×

NMB BANK
NIC ASIA

सूचना प्रविधिको सबैभन्दा ठूलो मेला ‘क्यान इन्फोटेक’ : बेमौसममा पनि आकर्षण उस्तै [तस्वीरहरू]

बैशाख ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गत बुधवारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक– २०२२’ जारी छ । सूचना तथा प्रविधि क्षेत्रमा हुने यो मेला विशेष मेला हो । 

Muktinath Bank

२७ वर्ष अघिदेखि निरन्तर आयोजना हुँदै आएको यो मेला कोरोना महामारीका कारण केही समय ढिला गरी सम्पन्न हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ पटकसम्म मिति घोषणा भएपछि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको थियो । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय सूचना तथा प्रविधिमा मुलुकले निकै ठूलो फड्को मारिसकेको अवस्थामा यो मेला निकै महत्त्वपूर्ण मानिएको छ ।

Vianet communication
Laxmi Bank

नेपालीको भान्सादेखि हरेक कामकाजमा पछिल्लो समय प्रविधिको प्रयोग निकै बढेको छ ।

तरकारी होस् वा पानीको महशुल भुक्तानी, बिजुलीको फी वा ग्यास डेलिभरी, यी सबै चीजमा डिजिटल प्रविधिको विकास र विस्तार लोभलाग्दो बन्दै गएको छ ।

कोरोना महामारीका कारण चपेटामा परिरहेका नागरिकहरूका लागि प्रविधि निकै सहज माध्यम बन्यो । 

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले क्यान इन्फोटेकको आयोजना गरेको हो । 

आयोजनालाई सफल बनाउन क्यानका अध्यक्ष नवराज कुँवर निकै सक्रिय देखिन्छन् । 

उनका साथै महासचिव नारायण थापा लगायत क्यानका सबै पदाधिकारीहरू प्रदर्शनीमा खटिएका छन्  ।

०००

महामारीपछि मुलुकमा सूचनाप्रविधिको क्षेत्रमा एक किसिमको क्रान्ति नै आएको क्यान महासंघका अध्यक्ष नवराज कुँवर बताउँछन् । 

नवराज कुँवर, अध्यक्ष, क्यान

२७ औं क्यान इन्फोटेकले मुलुकमा तीव्र गतिमा विकास र विस्तार भइरहेको सूचना प्रविधिको क्षेत्रलाई थप टेवा पुर्‍याउन भूमिका खेल्ने उनको दाबी छ । 

उनी भन्छन्, ‘यो मेला मेला मात्रै होइन, सूचना प्रविधि क्षेत्रमा आउन चाहने वा यसमै रमाइरहेकाहरूका लागि पनि विशेष अवसर हो, आफूलाई अपग्रेड र अपडेट गर्ने ।’

एकैदिनमा ४८ हजारभन्दा बढीले गरे अवलोकन

सूचना प्रविधिमा मुलुकले फड्को मार्दै जानुका पछाडि यसप्रतिको लोभलाग्दो आकर्षण प्रमुख कारण हो ।

पछिल्लो पुस्तामा सूचना प्रविधिप्रतिको ‘क्रेज’ निकै बढ्दै गएको पाइन्छ । जसको प्रभाव सूचना प्रविधि मेलामा पनि देखिएको छ । 

शनिवार मात्रै ४८ हजार नागरिकले क्यान इन्फोटेक अवलोकन गरेको अध्यक्ष कुँवर बताउँछन् ।

इन्फोटेकको गत बुधवार (वैशाख ७ गते) सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा  र दिनभरको उपस्थिति सामान्य मात्रै थियो । 

अध्यक्ष कुँवरका अनुसार, उद्घाटनको दिन करीब ८ हजार अवलोकनकर्ताले सो मेलामा सूचना प्रविधि क्षेत्रको अवलोकन गरेका थिए । 

बिहीवारबाट मेलामा उपस्थित हुनेहरूको संख्या बाक्लिँदै गयो । विद्यार्थीदेखि स्थानीय तहका सरकारी कर्मचारीहरूको बाक्लो उपस्थिति क्रमशः देखिँदै गयो । 

शुक्रवार र शनिवार त अवलोकनका लागि मानिसहरू निकै ठूलो संख्यामा उपस्थित भएका थिए । 

प्रदर्शनीस्थलको गेटबाटै शुरू हुन्छ प्रविधिउन्मुख व्यवहार

क्यान इन्फोटेक आयोजना भएको प्रदर्शनीस्थलको गेटबाटै प्रविधिउन्मुख व्यवहार शुरू हुन्छ । 

मेलामा सहभागीहरूलाई त्यहाँ एक रुपैयाँमा डिजिटल टिकटको व्यवस्था रहेको छ । ‘टाइटल स्पोन्सर’ रहेको आइएमई पेको मोबाइल एपमार्फत सो टिकट लिन सकिन्छ । त्यसपछि टिकट गेटमा राखिएको क्यूआरमा स्क्यान गराएर भेरिफाइ गराउने र अवलोकनस्थलतर्फ जाने गर्नुपर्छ । 

क्यान इन्फोटेकको मुख्य उद्देश्य सूचना प्रविधिको विकास गर्ने, प्रवर्द्धन गर्ने र जनचेतना अभिवृद्धि गर्ने हो । 

‘डिजिटल साक्षरता’का लागि मेलाले उल्लेख्य भूमिका खेल्ने अध्यक्ष कुँवर बताउँछन् । 

मेलामा १ सय ७० वटा स्टलहरू राखिएका छन् । शफ्टवेयर, हार्डवयर, इन्नोभेसन, बैंक फाइनान्स लगायतबारे बुझ्ने र बुझाउने काम मेलाबाट हुन्छ ।

व्यावहारिक ज्ञानसमेत प्राप्त गर्न सकिने र व्यवहारमै सूचना प्रविधिको विकास गर्नेतर्फ अग्रसर हुन सकिने उनको बुझाइ छ । 

निर्वाचनको असर मेलामा

सूचना प्रविधि सबै नागरिक वा सबै क्षेत्रका लागि अपरिहार्य क्षेत्र हो । 

बैंक तथा वित्तीय संस्था मात्र नभई राजनीति, शिक्षा लगायतमा सूचना प्रविधिको उत्तिकै उपस्थिति रहन्छ । 

विगतमा क्यान इन्फोटेकमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको बाक्लो भीड लाग्ने गरेको थियो । सेलिब्रेटीदेखि अध्ययनशील नेता तथा कार्यकर्ता सबैको उपस्थिति बाक्लो हुन्थ्यो । तर यसपालि भने माहोल फरक छ । 

निर्वाचन आचारसंहिताका कारण नेताहरू औपचारिक कार्यक्रममा जान छाडिसकेका छन् । 

उद्घाटनकै दिन सञ्चारमन्त्री एवं सभाका प्रमुख अतिथि ज्ञानेन्द्रबहादुर कार्कीले आफूले निर्वाचन आयोगसँग अनुमति लिएर कार्यक्रममा आएको स्पष्टीकरण पत्रकारलाई दिएका थिए । 

यसपटक नेता तथा कार्यकर्ताको उपस्थिति मेलामा नभएको कुँवरको भनाइ छ ।

यसपटक मेलामा विद्यार्थी र उपत्यका बाहिरबाट आउने अवलोकनकर्ताहरूको उपस्थिति बाक्लो छ । 

हिमाली तथा दुर्गम जिल्लाहरूबाट पनि उपस्थिति छ । मनाङ, मुस्ताङ, डोल्पा, दार्चुला लगायतबाट अवलोकनकर्ता मेलामा सहभागी भएको अध्यक्ष कुँवर बताउँछन् ।  

बेमौसममा पनि उत्साह उत्तिकै

सामान्यतयाः वैशाख महिना मेला महोत्सवका लागि उपयुक्त समय होइन । चर्को घामका साथसाथै हुरी बतास र वर्षाका कारण पनि यस समयमा कमै मात्र मेला आयोजना गरिन्छन् । 

यसपटक मौसमको प्रतिकूलताका साथसाथै कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि एसईई परीक्षा र आसन्न स्थानीय निकायको चुनावका कारण पनि मेला अनुकूल छैन । 

तर क्यानले कोभिडका कारण पटक–पटक स्थगित भएको प्रदर्शनी अहिले बाध्यताले गरेको हो । 

‘महामारीका कारण लामो समयसम्म सूचना प्रविधिबारे जनस्तरमा जानकारी वा अपडेट दिन सकिएको थिएनौँ, मेला अब पनि सम्पन्न भएन भने धेरै पछाडि परिन्छ भन्ने सोचेर मेला आयोजना गर्‍यौँ,’ अध्यक्ष कुँवरले भने ।

यद्यपि बेमौसममा आयोजना भएको मेलामा पनि उत्साह धेरै रहेको उनले बताए । 

यसपटकको मेलामा इन्नोभेसन तथा स्टार्टअपतर्फ बढी भीड देखिएको छ । 

विद्यार्थीहरूले इन्नोभेसनतर्फ बढी चासो दिएका छन् भने सरकारी कर्मचारी वा निजी क्षेत्रले भने आफ्नो ब्रान्डिङमा नै ध्यान दिएका छन् ।  

सरकारलाई दबाब

पछिल्लो समय सरकारले पनि मुलुकलाई सूचनाप्रविधिमा विकास गर्नेतर्फ अगाडि बढिरहेको छ ।

७ सय ५३ वटै पालिकामा प्रविधिको पहुँच पुर्‍याउनु यसको उदाहरण हो । तर जति सरकारले गर्नुपर्ने थियो त्यति भने हुन सकेको छैन ।

क्यान इन्फोटेकले सरकारलाई सूचनामा प्रविधिमा थप विकासका लागि अगाडि बढ्न दबाब दिन पनि महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष कुँवर बताउँछन् । 

सरकारले ल्याएका सूचना प्रविधिमैत्री कानूनहरू वा नीतिमात्रै कार्यान्वयनमा ल्याए पनि धेरै विकास हुन्छ,’ उनी भन्छन्, ‘यो मेलामार्फत सरकारले मुलुकमा सूचनाप्रविधिको क्षेत्र देख्ने र थप विकासका काम गर्न दबाब सिर्जना हुन्छ भन्ने विश्वास लिएका छौँ ।’

‘मेला साँच्चै मेला’

क्यान इन्फोटेकलाई विगतदेखि नै एक किसिमको व्यापारिक केन्द्र भएको आरोप लाग्दै आएको थियो ।

न्यूरोडको सामान किन्नु र मेलामा गएर किन्नुमा कुनै फरक नभएको टिप्पणी क्यानले सुन्दै आउनुपरेको थियो । तर विगतको आरोप चिर्दै यसपालि मेला साँच्चै मेला भएको अध्यक्ष कुँवरको दाबी छ । 

उनले भने, ‘हामीले मेलामा सकेसम्मका नयाँ सामग्रीहरूको स्टल राखेका छौँ । मेला साँच्चै मेला भएको छ । विगतमा लाग्दै आएको आरोपहरू सबै चिरिएको छ ।’ 

उनले अहिले मेला थप परिस्कृत हुँदै गएको बताए । 

सोमवार (भोलि)सम्म चल्ने मेलामा साढे ३ लाख नागरिकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागिता जनाउने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x