पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बैशाख ९, २०७९
नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार (भोलि) विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकहरुलाई एकैसाथ निःशुल्क ओपीडी सेवामा उपलब्ध गराउने भएको छ ।
अस्पतालको २९ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिवार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र यूरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकहरूलाई निःशुल्क ओपीडी सेवामा उपलब्ध गराइने भएको हो ।
नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित विशेष ओपिडी सेवा शनिवार पनि सञ्चालन गर्न लागेको हो ।
शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म क्यान्सर स्क्रिनिङका लागि निःशुल्क ओपीडी सञ्चालन हुने अस्पतालले जनाएको छ ।
निःशुल्क क्यान्सर स्क्रिनिङ सेवामा डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा. श्वेता बराल, डा. विवेक खनाल, डा. एलिजा श्रेष्ठ, डा. बानिरा कार्की, डा. दीपक लामिछाने, डा. राजन कोजू र डा. सुदिप शाक्य उपलब्ध हुनेछन् । उनीहरु सबै क्यान्सर र सोसँग सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकहरु हुन् ।
यसैबीच, नर्भिकको वार्षिकोत्सवको अवसर पारेर क्यान्सरसँग सम्बन्धित ३ वटा हेल्थ प्याकेजहरु पनि सार्वजनिक गरिएको छ ।
नर्भिकले ४० वर्षभन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्क वैशाख महिनाभरिलाई ३० प्रतिशत छुट गरी १४ हजार रूपैयाँ कायम गरिएको छ । ४० वर्षमाथिका महिलाहरूका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो । यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवा समेत समावेश गरिएको अस्पतालले जनाएको छ ।
यस्तै, ४० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ । यो प्याकेजमा समेत वैशाख महिनाभरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसअन्तर्गत ८ वटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवा समेत समावेश गरिएको छ । यो प्याकेजको अफर रेट ११ हजार रहेको छ।
अस्पतालले ४० वर्ष वा सोभन्दा बढी उमेरका पुरुषहरुका लागि समेत क्यान्सर स्क्रिनिङको सुलभ प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्कमा समेत वैशाख ३१ सम्म ३० प्रतिशत छुट पाइन्छ । यो प्याकेज पाँच हजार ५०५ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत ८ खालका विशेष परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ ।
यसैबीच, निःशुल्क फ्री ओपीडी अभियान अन्तरगत शनिवार(भोलि) यूरोलोजीको २ वटा टिमले समेत अलग अलग सेवा दिने भएको छ ।
यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी शनिवार विहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ ।
मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।
यसै गरी, बिहान ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ ।
मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
नर्भिकमा हाल सानो प्वाल बनाई मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ ।
यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ ।
निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्सएप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...