×

NMB BANK
NIC ASIA

रामकुमारी झाँक्रीको जिल्लामा मुख्य पद कांग्रेस-माओवादीले बाँडे, एसको भागमा शून्य !

बैशाख ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहजिल्ला गुल्मीमा पालिका प्रमुख तथा अध्यक्ष पद नेकपा एकीकृत समाजवादीको भागमा नपर्ने देखिएको छ ।

Muktinath Bank

३० गते हुने स्थानीय तहको निर्वाचनमा मन्त्री झाँक्रीको पार्टी नेकपा (एस)ले गठबन्धनबाट प्रमुख वा पालिका अध्यक्ष पद नपाउने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसले दुईवटा पालिकामा उपप्रमुख/उपाध्यक्ष पद भने पाएको छ ।


Advertisment
Nabil box
Kumari

जिल्लाका १२ मध्ये ९ स्थानीय तहमा भागबण्डा टुंगिँदा माओवादीले ४ स्थानीय तहमा प्रमुख वा अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ ।

Vianet communication
Laxmi Bank

कांग्रेसको भागमा ५ वटा स्थानीय तह परिसकेको छ भने अन्य ३ वटामा कुरा मिल्न बाँकी छ ।

कांग्रेसले मुसिकोट नगरपालिका प्रमुखमा नारायण सापकोटा, ईश्मा गाउँपालिकामा भोजसिंह खड्का, गुल्मीदरबार गाउँपालिकामा सरोज थापा, छत्रकोट गाउँपालिकामा अनन्त पौडेल र कालिगण्डकीमा बेदबहादुर थापालाई अध्यक्ष पदको उम्मेदवार बनाउने पक्का भएको कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले बताए । रेसुङ्गा नगरपालिकामा भोलि टुङ्गो लाग्ने उनले बताए । 

गठबन्धनको तर्फबाट माओवादीको भागमा परेका मालिका गाउँपालिकामा देवीराम अर्याल, रुरुक्षेत्र गाउँपालिकामा यदु ज्ञवाली, सत्यवती गाउँपालिकमा पारिश्वर ढकाल उम्मेदवार बन्दैछन् ।

चन्द्रकोट गाउँपालिकमा पनि माओवादीले पाउने सहमति भए उम्मेदवारको नाम भने नआएको पन्थीले बताए ।

‘हामीले हिजोको मतभार, अहिलेको मतभार र ती ठाउँमा योगदानको आधारमा अध्यक्षको भागबण्डा गरेका हौं,’ सभापति पन्थीले भने, ‘नेकपा (एस)लाई यसपालि प्रमुख वा अध्यक्ष भाग परेको छैन ।’

मुसिकोट र छत्रकोटमा नेकपा (एस)ले उपप्रमुख/उपाध्यक्ष पाएको छ । मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकामा टुङ्गो लगाउन बाँकी छ  ।

ईश्मा गाउँपलिकामा नेकपा (एमाले)का लक्ष्मणबहादुर विष्टले ५ हजार ५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका चन्द्रबहादुर महतले ४ हजार मत ल्याएका थिए ।

यसपालि ईश्मामा नेपाली कांग्रेसले भोजराज सिंहलाई अगाडि सारेको छ । 

कालिगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका बेदबहादुर थापाले ४ हजार २९८ मत ल्याएर एमालेका टीकाराम ढकाललाई हराएका थिए । यसपालि पनि गठबन्धनले उनैलाई दोहोर्‍याउने भएको छ ।

गुल्मी दरबारमा नेपालीका कांग्रेसका अशोककुमार थापाले ५ हजार ५७५ मत ल्याएर एमालेका कुष्णबहादुर भुसाललाई हराएका थिए । तर यसपालि सरोज थापा कांग्रेसको उम्मेदवार बन्दैछन् ।

यसैगरी छत्रकोटमा एमाले मधुकृष्ण पन्तले ५ हजार ५५१ मत ल्याएर जितेका थिए यहाँबाट गठबन्धनले नेपाली कांग्रेसका अनन्त पौडेललाई उठाउने भएको छ ।

धुर्कोटमा माओवादी केन्द्रका भुपाल पोखरेलले ५ हजार ११६ मत ल्याएर जितेका थिए । तर गठबन्धनले अहिलेसम्म टुङ्गो लगाउन सकेको छैन ।

मदानेमा एमालेका दानबहादुर खत्रीले ४ हजार ४२३ मत ल्याएर विजयी भएका थिए । गठबन्धनले मदानेमा पनि टुङ्गो लगाउन सकेको छैन । 

मालिकामा एमालेका रितबहादुर थापाले ४ हजार ४२ मत ल्याएका थिए । गठबन्धले माओवादी केन्द्रका देवीराम अर्याललाई उठाउने निर्णय गरेको छ । 

रुरुक्षेत्र गाउँपालिकामा एमालेका नीलकण्ठ गौतमले ५ हजार २२२ मत ल्याएर जितेका थिए, त्यहाँबाट माओवादी केन्द्रका यदु ज्ञवालीलाई उठाउने निर्णय गठबन्धनले गरेको छ । 

यस्तै सत्यवती गाउँपालिकामा नेपाली कांग्रेसका पारिश्वर ढकालले जितेका थिए । अहिले पनि उनैलाई उठाउने निर्णय गठबन्धनले गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x