×

NMB BANK
NIC ASIA

स्थानीय निर्वाचन

महानगरका अन्य ५ मेयरसँग रेनुको तुलना– किन भरतपुरको चर्चा धेरै ?

‘कामका हिसाबले महानगरका मेयरमध्ये रेनु अग्रस्थानमा’

चैत २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ता गठबन्धनबीच चुनावी तालमेलको चर्चा चलेदेखि नै चितवनको भरतपुर महानगरपालिका चर्चाको केन्द्रमा छ । अघिल्लो निर्वाचनमा आफूले जितेको एक मात्र महानगर भरतपुरमा पुनः दोहोरिने चाहना माओवादीको छ । 

Muktinath Bank

गठबन्धन सहयात्री नेपाली कांग्रेसले पनि स्थानीय स्तरमा दाबी छाडेको छैन । यद्यपि चुनावी गठबन्धन हुँदा माओवादीले भरतपुर पाउने सम्भावना प्रबल छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ सालको स्थानीय तह निर्वाचनका बेलादेखि नै भरतपुर चर्चामा रह्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र समेटिने भएका कारण पनि भरतपुर सधैँ चर्चामा रहन्छ । 


Advertisment
Nabil box
Kumari

पछिल्लोपटक नेकपा एमालेले आफ्नो १० औं महाधिवेशन चितवनमा गर्‍यो । प्रचण्डको चुनावी क्षेत्र र रेनु मेयर रहेको भरतपुरमा एमालेले महाधिवेशन गर्दा राजनीतिक अर्थ थियो ।

Vianet communication
Laxmi Bank

नेकपाभित्रको अन्तरसंघर्ष र विभाजनपछि पनि एमाले र माओवादी केन्द्रका नेताहरूबीच ‘वाकयुद्ध’ चलिरहेको छ । शुरूमा बुटवलका लागि प्रस्तावित महाधिवेशन चितवनमा सारेर शक्ति प्रदर्शन गर्नुमा घोषित/अघोषित जे भएपनि प्रचण्डलाई देखाइदिने एमालेको राजनीतिक स्टन्ट थियो । 

एमाले महाधिवेशनका बेला भरतपुरकी मेयर रेनु दाहालले ‘एमालेलाई चितवनमा स्वागत गर्ने र देशभरका कार्यकर्ताले भरतपुरको विकास हेरेर फर्किने’ टिप्पणी गरेकी थिइन् । 

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले भरतपुरमा बन्ने भनिएका स्याटेलाइट सिटीको बजेट काटेको भन्दै प्रचण्डले संसदमै विरोध जनाएका थिए । 

प्रचण्डको निर्वाचन क्षेत्र पनि भएकाले माओवादीले भरतपुर महानगरलाई प्रतिष्ठाको विषय बनाएको छ । त्यसमाथि माओवादी परित्याग गरेर गएका रामबहादुर थापाले प्रचण्डसँग चितवनमा चुनाव लड्ने बताएका कारण पनि भरतपुरको राजनीति थप पेचिलो बनेको छ । 

विकास निर्माण र पूर्वाधारमा फड्को

महानगरको प्रमुख भएर आएपछि भरतपुरको विकासका लागि रेनुले हरसम्भव प्रयत्न गरिन् । महानगर भएपनि भरतपुरका धेरै क्षेत्र विकासोन्मुख नै छन् ।]

महानगरभित्रका अधिकांश सडक कालोपत्रे गर्ने कामलाई उनले विशेष प्राथमिकतामा राखेको देखिन्छ । 

भरतपुर नगरपालिका वडा नम्बर– ९ का खेमराज पौडेल ६ वटा महानगरमध्ये भरतपुर अग्रस्थानमा रहेको दाबी गर्छन् ।

‘राष्ट्रिय स्तरका ६ लेनका सडक बनिरहेका छन्, तटबन्धको गुरुयोजना अन्तिम चरणमा पुगेको छ । विकासको दृष्टिले भरतपुर देशकै गतिशील शहर बनेको छ,’ पौडेलले लोकान्तरसँग भने । 

प्रशासनिक कामका अतिरिक्त रेनु दैनिक रूपमा विकास निर्माणको अनुगमनमा पनि जाने गरेकी थिइन् । अन्य महानगर र नगरपालिकाहरूमा सडकमा खाल्डाखुल्डी देखिएमा भरतपुरका सडकसँग दाँजेर हेर्ने गरेको पाइयो ।

माओवादीले चुनावी घरदैलोका लागि तयार गरेको प्रचार सामग्रीमा चार वर्षमा महानगरभित्र ६ सय १० किलोमिटर सडक कालोपत्रे गरिएको उल्लेख छ । यस्तै ४ सय ५० किलोमिटर सडक ग्राबेल गरिएको दाबी माओवादीको छ । महानगरभित्रका चौकीडाँडा, पार्वतीपुर, मंगलपुर, मेघौलीलगायतका स्थानमा खानेपानी आयोजना निर्माण भएको छ ।

दशकौंको सपना नारायणी नदीमा तटबन्ध

भरतपुर महानगरपालिकाको एउटा समस्या डुबान र नदी कटान पनि हो । रेनु मेयर बनेर आएपछि नारायणी नदीमा तटबन्ध निर्माणको कामले मूर्तरूप लिन थालेको छ । भरतपुर, रामघाट, शिवघाट, काभ्रेघाट तथा भरतपुर २७ बलुवादेखि २८ को गोलाघाट खण्डमा तटबन्ध बन्दैछ । 

४ अर्ब रुपैयाँ बराबरको तटबन्ध निर्माणका लागि टेन्डर समेत भइसकेको छ । महानगरको निरन्तरको सक्रियता र केन्द्रमा प्रचण्डको पहलका कारण तटबन्ध निर्माणको कामले गति पाएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल समेतको उपस्थितिमा प्रचण्डले चैत १६ गते तटबन्ध निर्माण कार्यको शिलान्यास गरेका छन् ।

तटबन्धसँगै नारायणी किनारमा ग्रिनरीको व्यवस्था गर्न लागिएको छ । रेनु मेयर बनेर आएपछि पवित्र तीर्थस्थल देवघाटमा ९ करोड ९० लाख रुपैयाँ लागतमा विद्युतीय शव दाह गृह निर्माणको काम शुरू भएको छ । पाँच वर्षको अवधिमा अन्य विकास निर्माणको कामले पनि गति लिएको छ । महानगरको पहल र शहरी विकास मन्त्रालयको सहयोगमा भरतपुरमा १ अर्ब ८५ करोड लागतमा व्यवस्थित सिटी हल बन्दैछ । यसले नेपालको मध्यभागमा रहेको भरतपुरमा हुने सभा, सम्मेलन र गोष्ठीमार्फत भरतपुरको आर्थिक क्रियाकलापमा बढोत्तरी हुने विश्वास लिइएको छ ।

भरतपुर महानगरको बीचबाट पुल्चोकदेखि गोन्द्राङ ७ किलोमिटर लामो सडकले चितवनको स्वरूप फेर्दैछ । भरतपुर महानगरको पहलमा केन्द्रको बजेटबाट यो सडक निर्माणको काम भइरहेको छ । 

पर्यटकलाई आकर्षित गर्न नारायणी नदी किनारमा ‘सी बीच’ मोडलमा वाकिङ ट्रेल निर्माण सम्पन्न भएको छ । यसलाई विस्तार गर्ने योजना महानगरको छ । 

भरतपुर महानगरले आफ्नो महानगरभित्र कृषकलाई प्रतिलिटर दूधमा ३ रुपैयाँ अनुदानको व्यवस्था गरेको छ । गत पुस २१ गते मेयर दाहालले पत्रकार सम्मेलन गरी चार वर्षमा महानगरले गरेका ५४ बुँदे कार्य प्रगति विवरण सार्वजनिक गरेकी छिन् । 

माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डले आफ्नो पार्टीले जितेका पालिकाहरूमा सुशासन कायम गर्न सफल भएको बताउँदै आएका छन् । ‘देशभरी जहाँ स्थानीय तहको निर्वाचन हुँदैछ, अस्ति मात्रै हाम्रो एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरू हेर्दा पाँचवटा उत्कृष्ट काम भएकामध्ये ३ वटा त माओवादी केन्द्रले जितेका मात्रै भयो भन्ने छ । अरू त्यस्ता कैयन छन्,’ चैत १९ गते पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए ।

रेनु आफैँले बदलेको परिचय

गत चैत २३ गते चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले भरतपुरका स्थानीयले आफूलाई ‘रेनुको बुवा’ भनेर चिन्न थालेको बताएका थिए । 

प्रचण्डको भनाइलाई ठट्टा गरेर उडाइए पनि प्रचण्डले भनेको कुरामा धेरै सत्यता छ । 

चार वर्षको निरन्तर खटाइ र गरेको कामका कारण भरतपुरका मतदातामाझ रेनु लोकप्रिय छिन् । आफ्नै पहिचान र परिचय बनाएकी छिन् । माओवादीका स्थानीय नेता प्रमोद तिवारी विगतको तुलनामा अहिले रेनुको व्यक्तिगत लोकप्रियता बढेको बताउँछन् । 

‘चार वर्ष अघिसम्म उहाँ पार्टीको केन्द्र या प्रवास कमिटीमा काम गरेका कारण यहाँका मतदातासँग त्यति परिचित हुनुहुन्थेन,’ तिवारीले लोकान्तरसँग भने, ‘चार वर्षको निरन्तर खटाइका कारण उहाँले व्यक्तिगत रूपमै धेरै पपुलर भोट कमाउनुभएको छ ।’ 

पहिलो कार्यकालमा गरेको कामका कारण यसपटक रेनुलाई चुनाव जित्न सहज हुने उनको विश्लेषण छ । 

दिनरात खटिएर भरतपुरका मतदातामाझ रेनुले आफ्नो अलग्गै पहिचान बनाइसकेकी छिन् । 

चितवनका कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले भन्ने गरेका छन्– ‘रेनुलाई प्रचण्डपुत्री मात्र भनियो भने अन्याय हुन्छ । र, रेनु भन्ने गर्छिन्, काम नगरे प्रचण्डको छोरी भनेर कसले पत्याउँछ ?’

पछिल्लो समय भरतपुरमा प्रत्येक दिनजसो सानाठूला उद्घाटन या शिलान्यास कार्यक्रम भइरहेका छन् ।

‘महामारीको समयमा पनि हामीले विकास निर्माणको कामलाई रोकेनौं, गति दियौं, त्यसैले भरतपुर सबैका लागि चर्चाको विषय बनेको छ,’ वडाध्यक्ष पौडेलले भने । 

६ महानगरको तुलनामा रेनुको अग्रता 

देशका ६ महानगरमध्ये कार्यक्षमता र गतिशीलताका हिसाबले भरतपुरले राम्रो काम गरेको स्थानीय तहका कामको अनुगमन गरिरहेका संघ संस्थाको मूल्यांकन छ । राजधानी काठमाडौं उपत्यकाका दुई महानगर काठमाडौं र ललितपुरका मेयरको कार्यशैलीप्रति सम्बन्धित दलका नेताहरूले नै प्रश्न उठाएका थिए ।

पोखरा महानगरका मेयर पछिल्लो समय बिरामी परेका कारण अपेक्षित क्रियाशील हुन सकेनन् । नेपाली कांग्रेसले जितेको विराटनगर महानगरका मेयरले पनि तारिफ गर्न योग्य केही नगरेको विपक्षी दलहरूको आरोप छ । वीरगञ्जका मेयर विजय सरावगी कार्यकालको अन्तिम समयमा पार्टी नै फेरबदलको निर्णयमा पुगे । चुनावमा मेयरका प्रत्यासी रहेका उम्मेदवारले उनीमाथि अनियमितताको आरोप लगाएका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश कार्यक्रममा तारिफ गरेका थिए । 

अन्य पाँच मेयरको तुलनामा क्रियाशीलताको हिसाबले रेनु अगाडि रहेको विश्लेषण गरिएको छ । लोकान्तरसँगको अन्तर्वार्ताका क्रममा रेनुले अन्य महानगरको तुलनामा आफू अगाडि रहेको बताएकी थिइन् ।

भरतपुरकी उपमेयर पार्वती साह ठकुरी पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा भरतपुरले महानगरहरूको नेतृत्व गरेको बताउँछिन् । ‘मेरो नेतृत्वमा रहेको न्यायिक समितिको काममा शत प्रतिशत नतिजा आएको छ, अरू क्षेत्रमा पनि हामीले सक्दो प्रयत्न गरेका छौं,’ साहले लोकान्तरसँग भनिन् । 

२०७४ साल साउन २२ गते पदाधिकारीले कार्यभार सम्हाल्न आउँदा महानगरको आन्तरिक राजस्व संकलन २३ करोडको हाराहारीमा रहेकोमा अहिले १ अर्बभन्दा माथि पुगेको साह बताउँछिन् । ‘यसवर्ष १ अर्ब २० करोडको लक्ष्य राखेका थियौं, त्यो भन्दा पनि धेरै उठ्ने सम्भावना छ,’ उनले लोकान्तरसँग भनिन् । 

पूर्वपश्चिम राजमार्गलाई राजधानी काठमाडौंसँग जोड्ने ट्रान्जिट भएकाले पनि पनि चितवनको विकास धेरैको नजरमा पर्ने गर्छ । 

भरतपुर– ९ का कांग्रेस कार्यकर्ता खेमराज पौडेल रेनुको नेतृत्वमा चितवनले विकासमा कोल्टे फेरेको बताउँछन् ।

‘भरतपुरको विकासमा धेरै काम एकैपटक शुरू भएका छन्, अधुरा ती कामलाई पूरा गर्न मेयरमा रेनुलाई दोहोर्‍याउनु पर्छ भन्ने मेरो मत छ,’ पौडेलले लोकान्तरसँग भने, ‘मैले माओवादीका साथीहरूलाई अरू तिकडम गर्नुभन्दा जनतामा जान भनेको छु, चुनावी तालमेल गर्ने निर्णय गरेको कांग्रेसले चितवनमा रेनुलाई समर्थन गर्दा केही फरक पर्दैन ।’ 

माओवादीका स्थानीय नेता प्रमोद तिवारीका अनुसार महानगरका १२३ वटै सामुदायिक विद्यालयलाई स्कूल बस दिने कुरालाई चुनावी घोषणा पत्रमा समेटिँदैछ । 

पढ्नुहोस यो पनि :


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x