×

NMB BANK
NIC ASIA

अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा छ : गभर्नर अधिकारी

बैशाख १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताएका छन् ।

Muktinath Bank

बुधवार नेपाल राष्ट्रबैंकको ६७औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल भइरहेको बताए । गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँदै गएको बताए ।


Advertisment
Nabil box
Kumari

कोरोनाविरुद्ध खोपको पहुँच बढेकाले आर्थिक गतिविधि बढ्दै गएको भन्दै अर्थतन्त्रमा केही सुधार हुने संकेत देखिएको बताए । गभर्नर अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेन बीचको युद्धका कारण महंगी बढ्न सक्ने बताए । चालू आर्थिक वर्षको शुरूदेखि नै विदेशी विनिमय सञ्चिति घटेको भन्दै विदेशी लगानी र विदेशी मुद्रा आर्जन सहज बनाउन नीतिगत व्यवस्था गरेको बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ खोपको उपलब्धताका कारण महामारीको असर क्रमशः कम हुँदै गएको अनुभव गरेका छौं । कोभिडको असर कम भएसँगै आर्थिक गतिविधिहरूमा सुधार आएको छ । उद्योग तथा होटलहरूको अकुपेन्सीमा सुधार आएको अवस्था छ । कोभिड महामारीका कारण चालू आर्थिक वर्षको शुरूआत महिनामा आर्थिक गतिविधिहरू शिथिल रहे । राष्ट्र बैंकको कोभिड–१९ को असर सर्वेक्षण प्रविदेनले ४.२ उद्योग मात्रै बन्द भएको देखिएको थियो । अर्थतन्त्र पुनरुत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८/७९ को शुरूआतमा अधिक कर्जा प्रवाह भएको र कर्जाको अधिकांश कर्जा आयात भुक्तानीमा गएका कारण चालू आर्थिक वर्षको शुरूआतदेखि नै सोधानान्तर स्थिति घाटामा रहन गयो । घाटा क्रमशः बढ्दै गएकाले विदेशी विनिमय सञ्चिति घट्न गएको छ । विदेशी विनिमय सञ्चिति घटेर ७ महिनाभन्दा कम समयको लागि वस्तु तथा सेवा आयात धान्न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबमा रहेको छ । देशको बाह्य क्षेत्र केही दबाबमा रहेको हुँदा समाधान गर्न नीतिगत पहल भइरहेको र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्ने पहल भइरहेको छ । कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्ने देखिएको छ । अधिक कर्जा प्रवाह भएको र कर्जाको अधिकांश कर्जा आयात भुक्तानीमा गएका कारण चालू आर्थिक वर्षको शुरूआतदेखि नै सोधनान्तर स्थिति घाटामा रहेको छ । यो केही समय कायम रहने देखिन्छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति स्थिर रहेको छ । आगामाी दिनमा थप काम गर्न राष्ट्र बैंक प्रतिबद्ध छ । थप उपायहरू नेपाल सरकारले हिजो मात्रै गरेको छ, आयात बन्देजको सल्लाह राष्ट्र बैंकले दिएको हो, कार्यान्वयन गरौं । सबै सरोकारवालाहरूको सहयोग हुने आशा गरेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x