×

NMB BANK
NIC ASIA

कांग्रेस नेतृत्वप्रति शेखरको टिप्पणी– फरक विचार राख्नेहरूको राजनीतिक जीवन समाप्त गर्ने प्रयत्न भयो

बैशाख १४, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा आफूसँग असहमत भएकाहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएको टिप्पणी गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बुधवार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै डा. कोइरालाले कयौं नेता कार्यकर्तालाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेक जालझेल मुद्दामा फसाएर राजनीतिक हत्या गर्ने षडयन्त्र भएको समेत टिप्पणी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पार्टीभित्र रहेका यस्ता गलत कार्यहरूको तत्काल अन्त्य गर्न समेत माग गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन् । कैयन साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन्,’ उनले भनेका छन्,‘पार्टीभित्र रहेका यस्ता गलत कार्यहरू तत्काल अन्त्य हुनुपर्छ ।’

Vianet communication
Laxmi Bank

डा. कोइरालाले पार्टीभित्रबाट धेरै नेताहरू स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा जान बाध्य भएको भन्दै कांग्रेसको मुल प्रवाहमा फर्कन आग्रह गरेका छन् ।  

उनले कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिने समेत बताएका छन् । 

विज्ञप्तिमा उनले भनेका छन,‘निसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरू छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौं । साथीहरूबाट पनि म यही अपेक्षा गर्दछु ।’

यस्तो छ विज्ञप्ति

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि उत्साह र उल्लासपूर्ण वातावरणमा देशभरि उम्मेदवारी दिने काम सम्पन्न भयो ।
पाँच वर्ष पछि आउने यो महायज्ञमार्फत नेपालको लोकतान्त्रिक आन्दोलन गाउँघरमा पुग्दछ । हामी निर्वाचनको प्रक्रियामा संलग्न सबै पक्ष नागरिकप्रति उत्तरदायी र जवाफदेही बन्नुपर्छ भनी सदैव सचेत र सतर्क रहनुपर्छ ।  
नेपाली कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताहरूको पंक्ति लामो थियो । अधिकांश योग्य र सक्षम पनि थिए । कांग्रेस देशको सबैभन्दा पुरानो र एकमात्र लोकतान्त्रिक पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा टिकट वितरण कार्य सहज थिएन ।
टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरूबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरू प्रति समान रुपले न्याय गर्न सक्नुभएन । 
अहिले म साथीहरूको असन्तुष्टि देशैभरिबाट सुन्दैछु, टिकट वितरणलाई लिएर । जीवनभर कांग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित बरिष्ठ साथीहरू यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरू स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ । ती साथीहरूलाई कांग्रेसको मुल प्रवाहमा फर्कन म आग्रह गर्दछु । त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरू पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरू भोग्दैछन् ।
सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन । कैयन साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरू तत्काल अन्त्य हुनुपर्छ ।
साथीहरूलाई राजनीतिक र व्यक्तिगतरुपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु । पार्टी भित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु । हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर पनि हामी लड्छौँ । र अन्तत : जित सत्य र न्यायको हुन्छ । हामी निरास हुने छैनौँ ।
अहिले हामी सबै मिलेर निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नु परेको छ । स्थानीय निर्वाचनको सकारात्मक परिणामले अगाडिका दुई निर्वाचनमा हामीलाई जितको आधार निर्माण गर्न सहज हुनेछ ।
कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरूलाई म विश्वस्त पार्न चाहन्छु । निःसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरू छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौं । साथीहरूबाट पनि म यही अपेक्षा गर्दछु ।
कांग्रेस समर्थक, शुभेच्छुक तथा स्वतन्त्र व्यक्तिहरूबाट निर्वाचन पछि पार्टी भित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिनेछ । सोही अनुरुप पार्टी सुधारको प्रकृयामा म साथीहरूसँग दृढताको साथ उभिने छु ।  
  अन्तमा, कांग्रेस पार्टीको बिभिन्न तहका साथीहरू, भातृ तथा शुभेच्छुक संगठनहरूलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन म जोडदार अपिल गर्दछु ।
जय नेपाल ।

डा शेखर कोइराला

२०७९ बैशाख १४
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x