×

NMB BANK
NIC ASIA

शेखर कोइरालाको सचिवालयले भन्यो- विराटनगरसम्बन्धी भ्रामक समाचार फैलाइयो

बैशाख २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेस नेता डा. शेखर कोइरालालाई जाेडेर विभिन्न सञ्चारमाध्यममा आएका विराटनगर महानगरको निर्वाचनलक्षित समाचारमा उनको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । एउटै शीर्षक राखेर विभिन्न सञ्चारमाध्यममा समाचार लेखिएको भन्दै सो समाचारलाई सचिवालयले नियोजित भनेको छ । 

Muktinath Bank

समाचारमा डा. कोइरालासँग सम्बन्धित सबै कुरा भ्रामक र कपोकल्पित भएको उनको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लैले विजय प्राप्त गरेको विराटनगर महानगरपालिकामा अहिले कांग्रेसको अवस्था खराब हुने कुरै आउँदैन, यतिबेला विराटनगर महानगर कांग्रेसमय भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग गठबन्धनका विषयमा कुराकानी गर्न २०७९ वैशाख १९ गते नेकपा माओवादी केन्द्रका नेताहरू भोगेन्द्र यादव र नवीन पौडेल विराटनगरस्थित कोइराला निवास आउनुभएको हो । उहाँहरूबीच गठबन्धनका बारेमा सामान्य कुराकानी भएको हो ।’


Advertisment
Nabil box
Kumari

भेटघाटका क्रममा कोइरालाले अन्य स्थानमा कांग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गरिरहेको भन्दै विराटनगर महानगरमा केन्द्रको गठबन्धनको मर्मअनुसार सहयोग गर्न आग्रह गरेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् । ‘भेटघाटमा त्यसबाहेक कुनै पनि कुरा नभएको प्रष्ट पार्दछु,’ उनले भनेका छन् । 

Vianet communication
Laxmi Bank

केही सञ्चारमाध्यमहरूले विराटनगरमा कांग्रेस कमजोर भएको भन्ने आशयको समाचारमा कोइरालाको नाम जोडेर प्रकाशित गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x