×

NMB BANK
NIC ASIA

भागबण्डाको सकस

भागबण्डाले गठबन्धनमा ज्वरो: महानगरसहित माओवादीले ४, एसले ३ र जसपाले २ उपमहानगरमा दाबी गरेपछि कांग्रेस अवाक्

बैशाख ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तहको चुनावमा महानगर र उपमहानगरको सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनमा रहेका दलहरूले महानगर र उपमहानगरमा नेतृत्व दाबीको प्रस्ताव गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्ता गठबन्धनबीच महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै टुंगो लगाउने सहमति भएको छ ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बैठकमा माओवादीले भरतपुर महानगरसहित धरान, बाराको जीतपुर सिमरा, मकवानपुरको हेटौंडा र दाङको घोराही उपमहानगरमा दाबी पेश गरेको छ । 

Vianet communication
Laxmi Bank

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर माओवादीले जितेको थियो । शुरूमा नेकपा एमालेले जितेको धरान उपमहानगरपालिका नेकपा विभाजन नहुँदै भएको उपचुनावमा कांग्रेसले बाजी मारेको थियो । 

हेटौंडा र जितपुर सिमरा उपमहानगरपालिका एमालेले जितेको थियो । माओवादी प्रवक्ता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र रहेको दाङको घोराही पनि एमालेले जितेको थियो । 

बैठकमा सहभागी माओवादी नेताहरूले भरतपुरसहित चार उपमहानगर आफूहरूको बटमलाइन रहेको बताएका थिए । 

त्यसैगरी, सत्ता गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित ३ उपमहानगरपालिकाको नेतृत्व दाबी गरेको छ । 

रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी र अनुगमन समितिको बैठकमा एकीकृत समाजवादीले पोखरा महानगरपालिका, इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयर पाउनु पर्ने दाबी गरेको छ ।

पोखरा महानगरपालिकामा कांग्रेसले पनि दाबी गरिरहेको छ । एकीकृत समाजवादीले भने कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानरपालिका लिएर पोखराको नेतृत्व छाडिदिन भनेको छ ।

एकीकृत समाजवादीले एमालेबाट विद्रोह गरेर आएको र त्यसको महत्त्व र मूल्य गठबन्धनले बुझ्नुपर्ने तर्क गरेको छ । 

२०६३ मा माओवादी केन्द्रलाई विद्रोही शक्ति भएकै कारण ८२ सिट दिएको उदाहरण एकीकृत समाजवादीका नेताहरूले दिने गरेका छन् । 

तर, कांग्रेस र माओवादी केन्द्रका नेताहरूले भने एकीकृत समाजवादीका नेताहरूलाई अस्वभाविक दाबी नगर्न भनेका छन् । 

माओवादी, एकीकृत समाजवादी र जसपाको दाबीका कारण गठबन्धनमा सहमति जुट्न नसकेको हो । ‘माओवादी र नेकपा एसका तर्फबाट दाबी आएको छ, आजै सहमति जुट्न सकेको छैन,’ बैठकमा सहभागी कांग्रेसका एक नेताले भने ।

कांग्रेसले भने काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकामा मेयर आफूले लिएर उपप्रमुख र वडाध्यक्षमा गठबन्धनमा रहेका दलहरूमा तालमेल गर्न सक्ने बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x