×

NMB BANK
NIC ASIA

प्रविधिको माध्यमबाट ठगी

अनलाइन ठगको जालो– विदेश लैजाने बहानामा ठग्नेदेखि जागिरको प्रलोभन दिनेसम्म

बैशाख १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुरको बागमती गाउँपालिका– ६ की राधा (नाम परिर्वतन) ललितपुर महानरपालिकाको धापाखेल बस्दै आएकी थिइन् ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं उपत्यकामा बसेर पढाइ अगाडि बढाइरहेकी राधा उच्च शिक्षाका लागि जापान जाने योजनामा थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकामा सामान्य रोजगारी गरिरहेकी उनलाई एक दिन ‘तानाकायोका’ नामको फेसबूक आईडीबाट ‘फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल खोलेर हेर्दा जापानी नागरिकजस्तो देखिने भएकाले सहजै स्वीकार गरिन् । त्यसको केही महिना फेसबूक म्यासेन्जरमा कुराकानी भयो । त्यसक्रममा ती व्यक्तिले नेपालीलाई जापान लैजाने गरेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले त्यो कुरा आफ्ना अन्य ४ जना साथीहरूलाई पनि बताइन् । उनीहरू पनि जापान जाने योजना थिए । ती व्यक्तिले भिसाको प्रक्रियाका लागि भन्दै पैसा मागे ।

Vianet communication
Laxmi Bank

उनीहरूले अम्बिका थापाको नाममा रहेको माछापुच्छ्रे बैंकको खाता र शुभद्रा परियारको नाममा रहेको नेपाल बैंकको खातामा खातामा पैसा हालिदिए ।

राधाले १४ लाख ८० हजार १२८ रुपैयाँ पठाइन् । पहिलो साथीले ५ लाख ६३ हजार २०३, दोस्रो साथीले ८ लाख ५३ हजार ४२०, तेस्रो साथीले ८ लाख ९२ हजार ३८५ र चौथो साथीले १ लाख ७९ हजार ८६० गरी ३९ लाख ६८ हजार ९९६ रुपैयाँ अम्बिका थापाको खातामा पठाए ।

पैसा पठाइसकेपछि उनीहरू आफ्नो भिसा आउने आशामा बसिरहेका थिए । उनीहरूले ती व्यक्तिलाई समय–समयमा सम्पर्क गरिरहेका थिए । तर एकदिन ‘पूजा राई, सरन राई, दीपिका केसी, सुमित्रा केसी र राजेन्द्र ढकालसँग पैसा छ, उनीहरूले लगेका हुन्, उतै माग्नु’ भन्दै ती व्यक्ति सम्पर्कविहीन भए ।

बल्ल आफूहरू ठगिएको थाहा पाएका उनीहरू महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिन पुगे । त्यसपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएर खोजी शुरू गर्‍यो ।

प्रहरीले खोजिरहेको भन्ने थाहा पाएर मकवानपुरको हेटौंडा उपमहानरपालिका– १२ पदमपोखरीकी शुभद्रा परियार, इलाम सूर्योदय नगरपालिका– ४ की पूजा राई र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ का राजेन्द्र ढकाल महाशाखामा आफैँ उपस्थित हुन आए ।

प्रहरीले भक्तपुर चाँगुनारायण– ७ खरीपाटीबाट दीपिका केसीलाई पक्राउ गरेको थियो । 

उनीहरूमाथि अनुसन्धान सकेर महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मुद्दा विचाराधीन छ ।

यो त प्रतिनिधिमूलक घटना मात्र हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनलाइन ठगीका दैनिक ७ वटासम्म उजुरी आउने गरेका छन् ।

कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार अघिल्लो आर्थिक वर्षमा अनलाइन ठगीका कुल २८८ उजुरी दर्ता भएका थिए ।

यो वर्ष त्यो संख्या निकै बढेको छ । चैत महिनासम्ममा नै ४ सयभन्दा बढी उजुरी परिसकेको उनले बताए ।

‘४/५ प्रकारका ठगीका केसहरू आउने गरेका छन् । अनलाइनबाट सामान किन्नेदेखि चिठ्ठा पर्‍यो भन्ने प्रलोभनमा ठगिएका उजुरी आउने गरेका छन्,’ एसपी कोइरालाले लोकान्तरसँग भने ।

उनका अनुसार सामाजिक सञ्जालमार्फत जागिरको प्रलोभन दिने र उनीहरूबाट तालिम लगायतका बहानामा ठग्नेक्रम पनि बढेको छ । 

अनलाइनबाट चिनजान गरेर क्यानडा, जापान लगायतका देशमा पठाइदिन्छु भन्दै मोटो रकम लिएर फरार हुने गरेको पनि देखिएको छ । कतिपय उजुरी सामाजिक सञ्जाल ह्याक गरेर आफन्तसँग पैसा मागेको भन्ने व्यहोराको रहेको एसपी कोइरालाले बताए ।

अपराध अनुसन्धान कार्यालयमा १५ सय ठगिएकोदेखि १ करोड ८० लाख ठगिएकोसम्मका उजुरी आएका छन् । पछिल्लो समय अनलाइनबाट सामान किन्दा ठगिएको भन्ने उजुरी बढी आएका छन् ।

‘अनलाइनबाट महंगो मोबाइल, घडी, ल्यापटप सस्तोमा पाइने लोभमा ठगिनेको संख्या धेरै छ । प्रहरी त्यस्ता सामाजिक सञ्जाल र व्यक्तिहरूबाट जोगिन समेत अनुरोध गर्दछ,’ एसपी कोइरालाले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x