×

NMB BANK
NIC ASIA

स्थानीय चुनावका लागि यस्ता छन् साना दलका उम्मेदवारका चुनावी मुद्दा

बैशाख २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भूगोलका दृष्टिले देशकै ठूलो पोखरा महानगरपालिकामा मुख्य प्रतिष्पर्धा ५ दलीय गठबन्धन र नेकपा एमालेबीच हुने आकलन गरिए पनि साना तथा नयाँ दलका साथै स्वतन्त्र उम्मेदवार उच्च मनोबलका साथ चुनावी मैदानमा छन् ।

Muktinath Bank

भ्रष्टाचाररहित सुखी र समृद्ध पोखराको आफ्ना चुनावी मुद्दा र काम गर्ने अठोट नै मत पाउने आधार भएको बताउने उम्मेदवार घरदैलो र वस्तीमा पुगी आफ्ना प्रतिबद्धता जनतामाझ पुर्‍याउन निकै व्यस्त छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावको मिति नजिकिँदै गर्दा सकेसम्म हरेक मतदातामा पुग्ने नसकेमा मुख्यमुख्य बस्तीमा पुग्ने योजनाका साथ घरदैलोमा लागेको उम्मेदवार बताउँछन् ।


Advertisment
Nabil box
Kumari

सचेत नेपाली पार्टीका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार भोजराज खनाल ‘फरक परिणामका लागि फरक विचार, इमानको राजनीति इमानदार सरकार’ भन्ने नाराका साथ आँफू चुनावी अभियानमा जुटेको बताउँछन् । आफूले जनताको सेवा गर्ने निस्वार्थ योजना सहितको प्रतिबद्धता लिएर जनतामाझ पुगेको जनाउँदै उनले यसमा जनताको समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

पालिकामा संस्थागत भएको भ्रष्टाचार र विचौलियापन निर्मूल गरी इमान्दार नेतृत्व र कर्मचारी स्थापित गर्नका लागि नैतिक शिक्षा प्रदान गरिने उनले बताए । स्थानीय तहमा निर्वाचित भएसँगै आफूलाई सर्वेसर्वा ठानी नागरिकलाई केही नठान्ने प्रवृत्तिलाई अन्त्य गरी जनताको नोकर हुँ भन्ने भावनाको विकास गर्ने उनले बताए ।

पोखराको हेमजाबाट आफूले चुनावी प्रचार अभियान थालेको जानकारी दिँदै उनले अन्य दलले जस्तो तडकभडक नगरी मतदातामाझ पुगिरहेको बताए ।

‘राजनीतिलाई पेसा नभई सेवा हो भन्ने भावनालाई आत्मसात गरी जनताका अपेक्षालाई पूरा गर्ने, सुशासन, भ्रष्टाचार मुक्त पालिकाको निर्माण गर्ने अभियानमा पोखरेली जनताले विश्वास गर्नेमा म ढुक्क छु,’ उनले भने ।

सचेत नेपाली पाटीले महानतगरमा उपप्रमुखको उम्मेदवारमा सोनी परियारलाई अघि सारेको छ । पार्टीले वडागत रूपमा भने अन्य उम्मेदवार नउठाएको खनालले जानकारी दिए ।

राष्ट्रिय नागरिक पार्टीका तर्फबाट पोखरा महानगरपालिका–९ का सदस्य पदका उम्मेदवार कृष्ण रानाभाट आफ्नो चुनावी प्रतिबद्धतासहित मतदाता शिक्षा दिँदै घरदैलोमा हिँडिरहेका छन् । ठूला दलका नाममा विभिन्न प्रलोभनमा पार्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुका साथै भोट बढाउनका लागि दिवंगत व्यक्तिका नाम समेतमा मत हाल्ने विगतदेखिको कुपरम्पराको अन्त्य गर्नु जरुरी रहेको उनको भनाइ छ ।

राष्ट्रिय नागरिक पाटीले पोखरा महानगरमा प्रमुखको उम्मेदवारमा सिर्जनादेवी रिजाल कार्कीलाई अघि सारेको छ भने वडा नम्बर २१ मा वडाध्यक्षसहित पाँचै जनाको समूह चुनावी अभियानमा होमिएको रानाभाटले जानकारी दिए । अन्य वडामा भने पार्टीका तर्फबाट उम्मेदवारी परेको छैन ।

भ्रष्टाचार नियन्त्रणसहित पूर्वाधार विकासका लागि विज्ञ टोली बनाएर अघि बढ्ने, सम्पदाको संरक्षण गर्ने प्रतिबद्धतासहित चुनावमा होमिएको विवेकशील साझा पार्टीले महानगरका ३३ वटा वडामध्ये झण्डै ५० प्रतिशत वडामा आफ्नो घरदैलो सम्पन्न गरिसकेको सो पार्टीका प्रमुख पदका उम्मेदवार सुशीला केसी अधिकारीले जानकारी दिइन् । घरदैलोका क्रममा मतदाताको आश्वासनले आँफू उत्साहित बनेको बताउँदै उनले यस निर्वाचनमा सम्मानजनक मत प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

विवेकशील साझाले महानगरको उपप्रमुखमा माधव भण्डारीलाई अघि सारेको छ भने वडा नम्बर २६ को वडाध्यक्षमा चन्द्रज्योति ढुंगाना उम्मेदवार रहेका छन् । अन्य वडामा भने पार्टीको उम्मेदवारी छैन ।

वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई उभ्याउने प्रयत्नमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारमुक्त महानगरको नारालाई जोड दिएको छ । पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवार शंकर खराल र उपप्रमुख पदका उम्मेदवार रन्जना कुमारी सेन पौडेल यतिखेर चुनावी प्रतिबद्धताका साथ घरदैलोमा निरन्तर क्रियाशील छन् ।

घरदैलोका क्रममा उनीहरूले सीप विकासलाई प्राथमिकता दिई रोजगारी सुनिश्चित गर्ने, कर वृद्धिले पीडित बनेका महानगरवासीको राहतका लागि ५० प्रतिशतसम्म कर कटौती गर्ने शैक्षिक गुणस्तर वृद्धि एवं शिक्षकलाई प्रोत्साहन गर्न तलब वृद्धि र प्राविधिक शिक्षा लगायतमा जोड दिने मुद्दालाईं अघि सारेका छन् । महानगरपालिकामा कूल मतदाता २ लाख ७ हजार ७१२ छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x