदस्य, तीन जिल्ला सदस्य तथा एक जना पूर्वजिल्ला सदस्यको नाम मेयर उम्मेदवारका लागि सिफारिस भएको हो । 

Vianet communication
Maruti inside

उपमेयरमा सुशीला पहाडी, लहरु जिमी, पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लीला राईको नाम सिफारिस गरिएको छ । 

१० बुँदेवालाको राम्रो प्रभाव मानिएको धरानमा मेयरमा ओलीनिकट मञ्जु भण्डारी र उपमेयरमा १० बुँदेतर्फका तर्फबाट पदम इस्बो लिम्बुलाई उपमेयर दिने सम्भावना रहेको एमालेका नेताहरू बताउँछन् । 

धरान उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी भएका थिए । 

प्रमुखमा जितेका सुब्बाले त्यसबेला २० हजार ९७५ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका तिलक राईले १६ हजार १०२ र तेस्रो स्थानमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

प्रमुख सुब्बाको निधन भएपछि खाली भएको उपनिर्वाचनमा भने कांग्रेसका तिलक राईले तत्कालीन नेकपाका प्रकाश राईलाई हराएका थिए । राईलाई झण्डै ३ हजार मतले पराजित गरेका थिए । 

उपनिर्वाचनमा तिलक राईले २६ हजार ७०९ मत ल्याउँदा नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९१४ मत पाएका थिए ।

धरानको २० वडामध्ये एमाले एक्लैले १४ वटा जितेको थियो भने कांग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वडा जित्न सफल भएको थियो ।

TATA Below
NLIC
साउन २३, २०७९

५ दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । गठबन्धनमा रहेका दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको सोमवार बसेको पहिलो ब...

साउन २३, २०७९

सांसदहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकको विशेष समय...

साउन २३, २०७९

प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्मान गरिएको छ । प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला शाखाद्वारा सोमवार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा...

साउन २३, २०७९

नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नाम सच्याउन माग गरेका छन् ।  सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद ...

साउन २३, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायको उत्थान प्रवद्र्धन गरी उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति...

साउन २३, २०७९

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्तिका लागि अन्तिम निर्णय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।  माओवादी केन्द्र प्रदेशसभा दलको आज बसेको ब...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x