×

NMB BANK
NIC ASIA

स्वीकृति नलिई पात्रो प्रकाशन गर्नेलाई स्पष्टीकरण, कारवाही गर्ने तयारी

बैशाख २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिइ पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्नेलाई कार्यालयमा बोलाई स्पष्टीकरण सोध्न थालेको छ ।
     
समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिइ प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाहीको तयारीस्वरूप भौतिक उपस्थितिमै स्पष्टीकरण सोध्न थालिएको हो । 

Muktinath Bank

पहिलो चरणमा नेपाल पञ्चाङ्गका पञ्चाङ्गकार नारायण नेपाललाई कार्यालयमै बोलाएर समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले मौखिक रूपमा स्पष्टीकरण माग गरेका अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले जानकारी दिए ।
 
नेपाललाई १ हप्तापछि फेरि कार्यालयमा मौखिक स्पष्टीकरणका लागि उपस्थित हुने गरी तारेखमा छाडिएको उनले सुनाए । समितिको स्वीकृति नलिई प्रकाशन भएको मुक्तिनाथ पञ्चाङ्ग (पात्रो) का पञ्चाङ्गकारलाई पनि कार्यालयमै उपस्थित भएर स्पष्टीकरण माग गरिने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुक्तिनाथका पञ्चाङ्गकार राजधानी बाहिर रहेकाले अर्को हप्ता स्पष्टीकरण सोधिने समितिले जनाएको छ ।
      
समितिले अनुमति नलिई प्रकाशन भएका भित्तेपात्रोको अनुगमनलाई पनि तीव्र बनाएको छ । अहिलेसम्मको अनुगमनका क्रममा ४ दर्जन भित्ते पात्रो अनुमति नलिई प्रकाशन भएको पाइएको छ । अहिलेसम्म समितिसँग अनुमति लिएर प्रकाशन हुने भित्तेपात्रोको संख्या १ हजार नाघेको छ । अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाही गर्न कार्यविधि बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ ।
 
मन्त्रालयले समितिलाई कार्यविधिको मस्यौदा तयार पारी पेश गर्न निर्देशन दिएको हो । कार्यविधि स्वीकृत भएपछि अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाही गरिने भएको छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गरेपछि पात्रो र भित्तेपात्रोले स्वीकृति लिनुपर्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशन भएको थियो । विक्रम संवत् २०७८ असारमा आदेश नेपाल राजपत्रमा प्रकाशन भएपछि यो व्यवस्था यसै वर्षको पात्रो र भित्तेपात्रो प्रकाशनदेखि कार्यान्वयनमा आएको हो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x