×

NMB BANK
NIC ASIA

गठबन्धनमा खटपट

गठबन्धनबारे कांग्रेसमा द्विविधा, छुट्टै तयारी गर्दै ३ दल

चैत २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गरेर जाने निर्णय नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गरे पनि मोरङमा द्विविधा देखिएको छ ।

Muktinath Bank

कांग्रेस संस्थापनइतर डा. शेखर कोइराला समूहका नेताहरूको वर्चस्व रहेका पालिका गठबन्धन नगर्ने पक्षमा छन् भने संस्थापनका नेताहरूले नेतृत्व गरेका पालिकामा गठबन्धन गर्नुपर्ने मत देखिएको छ । विराटनगर महानगर समिति गठबन्धन गर्न नहुने पक्षमा छ भने सुनवर्षी नगर समितिले पनि गठबन्धन गर्न नहुने निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत चुनावमा एक्लै मेयर, उपमेयरसहित बहुमत सदस्य जितेको कांग्रेसले विराटनगरमा एमाले फुटेकाले गठबन्धन गरेर जान नहुने निष्कर्ष निकालेको छ । ‘पहिला अन्य पार्टी मिल्दा पनि हामीले एक्लै चुनाव जितेका थियौं,’ कांग्रेस महानगर सभापति दीपक चापागाईं भन्छन्, ‘अहिले कांग्रेस पहिलाको तुलनामा धेरै राम्रो छ, एमाले पनि फुटेको छ ।’ 


Advertisment
Nabil box
Kumari

कोइराला पक्षका मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितकुमार कार्की पनि गठबन्धन गर्न नहुने तर्क राख्छन् । ‘अहिले पहिलाभन्दा धेरै मत आउने हाम्रो आकलन छ,’ कार्कीले भने, ‘हामीलाई गठबन्धन गर्ने पार्टीहरूले भोट हाल्छन् भन्ने पनि विश्वास छैन ।’ स्थानीय कार्यकर्ताले पनि गठबन्धन नगर्न सुझाव दिएका उनको दाबी छ ।

Vianet communication
Laxmi Bank

मोरङको रतुवामाई नगरपालिकाका प्रमुख रविन राई केन्द्रले गरेको निर्णय स्वीकार्नुपर्ने बताउँछन् । ‘गठबन्धनमा रहेका मात्रै होइन, एमाले बाहेकका अन्य दलसँग पनि पालिकामा गठबन्धन गर्न छलफल भइरहेको छ,’ उनले भने । उनी नेत्री सुजाता कोइराला निकट मानिन्छन् । १४औं महाधिवेशनदेखि सुजाता संस्थापन नजिक छिन् ।

सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाल पनि गठबन्धन गर्नुपर्ने पक्षमा छन् । उनी शेरबहादुर देउवा निकट छन् ।

मोरङको सुन्दरहरैंचा, लेटाङ, पथरीशनिश्चरे, उर्लाबारी, रतुवामाई, कानेपोखरी लगायतका स्थानीय तहमा भने गठबन्धन गरेर जानुपर्ने पक्षमा कांग्रेसको स्थानीय नेतृत्व छ ।

मोरङका १७ स्थानीय तहमध्ये गत चुनावमा एक्लै भिड्दा कांग्रेसले विराटनगर महानगरपालिकासहित ९ स्थानीय तह जितेको थियो । उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरमा जितेको कांग्रेसले कटहरी, केराबारी, धनपालथान गाउँपालिका पनि जितेको थियो । बूढीगंगा गाउँपालिकामा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो । गच्छदारको दल कांग्रेसमा गाभिएपछि अहिले मोरङमा १० स्थानीय तहमा कांग्रेस नेतृत्व छ ।
 
कांग्रेस जिल्ला कार्यसमिति मोरङको बैठकले पनि स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने अधिकार पालिकालाई दिने निर्णय गरेको छ । केन्द्रले माथिबाटै तालमेलको निर्णय गरे विद्रोह गर्ने कांग्रेस सभापति डिकबहादुर लिम्बुले बताए । 

गठबन्धनका दल कांग्रेससँग रुष्ट

चुनावमा ५ दलीय गठबन्धनले तालमेल गर्ने भनिए पनि मोरङमा कांग्रेसले इच्छा नदेखाएपछि गठबन्धनभित्रका दल रुष्ट बनेका छन् । कांग्रेससहित २ पटक गठबन्धनको बैठक बसे पनि केन्द्रले जिल्लालाई निर्णय गर्ने अधिकार नदिएको भन्दै नेताहरू पन्छिने गरेका छन् ।

चैत्र १८ र २७ गते ५ दलीय गठबन्धनको बैठक बसेको थियो । बैठकमा कांग्रेसले हलो अड्काउने काम मात्रै गरेको बैठकमा सहभागी गठबन्धनका एक नेताले बताए । 

शुक्रवार सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक गठबन्धन बनाउन ३ दलका नेताहरूले छलफल गरेका छन् । कांग्रेसले गठबन्धनमा रहेका अन्य दललाई हेप्न खोजेको भन्दै नयाँ गठबन्धन बनाउन आवश्यक देखिएको निष्कर्ष बैठकले निकालेको छ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले मोरङमा छुट्टै गठबन्धन बनाउने तयारी गरेका छन् । कांग्रेसले केन्द्रको निर्णय नमाने छुट्टै गठबन्धन बन्नसक्ने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले बताए । अहिलेसम्म के गर्ने भनेर कांग्रेसले निर्णय नगरेकै कारण अन्य गठबन्धन दल अलमलमा परेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x