×

NMB BANK
NIC ASIA

गठबन्धनको निर्णयविरुद्ध लाग्नेहरूलाई पार्टीले कारबाही गर्छ : गृहमन्त्री खाँण

बैशाख ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन बाहिर जानेलाई कारबाही हुने बताएका छन् ।

Muktinath Bank

खाँणले गठबन्धनको निर्णयविरुद्ध लाग्नेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देही तिलोत्तमास्थित आफ्नै घरमा पत्रकारसँग कुरा गर्दै उनले सर्वोच्चको आदेशपछि राजनीतिक दलहरू मिलेर गठबन्धन सरकार बनेको भन्दै उनले गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध रहेको बताए ।


Advertisment
Nabil box
Kumari

गठबन्धन दलहरूबीच सहमति, सहकार्य गर्ने अठोट नेपाली कांग्रेससँग भएको भन्दै गठबन्धनको कार्यान्वयनको नेपाली कांग्रेसले गर्ने उनले बताए ।

Vianet communication
Laxmi Bank

खाँणले वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुँदैन कि भन्ने आशंका भए पनि निर्धारित मितिमै निर्वाचन हुने बताए । निर्वाचन आयोगले पूर्ण तयारीका साथ अधिकृत र कर्मचारीलाई काममा खटाउनुका साथै मतपत्र छाप्ने काम धमाधम भएकाले स्थानीय तह निर्वाचन तोकिएकै मितिमा हुने उनले बताए ।

निर्वाचनमा सहभागी नभएका दलहरूसँग स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वान समेत गरेको भन्दै उनले केही दलसँग सरकार बारम्बार छलफलमा रहेको बताए । राजनीतिक असहमति भए पनि जनताका अधिकार सुनिश्चित गर्न दलहरूलाई निर्वाचनमा भाग लिन आह्वान गरेको र त्यही क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ र सीके राउतसँग पनि छलफल भइरहेको उनले बताए ।

खाँणले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन शान्ति सुरक्षामा गृह मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए । यसअघिका निर्वाचन चरणबद्ध गर्दा सुरक्षाका दृृष्टिकोणले केही सहज भए पनि यसपटक एकै पटकमा निर्वाचनमा गर्दा सुरक्षा चुनौती पनि बढेकाले आवश्यक परे नेपाल आर्मी, निजी क्षेत्रका हेलिकप्टरबाट हवाई गस्ती गर्ने र आवश्यक सुरक्षा चाहिने स्थानमा सशस्त्रलाई पठाउने तयारी भएको उनले बताए ।

खाँणले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्चले पुनर्बहाली गरेको निर्णयलाई स्वीकार गर्ने समेत बताए । अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्बाट हटाउने निर्णय भएको र त्यसको जिम्मा सिंगो मन्त्रिपरिषद्ले लिने भन्दै उनले न्यायालयको निर्णयलाई सम्मान गर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x