असार ९, २०७९
गत शुक्रबारदेखि प्रदर्शनरत सिनेमा ‘चिसो मान्छे’ कला जगतकै विशेष सिनेमा रहेको अभिनेत्री सुरक्षा पन्तले बताएकी छिन् । ‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्र...
आजदेखि एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । २०७९ सालमा एकसाथ दुई चलचित्र प्रदर्शनमा आएको आज पहिलोपटक हो । ‘लक्का जवान’ र ‘षट्कोण’ आजदेखि देशव्यापी प्रदर्शनमा आएका चलचित्र हुन् ।
शिवहरी पौड्यालको लेखन, निर्देशनमा तयार पहिलो फिचर चलचित्र हो, ‘लक्का जवान’ । कोरोना महामारीअघि नै निर्माण भएको चलचित्र बल्ल प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा चलचित्रमा हास्य कलाकारहरुको ठूलो टोली रहेको छ ।
मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, दीलिप रायमाझी, सलोन बस्नेत, वर्षा शिवाकोटा, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्याल, सरोज खनाल, सुशिल पोखरेल, सुरेन्द्र केसी, स्वर्गिय जयनन्द लामा आदी कलाकारको यस चलचित्रमा अभिनय रहेको छ ।
ध्रुव वन्तको प्रस्तुती रहेको चलचित्रमा अनुसुया श्रेष्ठ वन्त निर्माताका रुपमा छिन् । किरण केसी, शिवहरी पौड्याल र दीलिप रायमाझी चलचित्रको कार्यकारी निर्माता हुन् । सामाजिक विषयवस्तुमा रहेर कमेडी शैलीमा निर्माण भएको चलचित्रलाई दर्शकले रुचाउने निर्माण टिमले विश्वास लिएको छ ।
यता, आजदेखि प्रदर्शनमा आएको ‘षट्कोण’ थ्रिलर जनरामा निर्माण भएको हो । मिलन डि काप्रीको निर्देशनमा बनेको चलचित्रमा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ ।
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । थ्रिलर रुचाउने दर्शकका लागि ‘षट्कोण’ उपयुक्त चलचित्र हुने निर्माण टिमले बताएको छ । यी दुई नेपाली चलचित्रसँगै हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज २’ नेपाली हलमा प्रदर्शनमा आएको छ ।
गत शुक्रबारदेखि प्रदर्शनरत सिनेमा ‘चिसो मान्छे’ कला जगतकै विशेष सिनेमा रहेको अभिनेत्री सुरक्षा पन्तले बताएकी छिन् । ‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्र...
फ्राइडे रिलिज अन्तर्गत शुक्रवारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा काठमाडौंमा बसोबास गर्ने युवाहरूको छिट...
अभिनेत्री केकी अधिकारीको निर्माण एवं अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ यूट्युबमा रिलिज गरिएको छ । कमेडी धारमा निर्माण भएको चलचित्र शुक्रवार ‘हाइलाइटस् नेपाल’ यूट्युब च्यानलमार्फ...
नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुन लागेको फिल्मलाई ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । कारो फिल्मस्ले बनाउन लागेको फिल्मको निर्दे...
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डको २२औं वार्षिकोत्सवको अवसरमा बिहीवार आयोजित का...
बलिउडको बहुप्रतीक्षित चलचित्र ‘दृश्यम २’ सार्वजनिक गर्ने मिति घोषणा गरिएको छ । अजय देवगन तथा तबु अभिनित यस लचित्र आगामी नोभेम्बर १८ मा हलहरूमा आउने बताइएको छ । अजयले मंगलवार आफ्नो इन्स्टाग्रा...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...