×

NMB BANK
NIC ASIA

अवैध आयातमा क्रिप्टो

अवैध आयातमा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी, प्रहरीले समातेका ३ युवकको ६६ करोड लगानी

बैशाख ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा विदेशबाट सामान ल्याउँदा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी हुने गरेको खुलेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सोमवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका ३ जनाले विभिन्न व्यापारीले विदेशबाट सामान ल्याउँदा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी गरिदिएर कमिसन लिने गरेको खुलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विदेशबाट सामान किन्दा क्रिप्टोकरेन्सीको प्रयोग हुने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले लोकान्तरसँग भने, ‘तर को व्यक्तिलाई र कसको सामान ल्याउन भुक्तानी भएको छ भन्ने खुलेको छैन ।’


Advertisment
Nabil box
Kumari

नेपालको बै‌ंकिङ च्यानलमा लगानीयोग्य रकम (तरलता) अभाव हुनुमा पनि यस्तै अवैध कारोवारको भूमिका रहेको हुनसक्ने देखिएको छ ।

Vianet communication
Laxmi Bank

प्रहरीका अनुसार उनीहरूले भुक्तानीका लागि माथिल्लो चेनको आदेश फलो गर्ने गरेको पाइएको छ । उनीहरूभन्दा माथिल्लो चेनमा को–को छन् भन्ने पनि खुल्न बाँकी छ ।

विदेशमा महंगोमा किनेको सामान भ्याट छलीका लागि सस्तो बिल बनाई न्यून विजकीकरण गरिएको अवस्थामा प्रायः भुक्तानी क्रिप्टोकरेन्सीबाट हुने गरेको एसपी कोइरालाले बताए । 

उनीहरूले कसलाई भुक्तानी गरे भन्ने खुलाउन मुस्किल देखिएको छ । 

भुक्तानी गर्दा वा कारोवार गर्दा इलेक्ट्रोनिक आईडीमार्फत गर्ने भएकाले पैसा दिने व्यक्तिले पनि को व्यक्तिलाई भुक्तानी गरेँ भन्ने थाहा नपाउने एसपी कोइरालाले बताए ।

कुल ६६ करोड ७९ लाख रुपैयाँ क्रिप्टोकरेन्सीमा लगानी गरेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले झापाको बिर्तामोड नगरपालिका– १ घर भई काठमाडौं महानरपालिका– १६ सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १ का दिपेश थापा र काठमाडौं महानरपालिका– १३ बाफलका २७ वर्षीय राहुल चचानलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिटक्वाइन, यूएसडीटी, सोलनालगयात कारोवार गर्ने उनीहरूलाई प्रहरीले काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट पक्राउ गरेको थियो । पक्राउ परेका अनुप मिश्रले सन् २०२१ देखि ‘बिनान्स’ खाता प्रयोग गरेर २० वटा क्रिप्टोकरेन्सीमा ३५ करोड ४६ लाख ८३ हजार ६११ रुपैयाँ लगानी गरेको बताएका छन् । 

दिपेश थापाले पनि ‘बिनान्स’ खाता खोलेर ७ वटा क्रिप्टोकरेन्सीमा २४ करोड ६९ लाख ५६ हजार ९१८ रुपैयाँ लगानी गरेको देखिएको छ । राहुल चाचनले २० वटा क्रिप्टोकरेन्सीमा ६ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ लगानी गरेको देखिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जनाकारी दिए ।

उनीहरूले दैनिक ५ हजारदेखि ५० हजारसम्म कारोवार गर्ने गरेको बयान प्रहरीलाई दिएका छन् ।

क्रिप्टोकरेन्सीको ठूलो सञ्जाल

प्रहरीले पक्राउ गरेका ३ जनामध्येका अनुपम मिश्रको खातामा धेरै पैसा कारोवार हुने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

दिपेश थापा र राहुल चचानले पनि उनीसँगै कारोवार गर्ने गरेको खुलेपछि उनीहरूलाई पनि पक्राउ गरिएको थियो ।

उनीहरूले दैनिक कारोवार गर्ने व्यक्ति को–को हुन् ? भन्ने पत्ता लगाउन सकिँदैन । प्रहरीलाई उनीहरूले आफूभन्दा माथिको च्यानलमा केही व्यक्तिहरू रहेको र उनीहरूमार्फत कारोवार गर्दै आएको बताएका छन् । 

‘देशमा क–कसले कारोवार गर्छन् भन्ने पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे छ । माथिल्लो च्यानल कुन हो भनेर खोज्नै सकिँदैन,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरले भने, ‘हामीले उनीहरूले भनेको आधारमा माथिका व्यक्तिहरूलाई खोजिरहेका छौं, तर व्यक्तिभन्दा पनि आईडी हुने भएकाले पत्ता लगाउन गाह्रो हुँदोरहेछ ।’

क्रिप्टोकरेन्सीको अनुसन्धान गर्न दक्ष जनशक्तिको अभाव

दक्ष जनशक्ति नभएका कारणले क्रिप्टोकरेन्सीबारे अनुसन्धान गर्न गाह्रो भएको राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आर्चायले बताए ।

‘क्रिप्टोकरेन्सी संसारमा नयाँ हो । त्यसको अनुसन्धान गर्नका लागि हामीकहाँ दक्ष जनशक्तिको अभाव छ,’ प्रवक्ता आर्चायले लोकान्तरसँग भने, ‘त्यसका लागि हामीले अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौं ।’

विभागले आवश्यक पर्ने उपकरण र विज्ञहरू नियुक्तिलाई अर्थमन्त्रालयसँग बजेट माग गरेको उनले बताए । विभागले एउटा क्रिप्टोकरेन्सीको अनुसन्धान गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

यसलाई राजस्वको दायरामा ल्याउन कानूनको अभाव समेत देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x