×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

साना दल र स्वतन्त्र उम्मेदवारको मात्रै मनोनयन दर्ता, ठूला दललाई उम्मेदवार टुंग्याउनै सकस

बैशाख ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ताको पहिलो दिन आइतवार ठूला राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएनन् । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । 

Muktinath Bank

आइतवार केही साना दलहरू र स्वतन्त्र उम्मेदवारले स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता गराएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको मेयरमा १६ जनाको उम्मेदवारी


Advertisment
Nabil box
Kumari

काठमाडौं महानगरपालिकाको मेयरको लागि विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले उम्मेदवारी दर्ता गरेकी छन् । उनले काठमाडौं वैकल्पिक राजनीतिकको केन्द्र बनिरहेको र मतदातालाई राजनीतिक विकल्प दिनको लागि उम्मेदवारी दर्ता गरेको बास्कोटाले बताइन् । विवेकशील पार्टीकै अर्की नेतृ कीर्ति तुलाधरले काठमाडौंको उपमेयरमा उम्मेदवारी दर्ता गरेकी छन् ।  

Vianet communication
Laxmi Bank

त्यसैगरी,  राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट काठमाडौंको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गरेका छन् । ३७ वर्ष उमेरका उनी काठमाडौंका व्यवसायी हुन् ।

स्वतन्त्र उम्मेदवारको रूपमा राजन कार्कीले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । ४० वर्षीय कार्की पनि काठमाडौंका व्यवसायी हुन् ।

त्यस्तै रविकान्त मानन्धरले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ८४ वर्षीय मानन्धरले जनताको सेवाको लागि मेयर पदमा उम्मेदवारी दर्ता गरेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का स्थानीय उनी पर्यटक पथ प्रदर्शकको पृष्ठभूमिबाट आएका हुन् ।  

काठमाडौंकै हार्डवेयर व्यवसायी अम्बरबहादुर खत्रीले पनि काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् । ४१ वर्षका खत्रीले स्वतन्त्र रूपमा मेयरको उम्मेदवारी दर्ता गरेका हुन् । 

त्यसैगरी, र्‍यापर बालेन्द्र शाहले पनि स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीको तर्फबाट रामबहादुर खड्काले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध रहेकी सीता तामाङले स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 

मौलिक जरोकिलो पार्टीको तर्फबाट मनोजराज आचार्यले काठमाडौं महानगरको मेयरको उम्मेदवारी दर्ता गरेका छन् ।  

समाजसेवी ज्ञानु लामा तामाङले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकी हुन् ।  

उपत्यका सडक विस्तारपीडित संघर्ष समितिका संयोजक रहेका सुमन सायमीले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । उनले पनि स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उम्मेदवारी दिएका हुन् । 

काठमाडौं महानगरपालिका वडा नम्बर १५ निवासी अमोट महर्जनले स्वतन्त्र उम्मेदवारको रूपमा मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । 

त्यसैगरी, विपिनराज वैद्य, सूर्य थापा श्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनले स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएको काठमाडौं महानगरपालिका निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 

आधुनिक नेपाल समाजवादी पार्टीका गुणबहादुर बञ्जरा क्षेत्रीले काठमाडौं महानगरको उपमेयरका उम्मेदवारी दर्ता गरेका छन् ।

यता ललितपुरको मेयरमा भने ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 

ठूला दलले टुङ्ग्याउन सकेनन् उम्मेदवार

स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको दिन आइसक्दा पनि ठूला राजनीतिक दलहरूले भने महानगर र उपमहानगरकै उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । विशेषगरी, नेपाली कांग्रेसमा उम्मेदवार तय गर्न सकस परेको छ । 

सत्तारूढ गठबन्धनमा स्थानीय तह भागबण्डा गरेको कांग्रेसले ३ वटा महानगर र ७ उपमहानगरको नेतृत्व पाएको छ । तर, अहिलेसम्म पार्टीको तर्फबाट उम्मेदवार तय गर्न सकेको छैन ।

उम्मेदवार तय गर्न कांग्रेस शीर्ष नेताहरू पटकपटक छलफलमा बसेको भए पनि निष्कर्षमा पुग्न सकेका छैनन् । आकांक्षी धेरै र गठबन्धनमा सिट भागबण्डा गर्नुपरेका कारण उम्मेदवार छान्न कांग्रेसलाई सकस परेको छ । 

कांग्रेस अन्तिम समयमा आएर टिकट वितरणको लागि केन्द्रीय संसदीय बोर्ड गठन गरेर उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । सोमवारसम्म उम्मेदवार फाइनल गरेर उम्मेदवारी दर्ता गर्ने कांग्रेसको तयारी छ । 

नेकपा एमालेले धेरैजसो ठाउँमा उम्मेदवारी टुंगो लगाएको भए पनि आइतवार उम्मेदवारी दर्ता गरेको छैन । एमालेले देशभर वैशाख १२ मा उम्मेदवारी दर्ताको तयारी गरेको छ । तर, केही उपमहानगरमा भने एमालेलाई पनि उम्मेदवारी तय गर्न सकस परेको छ ।

माओवादी केन्द्रले गठबन्धनलाई मुख्य प्राथमिकता दिएको छ । आइतवार दिनभर विभिन्न गठबन्धनका लागि विभिन्न पार्टीसँग छलफल गर्ने र सोमवार उम्मेदवार तय गरेर उम्मेदवारी दर्ता गर्ने नीति माओवादी केन्द्रको नेतृत्वले बनाएको नेताहरुले बताएका छन् ।

एकीकृत समाजवादीले भने हेटौंडा उपमहानगरपालिकामा मात्रै उम्मेदवारी दर्ता गरेको छ । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार रोमनाथ भूर्तेलले उम्मेदवारी दर्ता गरेका छन् ।

भूर्तेलको उम्मेदवारीमा केदारनाथ दुलालले प्रस्ताव गरेका छन् भने देवनाथ अधिकारीले समर्थन गरेका छन् । 

उता महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निवर्तमान मेयर रामशंकर मिश्रले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उनी साविकमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयरमा निर्वाचित भएका थिए । पुनः दोहोर्‍याएर  उनले लोसपाबाट उम्मेदवारी मनोनयन गराएका हुन् ।

सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा आइतवार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

बाजागाजा र र्‍यालीसहित उम्मेदवारी दर्ता गराउन हमालले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । फागुन १९ गते नै  उनले धनगढीको मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए । 

मनोनयन दर्ता गर्दै हमालले बाँडीचुँडी खाने प्रवृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ‘जनताले गठबन्धन गरेकै छैनन्,’ उनले भने, ‘गठबन्धन नेताहरूले गरेका हुन् । गठबन्धन समाज बनाउनका लागि होइन । बाँडीचुँडी खानका लागि हो । त्यसका विरुद्ध मेरो उम्मेदवारी हो । धनगढीका जनताले राखेको चाहनाको प्रतिनिधि पात्र म हुँ ।’

सम्मानजनक रुपमा टिकट वितरण नभएको भन्दै सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएको छ । 

बुटवलस्थित निर्वाचन कार्यालयमा मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका हुन् । 

योसँगै बुटवलमा सत्तारुढ गठबन्धन भत्किएको छ । पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले आफूहरूको अस्तित्व स्वीकार नगरेपछि पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेको बताए । 

मनोनयन दर्ताको पहिलो दिन आइतवार मेयर र उपमेयरको मनोनयन गरेको बताउँदै सोमवार १९ वटै वडामा मनोनयन दर्ता गर्ने बुटवल नगर इन्चार्ज नारायण नागिलाले बताए ।

टिकट नपाएपछि राजीनामा फिर्ता

सिरहा नगरपालिकाको मेयरमा टिकट सुनिश्चित नभएपछि मन्त्रीले प्रदेश सांसदबाट दिइसकेको राजीनामा फिर्ता लिएका छन् ।

मधेश प्रदेशको कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले मन्त्री पद तथा सांसद पदबाट राजीनामा दिए पनि मेयरको टिकट पक्का नभएपछि फिर्ता लिएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट सांसद रहेका यादव अहिले प्रदेश सरकारमा मन्त्री छन् । ‘साथीभाइहरूको समन्वयमा मेयरको टिकट पाउने सुनिश्चित नभएपछि दिएको राजीनामा मैले फिर्ता लिएको हो,’ यादवले भने, ‘सिरहा नगरपालिकामा सत्ता पक्षीय गठबन्धन गरेर नेकपा एसलाई नै मेयर पद दिने भन्ने मौखिक सहमति भए पनि व्यवहारमा नमान्दा मैले आफ्नो राजीनामा फिर्ता लिएको हो ।’ 

यादव नेकपा एसका सिरहा जिल्ला अध्यक्ष पनि हुन् । ‘मैले राजीनामाका लागि अस्ति प्रदेश सभा सचिवालयमा निवेदन दिएको थिएँ, तर दर्ता पनि नभएको हुनाले राजीनामा फिर्ता लिन सहज भएको हो,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x