×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

दिपायलको दलित समुदायको मन– बस्ती जोगाइदिने र बास दिनेलाई मतदान

बैशाख २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

टेकबहादुर विकका पुर्खा २०० वर्ष अगाडि बझाङबाट दिपायल झरे । उनका पुर्ख्यौली काका–भतिजले घरजम गरे, परिवार हुँदै बस्ती बसाले ।

Muktinath Bank

त्यहीँबाट शुरू भएको बस्तीमा अहिले करीब २०० घर पुगेका छन् । दलित पुर्खाले जति दुःख, पीडा सहेर त्यतिबेला बस्ती बसाले, अबका पुस्तालाई यो बस्ती जोगाइराख्न त्यति नै गाह्रो पर्न थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३४ जना परिवारको नाम रहेको दलित बस्तीलाई २०४० सालको नापीले जम्मा ४ जनाको नाममा राखिदिएपछि शुरू भएको समस्या २०६४ सालमा आएर मात्रै समाधान भयो । त्यतिबेला पुख्र्यौली बसाइ भएका दलित परिवारले १७ रोपनी जग्गा ३४ परिवारले ८/८ आनाका दरले पाए । त्यो जग्गामा घर बनाएर बसेका दलितको परिवार बढ्दै जाँदा दोस्रो पुस्तादेखि नै सुकुम्बासी समस्या देखिन थालेको दिपायलको पिपल्ला बजार छेउको दलित बस्तीका अगुवा टेकबहादुर विकले बताए ।


Advertisment
Nabil box
Kumari

टेकबहादुर विक

Vianet communication
Laxmi Bank

उनका अनुसार भूमिहीन दलित परिवार एउटाले ८ आना जग्गा त पाए तर बुवाको पालाको जग्गा आफ्नो पालामा आइपुग्दा २ जना हुनेकै ४/४ आना भाग लाग्यो । ८ आना जग्गा पाउने एउटै बुवाका २ जनाभन्दा बढी दाजुभाइ हुनेलाई भने घरै बनाउन नपुग्ने जग्गा भाग पर्‍यो । जसका कारण अहिलेका युवा पुस्तालाई घर बनाएर बस्ने जग्गा छैन । जग्गा नभएकै कारण एउटै घरमा धेरै जना बस्नुपरेको गुनासो विकले लोकान्तरसँगको कुराकानीमा गरेका छन् ।

‘दलित बस्तीमा सन्तान बढेका कारण न बस्ने घर पुगेको छ, न थप घर बनाउन जग्गा नै,’ अर्का स्थानीय टीका कामीले भने । उनका ४ भाइ छोरा छन् भने छोराबाट अरु ४ जना नाति भइसकेका छन् । बस्ने बासको नाममा जम्मा ४ आना जग्गामा बनेको छाप्रो मात्रै छ ।

‘त्यो छाप्रोमा परिवारका सबै जना एकैपटक भेला भए भने घरभित्र बस्न पनि पुग्दैन । बाहिर बसौं भने १ टुक्रो जग्गा छैन,’ टीकाले भने । छोराहरू कोही ज्यामी काम गर्छन् त कोही गुजार टार्न नसकेर भारत पसेका उनले बताए । 

पिपल्ला बजार माथिदेखि वर्षातमा भेल आउने सेती नदीमा जानुपर्ने भए पनि निकास नहुँदा दलित बस्ती बर्सेनि जलमग्न हुन्छ । माथिबाट आएको वर्षातको भेल र बाढीको निकास नहुँदा ठूलो भेल दलित बस्तीभित्रै आउँछ । ढलको निकास दिनुपर्‍यो, बस्ती जोगाइदिनुपर्‍यो भनेर दलितले पटक–पटक लिखित निवेदन दिएरै माग गरेका भए पनि स्थानीय सरकारले वास्तै नगरेको अर्का स्थानीय नारद विकको भनाइ छ । 

नारद विक

बस्ती हरेक वर्ष जलमग्न हुँदा पनि हालसम्म निकास दिने प्राथमिकता कुनै सरकारको पनि नभएको विकले बताए ।

उनका अनुसार हरेक पटक चुनाव आउँदा जनप्रतिनिधि भोट माग्न पिपल्लाको दलित बस्तीमा आइपुगेकै हुन्छन् । यो बस्तीमा करीब २०० घर छन् भने ४०० भन्दा बढी मतदाता छन् । दलित बस्तीको संरक्षण गर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, दलितलाई रोजगारी दिने, अवसर प्रदान गर्ने भनेर जनप्रतिनिधिले यसअघि खाएको वाचा भुलेर फेरि घरदैलोमा आउन थालेका छन् । 

स्थानीय गणेश सूचीकारले भने, ‘चुनाव जितेपछि गाउँ फर्किएनन् । चुनाव हारेका नेताको केही चल्दैन । हामी गरीब जनतालाई सधैं समस्या मात्रै । अहिले पनि चुनाव आउन लागेको छ । भोटको राजनीति शुरू भइरहेको छ तर यो बस्तीका स्थानीय भने जसले बासको व्यवस्था गर्ने र बस्ती जोगाउने काम गर्छ, उसैलाई भोट दान गर्ने पक्षमा छन् । यो बस्ती जोगाउन ढल निकास आवश्यक परेको छ ।’

ढलको निकास नहुँदा वर्षातको समयमा दलित बस्ती बर्सेनि डुबानमा पर्ने गरेको छ । ठूलो पानी परेको बेला बस्तीमा बस्ने कि भाग्ने भन्ने चिन्ता पिपल्लाका दलितलाई छ । 

सरकारले बस्तीका ३९ घर जनता आवास कार्यक्रमबाट बनाइदिएको छ । विगतका वर्षमा आएको बाढीका कारण अझै दलित बस्तीका आधा दर्जन घर बनाउनुपर्ने छ । बाढी र वर्षाको ठूलो पानीले डुबानमा परेर भत्किएका ती घर बनाइदिन सरकारले हालसम्म चासो दिएको छैन भने जनता आवास कार्यक्रमबाट बनाइदिने प्रतिबद्धता आएका घर पनि सरकार परिवर्तनपछि नबनेका पिपल्लाका दलित बताउँछन् ।

दलित बस्तीमा बास बस्न नै समस्या भएकाले पशुपालन र करेसाबारीका लागि ठाउँ छैन । यहाँका स्थानीयले हरेक उपभोग्य बस्तु बाहिरबाटै किनेर लैजानुपर्ने तर आम्दानीको स्रोत कसैको पनि नहुँदा दलित पुस्ता झन् गरीब हुँदै गइरहेका छन् । गाउँमा गरिखाने ठाउँ नहुँदा युवा पुस्ता कमाउन भारत जाने गरेका छन् । घरमा समस्या हुने र खाने सुत्नेसम्मको समस्याले भारत गएका परिवारका सदस्य उतै बस्ने क्रम पनि बढ्दै गएको दलित बस्तीका स्थानीयको भनाइ छ । 

यो क्षेत्रमा कसैको पनि रोजगारी छैन । हरेक दिनको ज्यालादारीले परिवार नै पाल्न नपुग्ने समस्या छ । यहाँका दलित जसले बस्ती जोगाउँछ र आफूहरूलाई हेर्छ, उसैलाई भोट दिने भनेर बसेका छन् । 

थप तस्वीरहरू :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x