×

Dabur
MG

स्थानीय चुनाव

कम्युनिस्ट–कांग्रेस फेरिइरहने शृंखला: विराटनगर महानगरको मेयरमा कसले मार्ला बाजी ?

बैशाख १४, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

वैशाख ३० गते हुने चुनावबाट विराटनगरले पाँचौं मेयर पाउँदैछ । विराटनगरमा हालसम्म २ पटक कम्युनिस्ट र २ पटक कांग्रेसले मेयर जितेका छन् ।

yONNEX
Sagarmatha Cement
Kumari

२०४३ सालमा वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठ मेयर बने । २०४८ सालमा भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइराला विजयी बने ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

२०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल मेयरमा निर्वाचित भए । २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका भीम पराजुली विजयी बने ।


Advertisment
Tezz
Berger
Pardeshi

कम्युनिस्ट र कांग्रेसका उम्मेदवारहरू विराटनगरमा लगातार दोहोरिएका छैनन्, फेरिइरहने शृंखला देखिएको छ ।

Vianet communication
Laxmi Bank

विराटनगरले पाँचौं मेयर पाउन अब ३ हप्ता जति पर्खनुपर्नेछ । 

मेयर भीम पराजुलीको काम प्रशंसायोग्य नभएका कारण यसै भन्ने अवस्था नरहेको कांग्रेसकै एक नेताले बताएका छन् ।

विराटनगरमा गठबन्धन भए पनि गठबन्धनकै विरोध गर्ने नागेश कोइराला मेयरका उम्मेदवार बनेका छन् । उनी संस्थापनइतर समूहका नेता हुन् ।

मेयर र उपमेयरमा मात्रै गठबन्धन भएको छ । वडा तहसम्मै गठबन्धन नगर्ने अडान कांग्रेसले राखेपछि गठबन्धनमा रहेका नेता नै असन्तुष्ट छन् । 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कांग्रेससँग रुष्ट छन् ।

कांग्रेसबाट रुष्ट बनेकाहरूलाई आफ्नो पोल्टामा तान्ने योजनामा एमाले छ भने गत चुनावमा जसपाबाट मेयरका उम्मेदवार बनेका उमेश साह र माओवादीबाट उपमेयरकी उम्मेदवार नमिता न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धन दलमा खटपट शुरू भएको छ ।

साह र नमिताले स्वतन्त्रबाट एउटै चुनाव चिह्न लिने सहमति समेत गरिसकेका छन् ।

नागेशलाई महानगरको निर्णय गलपासो बन्दै

विराटनगरको मेयरमा कांग्रेसले ६ जनाको नाम सिफारिस गरेको थियो । भीम पराजुली, नागेश कोइराला, डिला संग्रौला, अमृत अर्याल, इन्दिरा कार्की र दिपक चापागाईको नाम सिफारिस गरिएको थियो ।

शेखर कोइरालाको गृहनगर समेत रहेको विराटनगरमा कोइराला पक्षको वर्चस्व छ । उम्मेदवारी दर्ता गर्न जाँदा संस्थापन पक्षका नेताहरू सहभागी भएनन् । बहालवाला मेयर पराजुलीले पनि मेयरमा नागेशलाई खुलेर सघाउने सम्भावना कम रहेको नेताहरू बताउँछन् । एमालेबाट मेयरमा उठेका सागर थापा र पराजुली साथी समेत भएकाले अदृश्यरूपमा पराजुलीले थापालाई सघाउने विश्लेषण समेत भइरहेको छ ।

सागरले मेयर पराजुलीको ५ वर्षे कार्यकालमा विरोध नगरी मिलेर बसेको आरोप समेत एमालेभित्र नै लाग्ने गरेको थियो ।

एक्लै चुनाव लड्ने भनेर गरेको निर्णय कांग्रेसलाई नै गलापासो बन्दैछ । शुरूमा गठबन्धन चाहिँदैन भन्ने कांग्रेस विराटनगर महानगरका सभापति दिपक चापागाईँ केन्द्रले गरेको निर्णय माओवादी केन्द्र र एकीकृत समाजवादीले मान्नुपर्ने बताउँछन् ।

‘हामीले वडासम्म गठबन्धन हुँदैन भनेर पहिला नै भनेकाले मेयर र उपमेयरका उम्मेदवारलाई गठबन्धनका सबै दलले भोट हाल्नुपर्छ,’ उनले भने । 

सागरलाई आफ्नै छैन भर ! 

एमालेले महानगर कमिटी अध्यक्ष सागर थापालाई मेयरको उम्मेदवार बनाएको छ । थापा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् तर उनलाई टिकट नदिने मनसाय ओलीले राखेका थिए । ओलीले परशुराम बस्नेतलाई टिकट दिने योजना बनाएका थिए । महेश बस्नेत लगायतका नेताले सागरलाई टिकट दिन दबाब दिएपछि मात्रै ओली राजी भएका एमालेकै एक नेताले बताए । महेश र परशुरामको सम्बन्ध बिग्रिएको छ ।

१० बुँदेमार्फत एमालेमा बसेका नेताहरू सागरलाई टिकट दिएपछि असन्तुष्ट छन् । मोरङमा एमालेले १० बुँदेवालालाई पाखा नै लगाएको छ । केन्द्रीय सदस्य समेत रहेका जीवन घिमिरे मेयरका आकांक्षी थिए तर उनलाई टिकट नदिएपछि उनी चुनावी अभियानमा समेत खटेका छैनन् । उपमेयरमा समेत ओली निकटकै शिल्पा निरौला कार्कीलाई टिकट दिएपछि उपमेयरका अन्य आकांक्षीहरू समेत घरदैलोमा हिँडेका छैनन् ।

यस्तो छ अंकगणित

राजनीतिको उर्वरभूमि मानिएको विराटनगरमा गत निर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए । मेयरमा पराजुलीले २३ हजार ३१ मत, एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए ।

उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १४६ र माओवादीकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन् । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले तेस्रो स्थान प्राप्त गर्दै १० हजार ५३६ मत ल्याएकी थिइन् ।

गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग तालमेल गरेको थियो । उपमेयरमा लोकतान्त्रिक फोरमकी चौधरीलाई एमालेले समर्थन गरेको थियो । कांग्रेस एक्लैले चुनाव लडेको थियो भने जसपा र माओवादीबीच तालमेल भएको थियो ।

एमाले फुटेको र कांग्रेसमा पनि महाधिवेशनको असर राष्ट्रिय सभामा समेत देखिएकाले स्थानीय तहको चुनाव थप रोचक बन्ने पक्का छ । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १६, २०८०

धार्मिक द्वन्द्वको सम्भावना बढेपछि नेपालगन्जमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलवार नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । स्थानीय प्रशास...

असोज १६, २०८०

एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले युवा तथा दक्ष जनशक्ति पलायनप्रति चिन्ता व्यक्त गरेका छन् । सरकारको अक्षमताका कारण दक्ष जनशक्तिहरू पलायन भइरहेको उनको आरोप छ । 'डाक्टरहरू भाग्न...

असोज १६, २०८०

सरकारले जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न स...

असोज १६, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशिम शाहले क्रिकेट खेलाडीलाई दिने भनिएको पुरस्कार रकम नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद शाहले सरकारले खेला...

असोज १६, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक विश्वासको मत नदिने भएको छ । यसअघि प्रदेश सरकारमा सहयात्री बनेको राप्रपाले योपटक भने विश्वासको मत नदिने भएको ह...

असोज १६, २०८०

सरकारले आसन्न चाडपर्वहरूको अवसरमा उच्च माग हुने खाद्य तथा गैर खाद्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन वस्तु विक्री वितरण गर्नेजस्ता अनुचित कार्...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x