×

NMB BANK
NIC ASIA

वर्ष समीक्षा

वर्ष २०७८ लाई फर्केर हेर्दा : देशभर हलचल मच्चाएका अपराधका केही घटना

चैत ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आज २०७८ सालको अन्तिम दिन । यो वर्षभरी देशभर अपराधका विभिन्न प्रकृतिका घटना घटे ।

Muktinath Bank

संखुवासभामा एकै परिवारका ५ जनाको विभत्स हत्यादेखि नायक पल शाह जबरजस्ती करणीको आरोपमा पक्राउ परेकोसम्मका घटनाले विशेष चर्चा पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली मह बनाउने कम्पनीमा छापा हानेको विषय पनि चर्चित रह्यो । मूल्य अभिवृद्धि करविना महंगो रक्सीलाई सस्तोमा बिक्री गरेको केसले निकै चर्चा पायो ।


Advertisment
Nabil box
Kumari

लागूऔषधका कारणले कैलालीको लम्की नगरपालिका– १२ का २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या गरेको विषय पनि चर्चामा रह्यो ।

Vianet communication
Laxmi Bank

यसबीचमा नेपालमा दैनिक ९० किलोभन्दा धेरै सुन भित्रिने गरेको तथ्य पनि बाहिरिएको थियो ।

यो वर्ष अपराधका क्षेत्रमा भएका केही सनसनीपूर्ण घटनाहरू :

पल शाह प्रकरण

म्युजिक भिडियोबाट उदाएर सुपरस्टार छवी बनाएका नायक पल शाह प्रकरणले यो वर्षको अन्तिममा निकै चर्चा पायो ।

१८ वर्षभन्दा कम उमेरकी एक गायिकालाई अघिल्लो वर्षको चैत महिनामा जबरजस्ती करणी गरेको भन्दै यस वर्षको फागुन १६ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी पर्‍यो ।

त्यसको केही दिनपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि उजुरी पर्‍यो ।

फिल्मी क्षेत्रमा हुने यौन शोषणको विषय यसले सतहमा ल्यायो ।

नेपाली फिल्मी क्षेत्रले महंगो मूल्य चुकाएर आम जनतादेखि उच्चतहका अधिकारीसम्मलाई जबरजस्ती करणीको परिभाषा सिकायो । 

शाहलाई जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उनी अहिले थुनामा रहेर मुद्दाको तारेख धानिरहेका छन् । अन्तिम फैसला आउन बाँकी छ ।​

स्वास्थ्यकर्मी अस्मिता धामी हत्या प्रकरण

असार २ गते डडेल्धुराको परशुराम नगरपालिका– ८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी २६ वर्षीया अस्मिता धामीको हत्या भयो ।

स्वास्थ्य सामग्री पुर्‍याउन स्थानीय जोगबुडा अस्पताल जाने क्रममा बेपत्ता भएकी अस्मिताको शव बाटोबाट केही मिटर पर फेला परेको थियो ।

धामीको मोबाइलको कल डिटेलको पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो तर अहिलेसम्म उनको हत्यारा पत्ता लगाउनका सकेको छैन । 

‘फरेन्सिक ल्याब र कल डिटेलजस्ता कुराहरूमा समय लाग्ने भएकाले ढिलो भएको प्रहरीले बताउँदै आएको छ । प्रदेशको आरआईटी टोली, संघीय प्रहरीको टोली, जिल्लाको टोलीसहित जम्बो टोली अनुसन्धानमा लागेको छ ।

स्वास्थ्यकर्मी अस्मिता धामीको शव फेला परेको केही मिटर पर फेला परेको उनको मोबाइल फुटेको अवस्थामा थियो ।

सुल्झिन नसकेको सानेपा हत्या प्रकरण

भदौ १७ गते ललितपुरको सानेपामा भारतीय नागरिक सत्यनारायण तारिकको हत्याको अनुसन्धान नयाँ पाटोबाट गर्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । 

महानगरीय अपराध महाशाखाको टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । 

तारिकले प्रयोग गर्ने मोबाइल नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षण गर्दा पनि केही क्लु पत्ता लागेको छैन ।

प्रहरीले लामो समयदेखि एक्लै बस्दै आएका तारिक भारतीय खुफिया एजेन्सी रअसँग सम्बन्धित हुन् कि भन्ने आशंका गर्दै त्यस पाटोबाट पनि अनुसन्धान गरेको थियो, तर कुनै कनेक्सन देखिएको थिएन ।

प्रहरीले शंकाको दायरामा परेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो, तर उनीबाट पनि केही प्रमाण फेला पार्न सकेन । उनको मोबाइलमा भएका फोन नम्बरको अनुसन्धान गर्दा पनि तारिकले गर्ने पेशासँग सम्बन्धितभन्दा अन्य कुनै पनि कनेक्सन देखिएको छैन ।

अपराध महाशाखाले उनको मोबाइलमा भएको रुद्राक्षको मालाको तस्वीरलाई आधार मानेर रुद्राक्षको कारोवारसँग कुनैसँग सम्बन्ध छ कि भन्ने पाटोमा पनि अनुसन्धान गरेको थियो । त्यसक्रममा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो तर पनि उनीहरूसँग त्यस्तो कुनै सम्बन्ध नदेखिएकाले छाडेको थियो ।

प्रहरीले तारिकको घरमा बिहानमा खाना पकाउने ४० वर्षीया महिलालाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ तर उनीबाट अहिलेसम्म पनि केही तथ्य पत्ता लगाउन सकेको छैन । सानेपाको घरमा एक्लै बस्दै आएका तारिकसँग ती महिला लामोसमय लिभिङ टुगेदरमा समेत बसेको अनुसन्धानमा खुलेको छ । 

असार २० गते ललितपुर महानगरपालिका–२ सानेपामा कृष्ण मन्दिरनजिकै एक घरमा भारतीय नागरिक ५९ वर्षीय सत्यनाराण तारिक मृत अवस्थामा फेला परेका थिए ।

उनको बेड रूममा भएको दराज र माथिल्लो कोठाको अर्को बेड रूममा रहेको स्टिलको दराज ह्याम्मरले हानेर फुटाएको अवस्थामा पाइएको थियो । सिंगो घर लिएर बसेका सत्यनारायणको मेन गेट बन्द थियो भने दोस्रो तल्लाको झ्यालको तार च्यातेर हत्यारा भित्र पसेको क्राइम सिनमा देखिएको थियो ।

झ्यालबाट छिरेको पाइलाको डाम समेत देखिएको थियो । हत्यारा र तारिकबीचमा  संघर्ष हुँदा ह्याम्मरले टाउकोमा पटक–पटक प्रहार गरी हत्या गरेको प्रहरीको निष्कर्ष छ ।

प्रहरी घटनास्थलमा पुग्दा पुरानो घरको दोस्रो तल्लाको बेड रूमको खुट्टे पलङमा घोप्टो परेको र रातो ब्ल्याङकेटले छोपेको अवस्थामा शव थियो भने बेड रगताम्मे अवस्थामा थियो ।

संखुवासभा हत्याकाण्ड

भदौ २७ गते संखुवासभाको मादी नगरपालिका– १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ सदस्यको हत्या भएको थियो । 

प्रहरीले लोकबहादुर कार्कीको घरको १५/२० मिटरको दूरीमा शवहरू फेला पाएको थियो ।

आरोपी लोकबहादुरले चिर्पट (दाउरा)ले टाउको हानेर हत्या गरेको बयान दिएको तत्कालीन प्रदेश नम्बर १ का प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बिसीले पत्रकार सम्मेलनमा बताएका थिए ।

खेताला खोज्न भनेर निस्किएका तेजबहादुरलाई देख्नेबित्तिकै आक्रमण गरी हत्या गरेको र उक्त घटना देख्ने सबैलाई पालैपालो आक्रमण गर्दै गएको खुलेको थियो । 

प्रहरीले व्यक्तिगत रिसइबी, आबेग, सुनियोजित हत्या अथवा लुटपाटसहित विभिन्न कोणबाट अनुसन्धान गरेको डीआईजी बीसीले बताएका थिए ।  

सीआईबीका डीएसपी रुगम कुँवरको नेतृत्वमा ३ जना सदस्य, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदी, प्रदेश नम्बर १ का प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बिसीसहित ४० जना प्रहरीको टोली घटनास्थलमा रहेर अनुसन्धानमा विभिन्न भूमिका निर्वाह गरेका थिए ।

वृद्धा पार्वता कार्की, छोरा तेजबहादुर कार्की, बुहारी मनमाया भन्ने कमला कार्की, नातिनी बुहारी रञ्जना कार्की, नाति विपिन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

हजुर आमाको शव घरभित्र, छोराबुहारीको शव खोला छेउमा र नातिनातिनाको शव घरमाथि खर बारीमा भेटिएको थियो । अभियुक्तहरू पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।

सिभिल सहकारी प्रकरण

सिभिल सहकारी प्रकरण पनि यो वर्ष चर्चामा रह्यो । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङसहित परेका १२ जनामाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान अगाडि बढायो ।

१३७ जना पीडितको ७० करोड ८७ लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि उनलाई मंसिर महिनाको पहिलो साता पक्राउ गरिएको थियो । पछि सीआईबीले पक्राउ गरेपछि उजुरी दिने पीडितहरू थपिएर १४ सय ७१ जना पुगेका थिए । सीआईबीमा थप ३३ जनाविरुद्ध पीडितहरूले जाहेरी दिएका छन् । 

पीडितले पक्राउ पर्न बाँकी सञ्चालक समितिका सदस्यहरू जयन्द्रलाल श्रेष्ठ, दुर्गाप्रसाद संग्रौला, इन्द्रराज हुमागाईं, प्रवीण प्रधान, खेमनाथ डल्लाकोटी, केशवकुमार अमात्य, रामकृष्ण पौडेल, सुमननन्द वैद्य, गोपालबहादुर श्रेष्ठ, अष्टरत्न तुलाधर, मुकुन्दप्रसाद न्यौपाने र दानहिरा कंसाकार, सहकारीका कर्मचारी रञ्जना शाक्य महर्जन, प्रकाशकुमार बर्मा, जीवनराज बज्राचार्य, रवीन नकर्मी र सुवासकुमार श्रेष्ठसहित अन्य कर्मचारीको नाममा जाहेरी दिएका छन् । 

जसमा इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य, छोरीहरू प्रतीक्षा र प्रतिष्ठा तामाङ पनि रहेको प्रहरीले जनाएको छ । उनले भगिनी संस्थाहरू तीनथाना होम्स फेज–२, थेचो होम्स फेज–३, सुनाकोठी, धापाखेल क्लब हाउस, धापाखेल स्टोर, सहकारी डेड अफिस, सिभिल अपार्टमेन्ट, सिभिल स्टेट लगायतमा १६ अर्ब ५० करोडभन्दा माथि लगानी गरेको तथ्य सीआईबीले फेला पारेको सीआईबीका एक अधिकारीले बताएका थिए । 

अहिले उनीसहित केही व्यक्तिहरू पुर्पक्षका लागि थुनामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x