×

NMB BANK
NIC ASIA

अपराध अनुसन्धान कार्यालयका ३ महिना : नक्कली महवालादेखि खेताला परीक्षार्थी पक्राउसम्म

बैशाख ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो ३ महिनामा नक्कली मह बनाउने कारखानामा छापादेखि चिकित्सा क्षेत्र आयोगको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई पक्राउ गर्नेसम्मका काम गरेको छ ।

Muktinath Bank

कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार यस अवधिमा १०५ जनालाई पक्राउ गरिएको छ । जसमा बैकिङ कसूर, ठगी, चोरी, सट्टेबाजी, कालोबजारी वैदेशिक रोजगारी ठगी लगायतमा ७३ वटा मुद्दा दर्ता गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समयमा महाशाखामा अनलाइन ठगीका उजुरीहरू धेरै आइरहेका छन् । अरूको मोबाइल नम्बर प्रयोग गरेर बैंकको पैसा हिनामिना गरेको उजुरीहरू आउने गरेको कार्यालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यालयले पछिल्लो ३ महिनामा गरेका मुख्य काम

Vianet communication
Laxmi Bank

२०७८ पुस ३ गते कैलालीको जानकी गाउँपालिका–९ का १९ वर्षीय अर्जुन दासको विभत्स हत्या गरेर फरार भएका अपराधीलाई खोज्न कैलाली प्रहरीलाई फलामको चिउरा चपाउनु जस्तै भएको थियो ।

अपराधीहरू हत्या गरेर भारतमा फरार भएका थिए । उनीहरूले सामाजिक सञ्जाल फेसबूकमार्फत आफूहरूलाई कसैले समाउन नसक्ने भन्दै धम्की दिएपछि प्रहरीलाई झन् चुनौती थपिएको थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी प्रधान कार्यालयको समन्वयमा ४ जनालाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा जानकी गाउँपालिका–९ का १९ वर्षीय सुमित साउद, बमे भन्ने बमबहादुर बोहेरा, रोनी परियार भन्ने दिलिप दास र मनोज भण्डारी छन् ।

गत पुस ३ गते जानकी–९ को अमरावती सामुदायिक जंगलमा सोही ठाउँका २५ वर्षी अर्जुन दासको घाँटी छिनालेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । अर्जुनलाई मोबाइल चोरेको आरोपमा कुटपिट गर्दै रुखमा बाँधेर विभत्स हत्या गरिएको प्रहरीले जनाएको थियो । 

आरोपीहरूलाई बिहीवार अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले रुपन्देहीको बेलहिया सीमानाकाबाट पक्राउ गरेको थियो ।

...

यस्तै गत चैत २० गते चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित ‘एमबीबीएस इन्ट्रान्स’मा सहभागी ४ नक्कली परीक्षार्थीसहित ५ जनालाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

चैत १८ गते सञ्चालन भएको ‘मेडिकल एजुकेसन कमन इन्ट्रान्स’मा अर्कैको नाममा परीक्षा दिन पुगेका पर्नेमा महोत्तरीको साविक सम्सी– ४ घर भएका २२ वर्षीय अमर पण्डित, चक्रघट्टा–४ सर्लाही घर भएका २२ वर्षीय अनिकेत चौधरी, राजगढ–१ सप्तरी घर भएका २६ वर्षीय राम आशिष यादव, भारतको बिहार घर भएका २४ वर्षीय इस्तियाक अहमद र सम्सी ९ ५ महोत्तरी घर भएका २३ वर्षीय सन्नीकुमार साह पक्राउ गरेका थिए । 

काठमाडौंको सीसीआरसी कलेज, एम्बिसन कलेज र ग्रामर स्कूल परीक्षा केन्द्रबाट अघिल्लो शुक्रवार पक्राउ गरिएका उनीहरूलाई आइतवार सार्वजनिक गरिएको थियो । परीक्षामा नक्कली परीक्षार्थीले समावेश हुने गरेको गुनासो समय–समयमा आएता पनि यसभन्दा अगाडि प्रहरीले अपरेसन चलाउन सकेको थिएन ।

...

माघ १६ गते  कार्यालयले २९६ कार्टुन रक्सीसहित ४ जनालाई पक्राउ गरेको गरेको थियो ।

पर्साका ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ का ३० वर्षीय शैलेश पन्त, पर्सा सुवर्णपुरका २८ वर्षीय रविन पाख्रिन र सर्लाही बरहथवा नगरपालिकाका ३८ वर्षीय नारायणप्रसाद घिमिरेलाई पक्राउ गरेको थियो । 

उनीहरूले आन्तरिक राजस्वको अन्तःशुल्क नटाँसिएको अर्थात् राजश्व छली गरेको रक्सी बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा पक्राउ गरेको थियो ।

प्रहरीले रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का र चिभास रेगल बरामद गरेको थियो । फागुन २२ गते एक करोड ५० लाख हुन्डी रकमसहित २ जना पक्राउ परेका छन् । काठमाडौंको कालिमाटीबाट अमित अग्रवाल र बिक्की खड्गीलाई पक्राउ गरेको उनीहरूले नक्कली गरगहनाको कारोबार गरेको समेत खुलेको प्रहरीले जनाएको थियो ।

माघ ७  गते काठमाडौंका विभिन्न ठाउँमा गुणस्तरहीन मह उत्पादन तथा बिक्री वितरण गरेको अरोपमा काठमाडौं– २७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई प्रहरीले मह उत्पादन गर्ने ठाउँबाट ७ हजार ६ सय तयारी तथा कच्चा महसहित पक्राउ गरेको थियो ।

सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा ‘नतिजा प्याकेजिङ’ नामको कम्पनी सञ्चालन गरी मह बिक्री वितरण गर्दै आएको खुलासा भएको थियो ।

प्रहरीले त्यस्तो मह काठमाडौं, भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरूमा थोक तथा खुद्रा बिक्री गर्ने गरेको खुलेको थियो । श्रेष्ठले मह बनाउँदा ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चापदार्थ मिसावट गर्ने गरेको खुलेको थियो ।

श्रेष्ठको पसलबाट ६०० किलो तयारी मह, ६ हजार ५ सय किलो कच्चा र गुणस्तरहीन मह, ग्लुकोज ५ सय किलो, चिनी एक सय किलो, जोख्ने मेसिन, सिल मेसिनलगायत बरामद भएको थियो ।

यसका अलवा भन्सार छली गरेर ल्याएको ७ वटा रोयल इन्फिलिट मोटरसाइकल बरामद, कस्तुरीको बिना र भालुको पित्तको कारोवार गर्ने ३ जनालाई पक्राउ गर्ने लगायतका काम गरेको छ । 

यसका साथै कोरोना भाइरसको नक्कली पीसीआर परीक्षण रिपोर्ट बनाउने ल्याब सञ्चालकलाई समेत यस अवधिमा पक्राउ गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x