×

NMB BANK
NIC ASIA

कोभिडपछि ब्यूतेको अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव

बैशाख २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विसं २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पा¥यो । भूकम्पको असर न्यूनीकरण गर्दै लयमा अगाडि बढेको नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीको अवधिसम्म अप्ठ्यारो अवस्थामा आइपुग्यो । कोरोनाले पारेको प्रभावबाट तङ्ग्रिँदै गर्दा मुलुकको अर्थतन्त्रमाथि फेरि चुनौती थपिएको छ । 

Muktinath Bank

रुस–युक्रेन द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । चालु आवमा पेट्रोलियम पदार्थको खरिदबाट मात्रै करिब रु चार खर्ब विदेशिने अनुमान छ । त्यस्तै चालु आवको नौ महिनाको अवधिमा रु तीन खर्ब बराबरको कृषिजन्य उत्पादन आयात भएको तथ्याङ्क छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयात निर्यातको अन्तर बढ्नु, कृषिजन्यलगायत विलासी वस्तुको आयात बढ्नु, विप्रेषण आप्रवाहमा संकुचन आउनु, विदेशी मुद्रा सञ्चिती घट्नुजस्ता कारणबाट मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थातर्फ उन्मुख छ । विश्वव्यापी अर्थतन्त्रमा आर्थिक वृद्धि घट्दो अवस्थामा छ भने मूल्यवृद्धि बढ्दो अवस्थामा छ । अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार तथा सरोकारवाला निकायले विभिन्न नीति अख्तियार गरिरहेका छन् । अझै ढुक्क हुने अवस्था बनिसकेको छैन । मुलुकको अर्थतन्त्रलाई नकारात्मक बाटोमा जान नदिन लागि परेको सरकारी अधिकारीको प्रष्टीकरण छ । 


Advertisment
Nabil box
Kumari

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आयात र निर्यातमा देखिएको अन्तर कम गर्नु अहिलेको प्रमुख चुनौतीका रुपमा रहेको बताउँछन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको कार्यक्रममा उनले अनियन्त्रितरुपमा बढेको आयातलाई निरुत्साहित गर्न जरुरी रहेको बताए । 'आयातको तथ्याङ्क हेर्दा निकै नै वृद्धि भइरहेको छ, चालु आवमा करिब रु २१ खर्बको आयात हुने अवस्था देखियो', उनले भने, 'रु नौ÷दश खर्ब विप्रेषण र करिब रु दुई खर्बको निर्यातले धान्न सक्ने अवस्था देखिएन ।'

Vianet communication
Laxmi Bank

आयात र निर्यातको खाडलले तत्काल अर्थतन्त्रमा ठूलो प्रभाव नपरे पनि आगामी दिन सङ्कटपूर्ण रहेको उनको भनाइ छ । बर्सेनि ठूलो परिणाममा कृषिजन्य उत्पादन आयात भइरहेको भन्दै गभर्नर अधिकारीले कृषिजन्य वस्तुको स्वदेशमै उत्पादन बढाउनुपर्ने बताए । 

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा सुरेन्द्र उप्रेतीले भूकम्प, कोरोना महामारी, बेमौसमी वर्षा तथा विश्वव्यापी मूल्यवृद्धिले मुलुकको अर्थतन्त्रमा प्रभाव पारेको बताए । बढ्दो आयातका कारण अर्थतन्त्रमा दबाब परेको उल्लेख गर्दै उनले पेट्रोलियम पदार्थको खपत न्यूनीकरण र कृषिजन्य उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताए ।

'६० प्रतिशत जनता कृषि पेशामा संलग्न भइरहेको अवस्थामा अझै पनि कुल आयातको २० प्रतिशत हिस्सा कृषिजन्य वस्तुको रहेको छ', उनले भने, 'यस्तो अवस्था किन आयो ? मन्त्रालय तथा राष्ट्र बैंकले ध्यान दिनुपर्छ, पेट्रोलियम र कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्दै उच्च मूल्य भएका वस्तुको निर्यात बढाउनुपर्छ ।' केही समय अपेक्षाकृतरुपमा रेमिट्यान्स आप्रवाह नभए पनि पछिल्लो महिनाबाट विप्रेषण आप्रवाहमा भएको सुधारले सुखद् सङ्केत गरेको उनको भनाइ थियो । 

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले विदेशी मुद्रा भित्र्याउन वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई वित्तीय साक्षरता दिनुपर्ने, बैंक खाता खोल्न अनिवार्य गर्नुपर्ने, वैधानिक बाटोबाट विप्रेषण पठाउन प्रेरित गर्नुपर्ने बताए । उनले कृषिजन्य वस्तुको उत्पादन वृद्धिका लागि कृषिमा दिइने अनुदानलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । 

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले अनुत्पादक क्षेत्रमा भइरहेको लगानीले प्रतिफल दिन नसक्दा अर्थतन्त्रमा समस्या थपिँदै गएको बताए । वित्तीय अनुशासन कायम हुने गरी आगामी आवको बजेट निर्माणमा मन्त्रालयल लागि परेको जानकारी दिँदै उनले आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइने बताए ।  रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x