×

X
Nic Asia
Marvel
Khukuri

अपर सोलु हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं | बैशाख २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

अपर सोलु हाइड्रोले आज (बिहीवार) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ बिक्री खुला गरेको छ । 

DHARA
LAxmi BAnk

कम्पनीले स्थानीयलाई १३ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई आईपीओ जारी गरेको हो । 

 स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।


Advertisment
Bizbazar
Saurya island

आयोजना प्रभावितहरूलाई निष्कासन गरेको सबै शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ ।

छिटोमा जेठ ५ गतेसम्म र ढीलोमा जेठ २० गतेसम्म आईपीओ खुला रहनेछ । 

Vianet communication
IME BANK INNEWS

रेटिङ एजेन्सी इक्र नेपालले अपर सोलु हाइड्रोको आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आईपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

स्थानीय बासिन्दाले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४३औँ शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएको छ । यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्प...

असोज १२, २०७९

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्सबीच गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ...

असोज १२, २०७९

 नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो ।  नबिलका...

असोज १२, २०७९

एभरेष्ट बैंक लिमिटेड विर्तामोड शाखाले नयाँ कार्यालयबाट सेवा सुचारू गरेको छ । यसअघि झापाको विर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरे रोडबाट रहेको कार्यालय उक्त स्थानबाट करिब १ किलोमिटर पूर्वको मायादेवी कम्प्...

असोज १२, २०७९

नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत वाणिज्य बैंकहरूले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन् । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरूले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता गरेपछि व्यवसा...

असोज १२, २०७९

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजहरूमा सम्झौता भएको छ । सम्झौताअनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x