×

NMB BANK
NIC ASIA

गाउँपालिकाका स्वर्गीय अध्यक्षविरुद्ध ५४ लाख बिगो दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर

बैशाख २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिसहित १४ जना तथा एक निर्माण कम्पनीविरुद्ध शुक्रवार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ ।

Muktinath Bank

गाउँपालिकाका अध्यक्ष स्व. नवलसिंह रावल, उपाध्यक्ष पुजादेवी बुढामगर, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायी समेत १४ जना तथा एक निर्माण कम्पनीउपर राजस्व चुहावट गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिका भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकोमा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरी परेको थियो ।


Advertisment
Nabil box
Kumari

उजुरीमा अनुसन्धान हुँदा मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, वडा नम्बर २ का वडाध्यक्ष देवीदत्त उपाध्याय, वडा नम्बर १ का वडाध्यक्ष नविन पुन मगर, वडा नम्बर ७ का वडाध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर ५ का वडाध्यक्ष छविलाल हौजाली मगर, वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर बोगटी, वडा नम्बर ६ का वडाध्यक्ष टिकाराम भण्डारी, वडा नम्बर ३ का वडाध्यक्ष नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरू राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराईविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

Vianet communication
Laxmi Bank

गाउँ कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिवृद्धि कर बापतको रकम गरी जम्मा ५४  लाख १८ हजार ५६८ रुपैयाँ राजस्व हिनामिना गरिएको अभियोगसहित आरोपपत्र दर्ता भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू बडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकरबहादुर शाह समेतले पहिलो किस्ता बापतको कबोल अंक रकम शर्तबमोजिम सम्झौताका बखत जम्मा नगरी सम्झौता गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिनाहाको माग गरी गाउँ कार्यपालिकाबाट निर्णय समेत गराई मिनाहा गराएको रकम, सोबापतको मूल्य अभिवृद्धि कर रकम र गाउँपालिकामा पहिलो किस्ता मानी ढिलो गरी बुझाएको रोयल्टीबापतको रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि करमध्ये नबुझाएको रकम गरी जम्मा ५६ लाख ३४८ रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरिएको छ ।

मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष स्व. नवलसिंह रावल समेतले गाउँ कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको हुनाले उनीविरुद्ध पनि ५४ लाख १८ हजार ५६८ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ । रावलको मृत्यु भएको अनुसन्धानबाट देखिए पनि ‘अपराधीसँगै अपराध मर्दछ’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्वान्तको रूपमा कैद र सजाय हुन नसक्ने तर मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले स्व. नवलसिंह रावलको मृत्यु भइसके पनि निजको हकमा प्रचलित कानूनबमोजिम निजको हक खाने अंशियारबाट बिगो रकम असूल गर्न माग दाबी लिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x