×

NMB BANK
NIC ASIA

निर्वाचन अवधिमा मदिराको बिक्री वितरण निषेध

बैशाख २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला प्रशासन कार्यालय कैलालीले आसन्न निर्वाचनलाई लक्षित गरी यही वैशाख २७ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराको बिक्री वितरण तथा सेवन गर्न पूर्ण रूपमा निषेध गरेको छ । 

Muktinath Bank

सो कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभरि मदिरको बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको र बेवास्ता गरी कसैबाट मदिराको बिक्री/वितरण वा सेवन गरे गराइएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी गर्दै सार्वजनिक भवन, उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न राख्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स प्रिन्ट र ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउने, श्रव्य दृश्य सामग्री प्रदर्शन गर्ने, बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्ने जस्ता निर्वाचन आचारसंहिता विपरीतका कार्य नगराउन अनुरोध गरेको छ ।


Advertisment
Nabil box
Kumari

प्रशासनले माइक वा लाउडस्पिकर प्रयोग गरी सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी राजनीतिक दल वा उम्मेदवारका गीत वा नारा बजाउनेजस्ता कार्यमा प्रतिबन्ध गरिएकाले त्यस्ता क्रियाकलापमा नगर्न/नगराउनसमेत आग्रह गर्दै आचारसंहिता विपरीतका काम गतिविधि भए/गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।

Vianet communication
Laxmi Bank

चुनावी प्रचारप्रसारका क्रममा विगतका चुनावका बेला व्यापक रुपमा हुने भित्ते लेखन, पम्पप्लेटिङ, माइकिङ जस्ता प्रचारका शैलीहरू यो निर्वाचनमा कम देखिएका छन् । केही दिन यता विभिन्न टोलमा दल वा उम्मेदवारका समर्थकबाट जुलुस प्रदर्शन गर्ने प्रतिस्पर्धा चलेको छ । 

माइकिङ गर्ने सार्वजनिक स्थलमा झन्डा वा पर्चा टाँस गर्ने, भित्तेलेखनजस्ता कार्य त्यति नदेखिए पनि उम्मेदवारहरूका समर्थकले सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटरबाट मतदातालाई रिझाउने आसयका सामग्रीहरूको प्रयोग भने बढाइरहेका छन् । 

निर्वाचन हुने दिन नजिकिन लाग्दा विभिन्न पदका प्रत्याशीहरू मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । घरमा आउने एक पक्षको उम्मेदवारले मत माग्न नभ्याउँदै अर्को पक्षको उम्मेदवार घरको आँगनमा पुगेर मतका लागि अनुनय विनय गर्ने रोचक प्रतिस्पर्धा देखिन थालेको स्थानीय मतदाता नेत्र पनेरुले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x