×

NMB BANK
NIC ASIA

काठमाडौंको फोहोर बिहान २–८ बजेसम्म ढुवानी, फोहोर व्यवस्थापनलाई सहज बनाउन अपिल

बैशाख २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरबाट फोहोर बोकेका गाडी बिहान २ बजेदेखि ८ बजेसम्म ल्याण्डफिल साइटमा जाने गरेका छन् ।

Muktinath Bank

पासाङ ल्हामु राजमार्गअन्तर्गत मुड्खु तीनपिप्ले सडक निर्माण कार्यलाई सहज बनाउन समय छुट्याइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयले सडक कालोपत्रे हुनुपर्ने माग राखेर चैत १८ गतेदेखि दोस्रो पटक अवरोध गरेका थिए । सडक निर्माण कम्पनीले कालोपत्रे कार्यलाई सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि चैत २७ गतेबाट कामलाई सहज बनाउन बिहानको समयमा मात्र फोहोर ढुवानी गर्न थालिएको छ ।


Advertisment
Nabil box
Kumari

फोहोरको आंशिक व्यवस्थापन गर्न थालिएको ३ दिनमा ३४० ट्रक फोहोर ल्याण्डफिल साइटमा लगिएको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईले जानकारी दिए । उनका अनुसार शुक्रवार बिहान ८ बजेसम्ममा १७२ वटा ट्रक फोहोर बोकेर साइटमा पुगेका छन् ।

Vianet communication
Laxmi Bank

महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार सडक निर्माणका लागि माग गर्दै स्थानीयले फागुन र चैत महिनामा ३ पटक फोहोर लैजान अवरोध गरे । यसअवधिका ३३ दिन फोहोर संकलन हुन सकेन ।

यसबीच फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शहरी विकास मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गर्‍यो । ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यसअघि गरिएका प्रतिबद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो । यही दिन काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा र्‍यापिड एक्सन टाक्सफोर्स गठन भयो । फोहोर व्यवस्थापनका लागि स्थलगत अवस्था मिलाउन तथा फोहोर व्यवस्थापन सम्बन्धी कानूनी र व्यावहारिक समस्यामा समाधानमा सहजीकरण गर्न यो फोर्स बनाइएको हो ।

उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करीब १ हजार २०० मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ । जसमध्ये करीब ५४५ मेट्रिक टन फोहोर काठमाडौं महानगरको हो । 

‘शहरको फोहोर व्यवस्थापन गर्न नियमित कार्य सञ्चालन हुनुपर्छ । आंशिक काम गर्दा फोहोरको मात्रा उठाउन कठिन हुन्छ,’ निमित्त विभागीय प्रमुख राई भन्छन्, ‘हामीले नियमित काम गर्न पायौं भने ३ दिनभित्र शहरको सबै फोहोर उठाइसक्छौं । हामी फोहोर संकलनमा लागिरहेका छौं । पूर्ण क्षमतामा काम गर्न नपाएपछि समस्या देखिएको हो । यो समस्याको समाधान हामीबाट मात्र सम्भव छैन । अहिलेको समस्याको मुल कारण सडक हो । नेपाल सरकारले यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गरिदिनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x