×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

दाङका २ उपमहानगरमा चुनावी टक्कर : गठबन्धनलाई गुटको र एमालेलाई फुटको डर !

बैशाख २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशको राजधानी रहेको दाङका २ उपमहानगरपालिकामा सत्तारूढ गठबन्धन दल र नेकपा एमाले दुवै आफ्नैबाट तर्सिएका छन् ।

Muktinath Bank

गत निर्वाचनमा दुवै उपमहानगर जितेको एमालेलाई यसपालि गठबन्धनबाट चुनौती छ । सत्तारुढ गठबन्धन दललाई मुख्य चुनौती पार्टी भित्रको गुटगत असन्तुष्टि हो । दलहरू नमिल्दा जिल्लाका १० पालिकामध्ये धेरैमा ५ दलीय गठबन्धन पनि छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लाका घोराही उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड’ र उपमेयरमा नेपाली कांग्रेसका भूपबहादुर डाँगी उम्मेदवार छन् । एमालेबाट मेयरमा नरूलाल चौधरी र उपमेयरमा हुमा डिसी उम्मेदवार छन् ।


Advertisment
Nabil box
Kumari

एमाले महासचिव तथा पूर्व मुख्यमन्त्री शंकर पोखरेल र माओवादीका प्रभावशाली नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराको गृहजिल्लाका २ महत्त्वपूर्ण स्थानीय तहमा कसले कब्जा जमाउने भन्ने प्रतिस्पर्धा छ ।

Vianet communication
Laxmi Bank

घोराहीमा पार्टी विभाजनको असरले एमाले केही डराएको छ । दाङमा एमालेबाट निर्वाचित २ प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी र हिराचन्द्र केसी नेकपा एकीकृत समाजवादीमा छन् । 

कांग्रेस र माओवादी पार्टीभित्रको असन्तुष्टि मिलाउन नसकेर २ खेमा विभाजित छन् । ५ वर्ष नगरको नेतृत्व गरेका एमाले केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार चौधरी फेरि जित्नेमा ढुक्क भएका पार्टी नेताहरूले बताए पनि उनको मनमा चाहिँ हलचल छ । गठबन्धन र कांग्रेस भित्रकै आन्तरिक विवाद चुनौती बनेको छ ।

गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता सन्तुष्ट छैनन् । निर्वाचनको मुखैमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएपछि दाङमा तरङ्ग सिर्जना भएको थियो भने अर्कातिर कांग्रेसभित्रै गुटको प्रभाव छ । दाङमा कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्ष २ खेमामा प्रस्ट विभाजित छ । 

घोराहीमा अहिले पोखरेल र महरा आ–आफ्ना उम्मेदवारलाई जिताउन खटिएका छन् । एमाले उपाध्यक्ष युवराज ज्ञवाली पनि अहिले घोराही र तुलसीपुरमा पार्टीलाई जिताउन ओहोरदोहोर गरिरहेका छन् ।

एमालेबाट एकीकृत समाजवादीमा गएका स्थानीय नेता तथा कार्यकर्ताको मत तान्न स्थानीय नेतृत्व लागेको छ भने गठबन्धनसँगै पार्टी विभाजनको असर एमालेका लागि मुख्य चुनौती बनेको छ । 

गत निर्वाचनमा चौधरी २२ हजार ३० मत र उपमेयरमा सीता न्यौपाने २० हजार ७९२ मतका साथ विजयी भएका थिए भने कांग्रेसका मेयरका उम्मेदवार डाँगीले १७ हजार ४८४ मत ल्याएका थिए । कांग्रेसबाट उपमेयरकी उम्मेदवार पुष्पा श्रेष्ठले १७ हजार ६०३ मत ल्याएकी थिइन् ।

अघिल्लो निर्वाचनमा मेयरमा पराजित डाँगी यसपटक घटुवा भएर गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका छन् । घोराही क्षेत्रफलको हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । घोराहीमा १ लाख १२ हजार मतदाता छन् । जुन २०७४ सालको चुनावभन्दा ३४ हजार ५०० जनाले बढी हो ।

यसैबीच बलियो संगठन भएर पनि गत निर्वाचनमा पराजय व्यहोरेको कांग्रेस सहितको गठबन्धन तुलसीपुरमा यसपटक जीत निकाल्ने दाबीसहित निर्वाचनमा होमिएको छ । एमाले भने गत निर्वाचनको विरासत जोगाउने दाबी गर्दै आएको छ ।

अहिले कांग्रेसबाट पूर्व सांसद गेहेन्द्र गिरी मेयर र उपमेयरमा एकीकृत समाजवादीका जोगबहादुर राना उम्मेदवार छन् । एमालेबाट पार्टीका निर्वतमान जिल्ला अध्यक्ष टीकाराम खड्का मेयर र स्यानी चौधरी उपमेयरको उम्मेदवार छन् । गिरी अघिल्लो निर्वाचनमा एमालेका घनश्याम पाण्डेसँग पराजित भएको व्यक्ति हुन् ।

पाण्डे २२ हजार ८५७ मतका साथ विजयी भएका थिए भने गिरीले १८ हजार ९०३ मत ल्याएका थिए ।

उपमेयरमा पनि एमालेकै माया आचार्य २१ हजार ३७ मत प्राप्त गर्दै विजयी भएकी थिइन् भने उपमेयरका प्रत्यासी माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६९३ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार खड्काले अघिल्लो निर्वाचनमा पनि एमालेविरुद्व तालमेल भएको भन्दै अहिलेको तालमेलले पनि आफूहरूलाई कुनै असर नपर्ने दाबी गरे । खड्काले तुलसीपुरमा एमालेका सबै उम्मेदवार विजयी हुने बताए ।

खड्का सादगी नेता हुन् भने पूर्व सांसद गिरीको पनि नगरमा राम्रो छवि छ । अहिले दाङका २ उपमहानगर एमाले र गठबन्धनका लागि प्रतिष्ठाको विषय बनेको छ । 

एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले २ उपमहानगरसहित बहुमत जिल्लाका पालिका एमालेले जित्ने बताए । ‘घोराही हामीलाई धेरै सहज छ,’ बस्नेतले लोकान्तरसँग भने, ‘तुलसीपुरमा टीकाराम खड्काको धेरै राम्रो छ । जनताको लहर जिल्लामा एमालेप्रति रहेको छ ।’

पार्टी विभाजनको असर जिल्लामा खासै नभएको बताउँदै बस्नेतले जनताले गठबन्धनलाई नरुचाएर एमालेमै लहर आएको दाबी गरे । नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य घोराहीमा गठबन्धनले १० हजार मतान्तरले जित निकाल्ने दावी गर्छन् । ‘गठबन्धन पूर्ण रूपमा कार्यान्वन भएको छ । घोराही र तुलसीपुर पूरै गठबन्धन जित्छ । कुनै पनि पनि तलमाथि हुँदैन,’ आचार्यले लोकान्तरसँग भने । 

मुलुकमा लोकतन्त्र आएपछि दाङमा कांग्रेस र माओवादी केन्द्रको प्रभाव बराबरजस्तै थियो भने एमाले केही कमजोर थियो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दाङका ५ वटै निर्वाचन क्षेत्रमा माओवादीले ‘क्लीन स्वीप’ गरेको थियो । त्यसको ६ वर्षपछि फेरि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले ५ वटै क्षेत्रमा जितेको थियो । २ वटा महत्त्वपूर्ण निर्वाचनमा २ दल आलोपालो जस्तै निर्वाचन जित्दा नेकपा एमालेले जिल्लामा एउटा क्षेत्रमा पनि आफ्नो उपस्थिति देखाउन सकेन । 

२०७४ असारमा भएको स्थानीय तह निर्वाचनमा एमालेले जिल्लामा आफ्नो अवस्थामा धेरै सुधार गर्‍यो । स्थानीय तह निर्वाचनमा दाङका १० स्थानीय तहमध्ये २ उपमहानगरपालिकासहित ६ वटा स्थानीय तहमा एमालेले जीत निकाल्न सफल भएको थियो । कांग्रेसले ३ र माओवादीले १ पालिकामा चित बुझाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x