×

NMB BANK
NIC ASIA

बढ्यो विदेशी पर्यटकको संख्या, एकैदिन २५ सय नेपाल भित्रिए

चैत २७, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

शनिवार २ वर्ष यताकै सर्वाधिक बढी विदेशीहरू नेपाल आएका छन् । 

Muktinath Bank

अध्यागमन विभागका अनुसार, विगत २ वर्ष यताकै सर्वाधिक बढी २ हजार ५ सय ९३ विदेशी नागरिक एकैदिन नेपाल आएका हुन्  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागका महानिर्देशक नारायण भट्टराईले यो संख्या २०१९ यताकै सबैभन्दा धेरै भएको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

कोरोना महामारीका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थाल्दा पर्यटकहरू नेपाल आउनेक्रम बढेको हो ।

Vianet communication
Laxmi Bank

भट्टराईका अनुसार, अप्रिल १० सम्ममा नेपालमा सरदर २ हजार विदेशी आएको देखिन्छ ।

अप्रिल महिनामा १९ हजार ५ सय ९२ विदेशी नेपाल आएका छन् । जसमध्ये सरदर २ हजारको संख्यामा विदेशी नागरिक नेपाल आएको महानिर्देशक भट्टराईले जानकारी दिए । 

२०२२ शुरू भएयता ९८ हजार ६ सय ४ जना विदेशी नागरिक नेपाल आएका छन् । 

जनवरी १ देखि अप्रिल १० सम्ममा करिब एक लाख नागरिक नेपाल आउनु सुखद् भएको महानिर्देशक भट्टराई बताउँछन् । 

उनले भने,‘कोभिडले आक्रान्त पारेको पर्यटन क्षेत्र विस्तारै चलमलाउँदै छन् भन्ने यस तथ्यांकले देखाउँछ, यो सुखद् कुरा हो ।’

विभागका अनुसार एयरलायन्समार्फत नेपाल आउने विदेशी नागरिकहरूमा भारतका नागरिकहरू सर्वाधिक बढी छन् । 

यसपछि अमेरिका, युके, अष्ट्रेलिया, बंगलादेश, जर्मनी, फ्रान्स, क्यानडा, स्पेन, नेदरल्याण्डबाट बढीमात्रामा पर्यटकहरू नेपाल आएका छन् ।

यस्तै नेपालमा बढी पर्यटक आउने देशहरूको सूचीमा चीन ११ औं नम्बरमा रहेको विभागले जनाएको छ । 

सहज नीतिले बढायो उत्साह

कोरोना महामारीका समयमा विभिन्न नीतिका कारण सुस्ताएको पर्यटन क्षेत्र नीतिमा सहजतासँगै पुनः चलमलाएका छन् ।

अहिले सरकारले विदेशबाट आउने नागरिकलाई कोभिड खोप लगाएको अवस्थामा पीसीआर परीक्षण गर्नुनपर्ने व्यवस्था गरेको छ ।

यस्तै उनीहरूलाई क्वारेन्टीनमा समेत बस्नु नपर्ने व्यवस्था गरेसँगै पछिल्ला दिनहरूमा पर्यटक आवागमनको संख्या बढेको अध्यागमन विभागका महानिर्देशक भट्टराई बताउँछन् । 

उनले भने,‘अहिले विदेशीहरू नेपाल आउने क्रममा नीतिनियममा समेत सहजीकरण भएपछि पर्यटकको संख्या बढेको देखिन्छ ।’

दैनिक ५० समूहलाई ट्रेकिङ अनुमति

अध्यागमन विभागले पछिल्ला दिनहरूमा ट्रेकिङमा आउने पर्यटकको संख्या उत्साहजनक रहेको जनाएको छ ।

महानिर्देशक भट्टाईका अनुसार पछिल्ला दिनहरूमा दैनिक करिब ५० समूहले ट्रेकिङको इजाजत पाउने गरेका छन् । 

यस्तै हिमाल आरोहणमा आउनेहरूको संख्या भने आशातित रूपमा नबढेको उनले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x